धरान/नेपाली कााग्रेसको तेह्रौ महाधिवेशन अन्तर्गत भएको धरान उपमहानगरपालिका वडा नं. १६ को निर्वाचनमा निर्वाचित पदाधिकारीको शनिवार एक कार्यक्रमका बीच पदस्थापन सम्पन्न भएको छ ।
वडा नं. १६ को अध्यक्षमा दिलिपकुमार भण्डारी, सचिवमा विजय घिमिरे, कोषाध्यक्षमा नविना सञ्जेल विजयी हुनुभएको थियो । यसैगरी सदस्यहरुमा मुकेश घिमिरे, किरण आचार्य, राधवप्रसाद वाग्ले, विक्रम श्रेष्ठ, दिपक राई, प्रकाश घिमिरे, भीमदेवी विक र कुमार बाजे आङबुहाङ विजयी हुनुभएको छ ।
नेपाली कााग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुरेशमान श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व निवर्तमान वडा सभापति गोविन्द बस्नेतले गर्नुभएको थियो । बस्नेत हाल जिल्ला सदस्यमा निर्वाचित हुनु भएको छ । सो अवसरमा नेपाली कााग्रेस धरान उपमहानगरसमिति सभापति तिलक राई, जिल्ला सदस्य माधव घिसिङ्ग लगायतले नवनिर्वाचित पदाधिकारीको कार्यकाल सफलताको कामना गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन निवर्तमान सचिव हरिहर कोइरालाले गर्नुभएको थियो ।
