भानुचौक फ्रि वाइफाइ जोन

धरान/सर्वसाधारणप्रति बढ्दो प्रविधि मोहलाई ध्यानमा राखी नेपाली कााग्रेस धरान उपमहानगर पालिकाको सहकार्य एवम् धरान उपमहानगर समितिको समन्वयमा फागुन १८ गते शुक्रबारदेखि केयुएसले धरानको भानुचौकमा फ्रि वाइफाइ सेवा सञ्चालनमा ल्याएको छ ।
अब भानुचौकको घण्टाघर क्षेत्र फ्रि वाइफाइ जोन भएको छ । उक्त क्षेत्रमा उभिएका हरेक व्यक्तिको स्मार्ट तथा आइफोनमा अब न्जबलतबनभच(ाचभभ धषष् संकेत पश्चात पासवार्ड बिनै सिधै पेज खुल्ने भएकोले जोकोहीले पनि यो सेवा प्रयोग गर्न पाउाछन् । के युएमका फाउन्डर निर्देशक रविन अधिकारीका अनुसार काठमाण्डौपछि यस्तो सेवाको शुभारम्भ हामीले
धरानबाट गरेका हौं । काठमाण्डौका केही स्थानमा यो सवा यसभन्दा अगाडि नै शुरु भएको र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चाडै शुरु गर्नेै पनि अधिकारीले जानकारी दिनुभयो । यसवापत के युएसले बार्षिक ८० हजार व्याय भर व्यहोर्ने भएको छ । यो खर्च कसरी जुटाउदै हुनुनुहुन्छ त भन्ने जिज्ञासामा फाउन्डर निर्देशक अधिकारी भन्नुहुन्छ हामीले काठमाण्डौका धेरै स्थानमा स–शुल्क जडान गरेका छौं । केयुएसले प्राप्त गर्ने विज्ञापन आदिबाट समेत यसको व्ययभार व्यहोरिने छ ।
सो अवसरमा नेपाली कााग्रेस धरान उपमहानगर समितिका सभापति तिलक राई, सचिव श्याम पोख्रेल, नेका जिल्ला सदस्य गोविन्द बस्नेत, उत्तम राई, धरान उपमहानगरपालिकका प्रशासकीय अधिकृत गणेश खतिवडाको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया