कााग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा अत्याधिक वहुमतले सभापतिमा निर्वाचित भाइरसको रुपमा पार्टीमा देखिदै आएको ६०–४० को भागबण्डा अन्त्य हुने कार्यकर्ताको विश्वास

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पार्टी सभापति पदमा निर्वाचचत भएका छन् । १३औं महाधिवेशनअन्तर्गत सोमबार राजधानीको
राष्ट्रिय सभागृहमा भएको दोस्रो चरणको निर्वाचनमा कार्यवाहक सभापति
रामचन्ऽ पौडेललाई ५२६ मतले पछि पार्दै देउवा पार्टीको नवौं सभापति निर्वाचित भएका हुन् ।
देउवाले १८२२ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी पौडेलको १२९६मत छ । आइतबार भएको निर्वाचनमा पार्टी विधानको व्यवस्था अनुसार ५० प्रतिशतभन्दा बढी मत कुनै पनि उम्मेदवारले नपाएपछि सोमबार पुन: निर्वाचन भएको हो । बिहीबारदेखि जारी महाधिवेशन अन्तर्गत नेतृत्व छनोटका लागि सोमबार पुन: भएको निर्वाचनमा आइतबार भन्दा २८ भोट कम अर्थात् ३ हजार १ सय २० महाधिवेशन प्रतिनिधिले मतदान गरेका थिए । आइतबार भएको निर्वाचनमा ३ हजार १ सय ४८ महाधिवेशन प्रतिनिधि नेतृत्व चयनमा सहभागी थिए । जीतसंगै पार्टीमा अब ६०–४० को भागबण्डाको अन्त्य हुने भएको छ ।
दुवै सक्रिय
पूर्व निर्धारित निर्वाचन कार्यातालिका भन्दा झन्डै एक घन्टा ढिला गरी सुरु भएको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न पौडेल र देउवा आइतबारजस्तै सोमबार पनि महाधिवेशन प्रतिनिधि फकाउन निर्वाचन स्थल राष्ट्रिय सभा गृहमा सक्रिय थिए । आफ्नो स्थिति मजबुत बनाउन पौडेलले नेता प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला, सुजाता कोइराला, रामशरण महतसहितका नेतालाई साथै लिएर महाधिवेशन प्रतिनिधिसाग भोट मागिरहेका थिए ।
पहिलो चरणमा ११ मतले नतिजा आफ्नो पक्षमा पार्न असफल भएका देउवा सोमबार भएको निर्वाचनमा सााझसम्म पनि लाइनमा बसेर भोट मागिरहेका थिए । उनलाई नेता विमलेन्ऽ निधि, पूर्णबहादुर खड्का, ज्ञानेन्ऽबहादुर कार्की, सुरेन्ऽ पाण्डे, प्रकाशशरण महतसहितले साथ दिएका थिए ।
त्यसअघि दोस्रो चरणको निर्वाचनको परिणामलाई आफ्नो पक्षमा पार्न दुवै प्रत्याशी बिहानैदेखि सक्रियता बढाएका थिए । देउवाभन्दा ४ सय मत कम पाएका पौडेलले सभापतिको दोस्रो चरणको निर्वाचनबाट बाहिरिएका महामन्त्री कृष्णप्रसाद सिटौलालाई घरमै पुगेर सहयोग मागेका थिए । सिटौलाले निकटहरुसाग सल्लाह गरेर निर्णय दिने आश्वासनसहित पौडेललाई बिदा गरेका थिए ।
महामन्त्रीका प्रत्याशी शशांक कोइराला सहितका नेतालाई साथै लिएर पौडेलले देउवा निकट नेता खुमबहादुर खड्कासाग भेटेर सहयोग मागेका थिए । त्यसलगत्तै ४१ जिल्ला सभापतिले पौडेलको पक्षमा मतदान गर्न आग्रह गरेका थिए । उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी, लोकतन्त्र, राष्ट्र एवं अग्रगमनका लागि पौडेलको जित आवश्यक रहेको उल्लेख गरेका थिए ।
त्यस्तै, पार्टी वरिष्ठ नेता देउवाले दोस्रो चरणको निर्वाचनबाट बाहिरिएका सभापतिका प्रत्याशी सिटौलालाई निवासमै पुगेर सहयोग मागेका थिए । सिटौलाले दोस्रो चरणको निर्वाचनमा देउवालाई सहयोग गर्ने आश्वासन दिएको देउवा निकट स्रोतको दाबी छ । तर, सिटौला दोस्रो चरणको निर्वाचन पौडेल र देउवा दुवैको पक्षमा खुलेनन् ।
सभापतिको निर्वाचन परिणामपछि विज्ञप्ति जारी गर्दै सिटौलाले आइतबारको निर्वाचनमा व्यक्त मतलाई सम्मान गर्न आग्रह गरेका थिए । पार्टी्िभत्र बृहत एकताका लागि दोस्रो चरणको निर्वाचनमा जान नहुने भन्दै सिटौलाले भनेका थिए, ‘पार्टीलाई एकताको सकारात्मक सन्देश दिन दोस्रो चरणको निर्वाचन प्रक्रियामा जानुअगावै सबैको भावना समेट्ने गरी पार्टी एकताका लागि अग्रसर हुन मैले आह्वान गरेको थिएा । आजको दिनमा त्यो नै पार्टीलाई एकताबद्ध बनाउने र सबैको भावना समेट्ने उपयुक्त बाटो थियो । समग्र कांग्रेसजनको उत्कट चाहना पनि यही हो । यद्यपि हाम्रो प्रयास सार्थक हुन सकेन ।
नयाा नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा सभापतिका प्रत्याशी वरिष्ठ नेता देउवाले १ हजार ५ सय ६४, कार्यवाहक सभापति पौडेलले १ हजार १ सय ६० र महामन्त्री कृष्णप्रसाद सिटौलाले ३ सय २४ मत पाएका थिए । पार्टी विधानको व्यवस्थाअनुसार देउवालाई पहिलो चरणमा नेतृत्व लिन ११ मत अपुग भएको थियो भने १ सय मत बदर थियो । महाधिवेशनमा ३ हजार १ सय ६१ प्रतिनिधि सहभागी थिए ।
सभापतिको टुंगो लागेसागै कांग्रेस केन्ऽीय निर्वाचन समितिले महामन्त्री र कोषाध्यक्षको मतगणना मंगलबार गर्ने भएको छ । पार्टी केन्ऽीय कार्यालय सानेपामा नै मतगणना गर्ने तयारी गरेको निर्वाचन समितिले मंगलबार बिहान १० बजे महामन्त्री र कोषाध्यक्षका प्रत्याशीलाई बोलाएको छ । प्रत्याशीहरुसागको छलफलपछि मतगणना सुरु हुने पार्टी केन्ऽीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।
महामन्त्रीमा शशांक कोइराला, अर्जुननरसिंह केसी र गगनकुमार थापा र कोषाध्यक्षमा चित्रलेखा यादव, सीतादेवी यादव, उमाकान्त चौधरी र कृष्ण कार्की प्रतिस्पर्धामा छन् । पार्टीको नयाा नेतृत्वका लागि भएको निर्वाचनमा सभापति, महामन्त्री, कोषाध्यक्षसहित ६४ पदका लागि ३ सय १२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

तपाईको प्रतिक्रिया