सूचना प्रविधिमा नेत्रहीन पनि अगाडि

धरान/ सूचना प्रविधिको विकाससंगै अपांगताका भएकाहरुका अब सूचनाको प्रविधिमा अगाडि बढ्ने भएका छन् ।
सुनसरी नेत्रहीन संघलाई संघकै कार्यालयमा डायनामिक बुना युएसएले ब्रेल सेन्स र ब्रेल कम्प्युटर सफ्टवेयर प्रदान गरेपछि उनीहरुले सूचना प्रविधिको भरपुर सदुपयोग गर्ने बताएका छन् ।
विश्व सूचनाको प्रविधिमा द्रुत गतिमा अघि बढिरहेको सन्दर्भमा नेत्रहीनहरुले पनि प्रविधिको सही सदुपयोग गर्न नपाएको समयमा १० लाख बराबरको ब्रेलसेन्स कम्प्युटर प्राप्त गरेसागै प्रविधिको सही सदुपयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनीहरुले व्रलसेन्स र सÏटवेयर प्रदान गर्ने बुना डायनामिककी अध्यक्ष बुना दाहाललाई हृदृयदेखि आभार व्यक्त समेत गरेका छन् । व्रेल सेन्स र सÏटवेयर प्राप्त भएपछि संघका अधयक्ष इन्द्रकुमार लिम्बुले प्रविधिमा नेत्रहीनहरु धेरै पछाडि परेको बताउदै अब यसलाई भरपुर सदुपयोग गरेर कम्युटरको दुनियामा अरु सरह अगाडि बढ्ने प्रद्धिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया