धरान २५ फागुन : नेपालमा महिलाको अवस्था अत्यन्तै दर्दनाक रहेको नेकपा एमाले समर्थित अनेरास्ववियुकी पूर्व केन्द्रीय अध्यक्ष एवम् नेतृ रामकुमारी झाक्रीले बताउनुभएको छ ।
नेपालमा राष्ट्रपति र सभामुखजस्तो गरिमामय पदमा महिला पुगे पनि सहरमा रहेका गरीब तथा ग्रामीण भेगका महिलाको अवस्था अझै नाजुक भएको भन्दै आम महिलाहरुले गर्व गर्ने अवस्था नरहेको बताउनुभएको छ ।
१०६ अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवशरमा सुनसरीको धरानमा आयोजित कार्यक्रममा वोल्दै झाक्रीले कही पहुचवाल महिलाहरु उच्च पदमा पुग्दैमा आम महिलाहरुले अधिकार पाइहाल्छन भन्ने सोच्नु गलत भएको उहाको भनाई थियो ।
एक तिहाइ सभासद अनि मन्त्री महिला भएपनि गा्रमिण भेगका महिलाहरुको अवस्था जस्ताको तस्तै रहेका भन्दै झाक्रीले नेतृत्वमा रहेका महिलाहरु पाटी, जाति, वर्ग र समुदाय भन्दा माथि उठेर लैंिगक समानताको विषयामा एक हुनु पर्ने उहाको जोड थियो । कुन महिला कहा पुगे भन्दा पनि महिलाहरुमा रहेका दोहोरे भुमिकाबाट मुक्त गर्नु आवश्यक रहको उहाको भनाई थियो । महिलाहरु दोहोरो भुमिका रहेसम्म उनिहरुको क्षमतामा प्रश्न उठाएर उनिहरुलाई बञ्चित गरिने गरेका कारण अव घरघरवाट कामको वाडफाड गर्नु पर्ने उहाको तर्क थियो ।
उहाले मधेशमा दाईजोका नाममा, पश्चिममा छाउपडिको नाममा र शहरमा भु्रण् को नाममा महिलाहरु पिडित रहेको भन्दै उहाले सबै क्षेत्रका महिलाहरुका फरक फरक समस्या रहेको भन्दै समाधान पनि फरक ढंगले गर्नेपर्ने वताउनुभयो् । उहाले नेपालको संविधानले महिलाहरुलाई धेरै अधिकार दिएको भएपनि कार्यन्वयनको लागी भने दवाव दिनुपर्ने बताउनुभयो । क्रियाशिल महिला पत्रकारको संयोजनका भएको कार्यक्रममा पुर्व सभासद् कुन्ता शर्मा , समाजसेवी सरला कायस्थ , नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष केशव घिमिरे लगायतले नेपालको कानुनी प्रावधानमै महिलालाई विभेद गर्ने कतिपय व्यवस्था भएकाले कानुनमा सुधार र कानुनमा उल्लेख भएका कुराहरु कार्यान्वयन गरी सबै क्षेत्रमा महिलाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रम अगाडी विभिन्न प्लेकाड सहित धरान १२ पब्लिक उच्च माविको खेल मैदानवाट सुरु भएको र््याली छाता चौक हुदै भानु चौकमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रमा जिल्ला भरका महिला संबद्ध संघ संस्थाको सहभागीता रहेको थियो । सो अवशरमा श्रमिक महिला सिता रोक्का राई र गाउ गाउमा पुगेर फिस्टुला रोगको निशुल्क उपचारमा गरिरहेको फिस्टुला अभिन्ता वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानका एसोसिएट प्रोफेसर मोहन चन्द्र रेग्मीलाई सम्मान गरिएको थियो ।
