फाल्गुण २५ गतेका दिन नेपाल–भारत मैत्री संघ, केन्ऽीय कार्यसमितिको आयोजनामा १०६ औा अन्तराष्ट्रिय नारी दिवस भव्य रुपमा मनाइयो । कार्यक्रममा स्थानीय विकास राज्यमन्त्री कुन्ती कुमारी शाहीको प्रमुख आतिथ्यता रहेको थियो । संघका केन्ऽीय अध्यक्ष ओमप्रकाश
सरावगीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ अतिथिका रुपमा
भारतीय राजदूतावासका डि.सि.एम. विनयकुमारको उपस्थिति रहेको थियो । विशेष अतिथिका रुपमा भारतीय
राजदूतावास, महिला क्लबकी अध्यक्ष आयोना सिन्हा उपस्थिति हुनुहुन्थ्यो । वरिष्ठ साहित्यकार बाबा बस्नेत र नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष भवानी राणाले अतिथि वक्ता हुनुहुन्थ्यो ।
कार्यक्रममा काठमाण्डौ जिल्ला शाखाकी सदस्य शान्ता नरालबाट स्वागत मन्तव्य र केन्ऽीय सदस्य कुष्मा कुमारी पन्तले कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो । अतिथि वक्ता वरिष्ठ साहित्यकार बाबा बस्नेतले नारी सशक्तिकरणबारेमा प्रकाश पार्नुभएको थियो । अर्का अतिथि वक्ता नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष भवानी रानाले नारी उद्यमशिलतामाथि जोड दिनुभयो र भारतको सहयोगबाट नेपालका नारी उत्थानमा
धेरै सहयोग हुन सक्छ भन्ने विचार
राख्नुभयो । भारतीय राजदूतावासका डि.सि.एम. विनयकुमारले नारीहरुको हकहितका लागि भारतको राजनीतिक क्षेत्रमा ५०५ आरक्षणको व्यवस्था
गरिएको छ, नेपालमा नारीहरुको विकासका लागि नेपाल–भारत मैत्री संघसाग सहकार्य गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
बेटी बज्राचार्य र सुनिता विष्टले नारी उत्थानका विषयमा कविता वाचन गर्नुभएको थियो । संघकी केन्ऽीय सदस्य तथा कार्यक्रम संयोजक शुष्मा शर्माले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, वरिष्ठ अतिथि, विशेष अतिथि, अतिथि तथा सम्पूर्ण उपस्थित महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ अतिथि, विशेष अतिथि तथा अतिथिहरुलाई नेपाल–भारत मैत्री संघका केन्ऽीय अध्यक्ष तथा पदाधिकारीहरुबाट मायाको चिनो प्रदान गरिएको थियो । संघका केन्ऽीय अध्यक्ष तथा कार्यक्रमका सभापति ओम प्रकाश सरावगीले कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रमको संचालन नेपाल–भारत मैत्री संघकी केन्ऽीय सदस्य कमला ढुंगेलले गर्नुभएको थियो ।
