धुर्मुस – सुन्तली’ विना नै सुरु भयो ‘मेरी बास्सै’, निर्देशक पनि परिवर्तन भए

चर्चित हाास्य सिरियल ‘मेरी बास्सै’को छायांकन सुरु भएको छ । रकम विवादका कारण केही महिनादेखि यो सिरियलको प्रशारण बन्द भएको थियो ।
यो सिरियललाई चर्चित हाास्य कलाकार सिताराम कट्टेलले निर्देशन गर्दै आएका थिए । तर, अब यो नयाा निर्देशकको निर्देशनमा सुरु भएको छ । मिडिया हबकै कर्मचारी मनराज श्रेष्ठले यसलाई निर्देशन गरिरहेका छन् । अब, हरेक मंगलबार नेपाल टेलिभिजनमा बेलुकी ८ बजेको समाचारपछि यो सिरियल प्रशारण हुने मनराजले अनलाइनखबरलाई बताएका छन् ।
यो सिरियलको सोमबार
भैरहेको छायांकनमा चर्चित पात्र ‘धुर्मुस(सुन्तली’को अभियन छैन । यी दुई पात्र यो सिरियलमा अब देखिने संभावना पनि छैन । तर, केदार घिमिरे’माग्ने बुढा’साग पनि कुरा भैरहेको निर्देशक श्रेष्ठले बताए ।
अहिले यो सिरियलमा हाास्य कलाकार ज्योती काफ्ले पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र हालका प्रधानमन्त्री केपी ओलीको भूमिकामा छन् । सिताराम र कुञ्जना बाहेक सिरियलका सबै पुराना कलाकारलाई देख्न सकिने निर्देशकले बताए ।
मिडिया हबले नै निर्माण गर्दै आएको यो सिरियलका निर्देशक तथा कलाकार सिताराम कट्टेलसाग रकम विवाद भएपछि यसको प्रशारण बन्द भएको थियो । ‘धुर्मुस–सुन्तली’ विनाको यो सिरियललाई दर्शकले कति रुचाउने हुन् हेर्न बााकी छ ।

तपाईको प्रतिक्रिया