दिल्लीमा दुई दिने वल्र्ड कल्चर फेस्टिबल सम्पन्न

धरान/आर्ट अफ लिभिङ्गको आयोजनामा भारतको नयाा दिल्लीमा दुई दिने वल्र्ड कल्चर फेस्टिबल २०१६ सम्पन्न भएको छ ।
एक विश्व एक परिवारको मुख्य नारा रहेको विश्व साास्कृतिक महोत्सवमा १ सय ५५ देशका ३ करोड ५० लाख मानिसहरु आएका थिए । मार्च १२ र १३ अर्थात फागुन २९ र ३० गते भएको विश्व साास्कृतिक महोत्सव दिल्लीको लिला एम्एिन्स कन्भेन्सन होटलमा सम्पन्न भएको थियो ।
विगत ३५ बर्षदेखि मानव, मानवियता र मानवीय मूल्यका विषयमा समर्पित आर्ट अफ लिभिङ्गका संस्थापक श्री श्री रंविशंकरद्वारा आयोजित उक्त कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो धारणा राख्नुभएको थियो । उहााले कार्यक्रमको सफलताको शुभकामना दिदै भन्नुभयो मानवको सबैभन्दा महत्वपूर्ण कुरा भातृत्व हो । आज संसार एउटा गाउा जस्तै भइसकेको छ, आफ्नो संस्कार र संस्कृतिको जगेर्ना सबैले
गर्नुपर्छ । उहााले भारतका गरिब, किसान, महिला आदिका लागि सरकारले महत्वपूर्ण योजनाहरु ल्याएको समेत बताउनुभयो ।
श्रीश्री रविंशरको निमन्त्रणमा नेपालबाट उपप्रधान तथा पराराष्ट्रमन्त्री कमल थापा लगायत दर्जन भन्दा बढी उच्च ओहदाका मानिसहरु महोत्सवमा पुगेका थिए । नेपालको टोपी दिवसका अध्येता समेत रहनु भएका उहााले तीन बर्ष अगाडि धरानको पब्लिक उच्च माविमा आयोजित कार्यक्रममा नेपालको टापी लगाएर मार्च १ लाई टोपी दिवस मनाउन घोषणा गरेपछि सोही दिनदेखि नेपालमा राष्ट्रिय स्तरमै टोपी दिवस मनाउन थालिएको हो ।

तपाईको प्रतिक्रिया