खाद्यान्नमा आत्मनिर्भर
हैन हौ हाम्रा पर्धानमन्तरी खप्रओले पनि कति जोत दिन सक्या होलान् ? चाइनाबाट पेट्रोल ल्याउने, घर–घरमा ग्याास पाइप हुल्दिने, मैले गरेको कामबाट सबैलाई हिक्क–हिक्क बााडुली लाग्ने बनाउछु भनेर जोत हानेका खप्रओले अस्तिका दिन झापातिर पुगेर दुई बर्षभित्रमा नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउछु भनेर फेरि अर्को जोत हानेछन् । अब त खप्रओको नामै जोत हान्ने प्रधानमन्त्री भन्दा हुने भयो । हैन हौ जोत हान्दा पनि अलिकति पत्याउने खालको होस न ? ताई न तुईको जोत हानेर किन जोरी पारि हासाउनु ? उब्जाउ जग्गा दलालले प्लटिङ्ग गरेर धमाधम बेचिरहेका छन्, बााकी रहेको जग्गा खनजोत गर्ने युवा विदेशतिर हानिएपछि बााझै छन् । अनि खप्रओचाहिा आत्मनिर्भर बनाउछु भनेर फुइ हााक्छन् । यस्ता बाह्र सत्ताइसको थाङ्ने गफ गर्नुभन्दा नगरेकै बेश, कि कसो हौ ?
काम गरेन रे
यो सरकारमा मन्त्री पनि कस्ता कस्ता छन् हा ? हुन त चारैतिर मुख फर्किएकाको निगाहमा बनेको यो
सरकारका मन्त्रीहरु गतिला हुने त कुरै भएन । अहिलेको सरकारले सन्तोषजनक काम गर्न सकेन भनेर अस्तिका दिन उपप्रधान तथा बालबालिका महिला मन्त्री सिपी मैनालीले भाषण ठोकेछन् । जुन थालमा भात खायो त्यही थालमा आाची गर्ने भनेको यही हो । आफै
सरकारमा बस्ने अनि आफै सरकारले काम गरेन भन्दा अलिकति कुरी कुरी लाग्नुपर्ने हो । तर लाजसरमै पचेपछि कस्को के लाग्छ र ? कमल थापा मार्का हिन्दु धर्म हुनुपर्छ भन्दै भाषण दिन्छन्, चित्रबहादुर केसी संघीयता नै खारेज गर्नुपर्छ भन्दै भाषण ठोक्छन् । हुन त यो सरकार नै गाइजात्रे हो भन्ने सबैलाई थाहा छ । मन्त्रीहरु आफै गाइजोत्रे भएपछि बााकी कुरा के रहयो र ? एकातिर हो सरकारले काम गर्न सकेन भन्ने तर पदबाट चाहिा नहाट्ने क्या गजब । काम गर्न सकेन भने छोड्नु नि । तर ज्यान गए छोड्दैनन् । मान, सम्मान र माल यही छ । अनि यो छोड्ने कुरै भएन । कि कसो हौ ?
सिफारिस फिर्ता
अस्तिका दिन सभामुख ओमसरी घर्तीले न्याय परिषद्ले सर्वोच्च अदालतमा गरेको न्यायाधिशको नियुक्तिको सिफारिस फिर्ता गरिछन् । यस भन्दा अगाडि पनि निर्वाचन अयोगमा गरेका सिफारिस फिर्ता गरेकी रै’छन । उनलाई फिर्ता गर्ने अधिकारै थिएन रे । अधिकार थियो थिएन उनै घर्ती जानुन तर यसले राम्रो बबाल मच्चाएको छ । विचारी घर्तीलाई किन दोष दिनु ? उन्ले त आफ्ना ख्वामिले जे जे अह्राए त्यही गरिन् । माउवादीका भागबण्डामा नियुक्ति हुने न्यायाधीश नै नपरेपछि पेरिस डााडाको निर्देशन घर्तीले पालना गरेकी त हुन नि । उन्लाई अधिकार थियो थिएन साग वाल मतलब । विचरी आठेक क्लास उक्लिएर आएकीलाई के थाहा ? यसो पढेको गुनेको भए पो थाहा हुन्छ ।
धाइफल ठोकेछन्
मान्छेको मति बिग्रेपछि खति हुन्छ भन्थे हो रै’छ । अब हेरौ न कोशी अञ्चल प्रहरी कार्यालय धरानका लेखापाल देवु सञ्जिव तामाङ्ग त्यत्रो छादा खाादाको जागिरै माया मारेर अर्काकी जोइ ज्यापेर कुले ठोकेछन् । विनासकाले विपरीत बुद्धि भनेर हाम्रा बाबु बाजेले त्यसै अर्ति द्या हैनन् । त्यसै उखान बनाएका हैनन् । उन्ले अर्काकी जोई चयापेर कुलेमात्र ठोकेनछन् फागुन महिनाको प्रहरी जवान र अधिकृतको तलब समेत झ्याप बनाएछन् । तलब आउला र यसा गर्जो टारौला भनेर औाला भााच्दै बसेका जवान र अधिकृतहरु यतिबेला विलखबन्दमा
परेका छन् । स्त्रीम चरित्र पुरुषे भाग्य………..दैवले पनि जान्दैनन रे । हो रै’छ । लेखापालसाग धाइफल ठोक्ने त्यो जैरीको श्रीमान वैदेशिक रोजगारमा छन् रे । विचराले मरुभूमिमा रगत पसिना बगाएर कत्रा कत्रा सफना देखेर पठाएको पैसो पनि च्यापेकी छन् रे । एकाउन्टेन्ट तामाङ्गको खोजतलास यतिबेला धुवााधारसाग भइरहेको छ रे ।
सिटौलाको महात्वकांक्षा
कम्युनिष्ट, मण्डले हुादै बरालिएर कााग्रेसको खोरमा छिरेका झापाली कृष्ण सिटौला आफू त कुहिए कुहिए अरुलाई पनि वर्वादै बनाइदिए । बडो चल्तापूर्जाका थिए गगन भनाउदा पनि तिन्लाई पनि भुईामै लेपिदिए । हुन त सिलौटा र लोहोरो भान्साका मात्र स्वभाव हुन् । अति महत्वकाांक्षाले गर्दा सिटौला र गगन दुवै चिप्लिए । हनुत यी दुवै चिप्लनु नै पर्ने थियो । लगौटीको जुम्रा टाउकोमा पुग्दा त्यो धेरै सकसकाउाछ भनेको हो रै’छ । दशकौ पार्टीमा गुजारेकाहरुले एकैपटक सभापति र महामन्त्रीको सपना देख्या छैनन् । दुईदशक अगाडि पार्टीमा आएर सपना देखेपछि बल्डङ्ग लडे । यतिबेला झापालीहरु कम्ता खुशी भा’छैनन् । जाबो ३ सय मत ल्याउन नसक्ने हैसियत भएकाले त्यत्रो औधी फूर्ति किन लगाएको होला ? चरम महत्वाकांक्षा भएका सिटौला अब कता लहसिएलान् ?
लाजै मर्दो
हाम्रा पर्धानमन्तरी खप्रओ यतिबेला चीनको भ्रमणमा जान खुट्टा उचालेर बसेका छन् । ठूलै कचौरा लिएर बसेका खप्रओलाई पहिलो गाासमै ढुंगा लाग्या छ । आÏना कासेपासे, भरौटे, अरौटेहरुका ताााती लगाएर जान खोज्या खप्रओ अस्तिका दिनदेखि चीनको भनाई सुनेपछि अलि खग्रङ्ग भएका छन् । भएछ के भने आफ्ना नाता गोता, आसेपासे, अरौटे भरौटे गरी जम्मा ४५ जनाको तााती लिएर जाने तयारीमा रहेका उन्लाई चिनले ११ जनाको मात्र खर्च व्यहोर्ने भनेपछि खग्रङ्ग भा’ हुन् रे । हो नि जाने भन्दैमा कामै नलाग्नेहरुलाई तााती त लगाउनु भएन नि । सरकार आफैले बनाएको निर्देशिका पालना नगरी जान लागेको चीनले थाहा पाए छ कि क्या हो ? सरकारले बनाएको निर्देशिकामा सरकार प्रमुखले १९ जना र विशेष अवस्थामा ३ जना थपेर २२ जनासम्मको भ्रमण टोली लजान सक्ने व्यवस्था छ । ओलीले ४५ जनाको जम्बो किन लैजानु पर्या होला । नानी भन्दा आाची ठूलो भन्या यही हो ।
शंका लाग्यो रे
चोइटिएर, फुटेर, टुक्रिएर छाला न दाना भएको माउवादी पार्टीका अध्येक्षे प्रचण्डाउलाई नेपाली कााग्रइेसुका निर्वाचित पदाधिकारीसाग शंका लाग्यो रे । के भुत्राको शंका गर्नु ? जितेका धरै पदाधिकारीले धर्मनिरपेक्षता, गणतत्र र संघीयता हुनु हुादैन भनेर घुमाउरो पारामा बोलेसी’ युरोपियन र युनियनसाग ठेक्का लिएका ती तिनै कुरा व्युतेला जस्तो भएसी प्रचण्डाउको कन्सारो तात्या मात्र हैन दिउासै
बर्बराउने अज्ञात रोगले सताए छ कि क्या हो ? धर्म निरपक्षता, गणतन्त्र र संघीयता भाजाएर जीवनभरि खुट्टा हल्लाउाछन् भन्ने प्रचण्डाउको सोच अब काम नलाग्ने पक्का पक्की देखिएको छ । एक त आफन्तैले छोडेर एक्ला भएका प्रचण्डाउ यी तीनवटै कुरा लागू नभए के गर्लान् ?
अन्तेमा
कााग्रेसको महाधिवेशन सिद्धिएसी’ यतिबेला एमालेहरु थुरथुर काप्ने भएका छन् । सत्तामा बसेका एमालेका सबै मन्त्रीलाई थुर थुर रोगले गााज्या छ । झन माउवादीका अध्येक्षे प्रचण्डाउले कााग्रेसको महाधिवेशन सिद्धिएसी’ सरकार परिवर्तन हुन्छ भनेर पहिल्यैदेखि हाउगुजी देखाइदिदै आएका थिए । त्यै भे’र होला कहिले खप्रओ त्रिशुल र गाई पल्टाएर, कसैको दयाले सरकार बनेको हैन भन्दै बर्बराउदै हिाड्न थाल्या छन भने उन्का मन्त्रीहरु पनि अहिले २४ सैं घण्टा बर्बराउन थाल्या छन् । अस्तिका दिन रक्षामन्त्री भएर खाई टोपल्दै आएका भीम रावल आफ्नै घरेलु जिल्लामा पुगेर सत्ता परिवर्तन गर्ने खेलमा कााग्रेस नलागिदिए हुन्थ्यो भनेर बोले । कााग्रेसले सत्तामा जान्छु भनेर मुख नमिठ्याए हुन्छ सम्म भने । आजकल सत्तामा बस्ने एमालेका मन्त्रीहरुलाई मात्र हैन एक सिटे, दुई सिटे,दलै खारेज भएकाबाट समेत मन्त्री भएकाहरुको निन्द्रा हराम भएको छ । यी सबैको थुरथुरे रोग सत्ताबाट हाटेपछि मात्र विसेक हुने घण्टाघरको अनुमान छ । हेरौ दुई चार दिन ।
