धरान/पर्यटकीय रमणीय स्थलको भ्रमण गराउदै आएको अमना टुर एण्ड ट्राभल्सले तीनवटा कलेजलाई एकै साथ ४ दिने सिक्किम र दार्जिलिङ्ग शैिक्षक भ्रमण गराएको छ ।
धरान १२ मा रहेको पब्लिक उच्च माविका ३० जना, सिटी कलेजका १५ जना र धरान ४ को धरान उच्च माविका ३६ जना गरी ८१ जनालाई दार्जिलिङ्ग र सिक्किमको शैक्षिक भ्रमण गराएको हो ।
भ्रमणमा सिटिकेलजको नेतृत्व मणि श्रेष्ठ, धरान उच्चबाट निर्देशक लड्डु साही र पब्लिक उच्च माविबाट पूर्व प्राचार्य लेखनाथ भट्टराईले गर्नुभएको थियो ।
अमन टुर एण्ड ट्राभल्सको व्यवस्थापनमा भएको शैक्षिक भ्रमणमा भ्रमण टोलीलाई गुनासो गर्ने ठाउा नदिएको निर्देशक सत्रुघन अन्सारीले बताउनुभयो । भ्रमणका क्रममा हिन्दुहरुको चार धाम, वनमाझरी, टुरिष्ट भिल्लो लगायतमा भ्रमण गराउनुको साथै सन साइजको दृश्य समेत अवलोकन गराइएको अन्सारीको भनाई छ ।
भ्रमण टोलीमा जाने प्राचार्य लेखनाथ भट्टराईले विद्यार्थीहरुले नयाा नयाा स्थानको अवलोकन गर्दै भरपुर मनोरञ्जन दिएको बताउनुभयो । उहााले अमन टुर एण्ड ट्राभल्सले गराएको भ्रमणमा कुनै गुनासो गर्ने ठाउा नदिएको समेत बताउनुभयो ।
