पथरीस्थित गोरखा डिपार्टमेन्ट स्टोरको विस्तारित दोस्रो शाखा सोचेभन्दा सफल

पथरी/पूर्वाञ्चलकै चर्चित, अत्याधुनिक, सुविधा सम्पन्न गोरखा डिपार्टमेन्ट स्टोरको मोरङको पथरीमा विस्तारित दोस्रो शाखा यतिबेला पथरी र आसपासका स्थानीयका लागि गौरव बन्दै गएको छ , विगत १७ बर्ष देखि पूर्वाञ्चलका मात्र नभएर देशका अन्यत्रका बासिन्दासागै भारतीय दुरदराजका ग्राहकहरुलाई एउटै छानामुनिबाट सम्पूर्ण उपभोग्य, लक्जरियस सामान सुपथ मूल्यमा उपलब्ध गराउदै आएको डिपार्टमेन्ट स्टोरले माघ २० गतेदेखि पथरीमा आफ्नो दोस्रो शाखा सञ्चालनमा ल्याएको हो ।
गोरखा डिपार्टमेन्ट स्टोरको मुख्यालय मानिएको इटहरीबाट ग्राहकले आफूलाई चाहिएका समानहरु जुन मूल्यमा प्राप्त गर्दे आएका छन् सोही मूल्यमा पथरी स्थित विस्तारित स्टोरको दोस्रो शाखाबाट प्राप्त गर्न थालेका छन् । यसबाट उनीहरु टाढाटाढा जानुपर्ने बाध्यता र समय दुवैबाट लाभान्वित भएका छन् । पथरी र आसपासका स्थानीय ग्राहकहरु सबैभन्दा बढी हौसिएका छन् । उनीहरु हौसिनुको प्रमुख कारण रोजगारी पनि हो । स्टोरले स्थानीयलाई नै रोजगरी दिएपछि उनीहरु हौसिनु स्वभाविक हो ।
स्टोरका सञ्चालक बलराम आचार्य भन्नुहुन्छ, हामीले दुई बर्ष अगाडि मोरङ्गको विराटचौकमा पहिलो शाखा विस्तार गर्दा पनि स्थानीयलाई नै रोजगारी दिएका थियौं । दोस्रो शाखामा समेत यही मान्यता अवलम्बन गर्‍यौं । स्थानीय स्तरबाट जनशक्ति अपुग भएमात्र बाहिरबाट ल्याउने हो । पथरी स्थित स्टोरको विस्तारित दोस्रो शाखामा हाल एकसय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । जसमा ७० प्रतिशत महिला छन् भने ३० प्रतिशत पुरुष रहेका छन् । घरपायक रोजगारीले उनीहरुको आर्थिक स्तर वृद्धि हुने स्थानीय देवबहादुर लिम्बुको कथन छ । लिम्बुका अनुसार एकातिर यहााका स्थानीयले स्टोरमा प्रत्यक्ष वा अप्रत्यक्ष
रोजगारी पाएका छन् भने अर्कोतर्फ पथरीलाई चिनाउन थप मद्धत पुगेको छ । यसभन्दा अगडि कुनै ब्राण्डेड समान खरिद गर्नुपर्‍यो भने हामी चार चौरास दौडनुपथ्र्यो । अब त्यो झन्झट यहााका ग्राहकलाई छैन । स्वदेशी तथा विदेशी ब्राण्डका जुनसुकै सामान सुफथ मूल्यमा पथरीमै पाइने भएपछि त्यसमा गर्व लागेको छ । माघ २० गते सञ्चालनमा आएपछि छोटो समयमा स्टोर यस भेगका ग्राहकका लागि गहना नै बनेको छ, लिम्बुको कथन छ ।
विहानदेखि रातिसम्म उस्तै भीड
पथरीस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा सोमबार बाहेक अन्य दिन ग्राहकको अत्याधिक भीडमात्र हुने गरेको छ । एकाउन्टेन्ट मुरारी खतिवडाका अनुसार विहान ८ बजे सञ्चालनमा आएपछि बेलुका ८ बजेसम्म ग्राहक उस्तै हुन्छन् ।
खासगरी चौथो तलामा रहेको गोरखा किचन, तेस्रो तलामा रहको बेबी आइटम, स्टेशनरी, दोस्रो तलामा रहेको कपडा, जुत्ता चप्पल, पहिलो तलामा रहेको कस्मेटिक, किचेन वेयर, इलेक्ट्रिक र ग्राउन्ड Ïलोरमा रहेको खाद्यान्न, पेय पदार्थ तथा बेकरी आइटम सबैतिर ग्राहकहरु खचाखच हुने गर्छन् ।
चौथो तलाको किचेनमा खाना खानेहरुमात्र दैनिक सरदर ८ सय जना सम्म आउने गरेको एकाउन्टेन्ट खतिवडाको कथन छ । सञ्चालनमा आएकै दिनदेखि किचेनमा विभिन्न स्वादका पारखीहरुको भीड बढेको छ । रु ५० मा खाना र रु ९० मा चिकेन खाना मात्र नभएर चाइनिज, इन्डियन खानाका पारखीहरु समेत आउने गरेका छन् । दैनिक खानाका लागि मात्र ७ सय भन्दा बढी ग्राहकहरु आउने गरको खतिवडाले
बताउनुभयो ।
किचेन जस्तै ग्राउन्ड Ïलोरमा
बेकरी आइटमका लागि समेत ग्राहकहरु लाइनमै बस्ने गरेका छन् । गोरखा डिपार्टमेन्ट स्टोरको आफ्नै उत्पादन जुन सुद्ध घ्यू, दूधबाट तयार गरिएकोले अत्यन्तै स्वादिष्ट भएकै कारण ग्राहकहरुको घुइाचो ेबेकरी आइटममा बढेको हो । पेय पदार्थ, खाद्यान्नसागै स्टोरको अग्र भागमा रहेको बेकरी सपमा वर्थ डे केक, सुजी पप, क्याटबरी रोल, फ्रुट केक, स्लाइस केक, आइसक्रिम, मिल्क व्रेड, रसबरी, लालमोहन, चटपट, स्मल पप, नमकिन पप, सुजि पप, पेटिज पप, वटर पाइनपल, क्याटबरी विस्कुट, ग्लोसेस, तील विस्कुट, स्विट पिनट, काजु विस्कुट, खजुरी, कोकोनट पिन, चोको विस्कुट, जुलि विस्कुट, क्रिम डुनट, सादा डुनट, काजु वर्फी, बदाम वर्फी, कालाकन्द वर्फी, लड्डु, गोरखा टोष्ट, वर्फी पप, नरिवल विस्कुट आदि रहेका छन् । स्टोरमा पुग्ने प्राय: ग्राहकले त्यही खानुको साथै होमप्याक समेत लैजाने गरेका छन् ।
बेबी आइटममा महिलाहरु
गोरखा डिपार्टमेन्ट स्टोरको तेस्रो तलामा रहेको बेबी अइटम तथा स्टेशनरीमा महिलाहरुको अत्याधिक भीड हुने गरेको स्टोरका सुपर भाइजर खेम खत्री बताउनुहुन्छ ।
खासगरी पथरीका स्थानीयसागै उर्लाबारी, मंगलबारे, राजघाट, जााते, लेटाङ्ग, शनिश्चरेसागै भारतको सिक्किम, दार्जिलिङ्ग, पश्चिम बंगालको नक्सालबारी, पानी ट्यांकी सम्मका महिलाहरु तेस्रो तलामा देखिन्छन् ।
जन्मेदेखि १६ बर्षसम्मका नानीहरुका लागि स्वदेशी तथा विदेशी ब्राण्डका आकर्षक रेडिमेट कपडा पाउने भएकै कारण महिलाहरुको भीड बढेको हो । सिंगापुर, थाइल्याण्ड, भारत, चीनको एक्सपर्ट क्लालिटी र स्वदेशी त्यस्ता कपडाले अधिकांश तेस्रो तलामा पुग्ने महिलाहरु लोभिने गरेका छन् । हाल सरदर एक हजारको हाराहारीमा बेबी आइटममा महिलाहरु पुग्ने गरेका छन ।्
वैसाखदेखि दमकमा समेत सुभारम्भको तयारी
गोरखा डिपार्टमेन्ट स्टोरले आÏनो शाखा विस्तारलाई यतिबेला तिब्रता दिएको छ । दुई बर्ष अगाडि मोरङ्गको विराटचौकमा पहिलो शाखा विस्तार गरेसागै दोस्रो शाखा यही माघ २० गतेदेखि मोरङकै पथरीमा सञ्चालनमा ल्याएपछि स्टोर तेस्रो शाखा विस्तारको तयारीमा जुटेको छ ।
झापाको अत्यन्तै व्यस्त र व्यापारिक केन्द्रको रुपमा रहेको दमकमा आगामी वैसाख १५ गतेसम्ममा तेस्रो शाखा सञ्चालनमा आउन सक्ने स्टोरका सञ्चालक बलराम आचार्यले जानकारी दिनुभयो । दमक बसस्टेन्ड उत्तरपट्टि रहेको आलिसान भवनको भित्री साज सज्जाको कार्य यतिबेला तिब्र गतिमा अगाडि बढेको छ । लिÏट
राख्ने, सिलिङ्ग, र्‍याक लगायतका काम अन्तिम चरणमा पुगेको आचार्यले बताउनुभयो ।
उहााले भन्नुभयो हाम्रो प्रयास आगामी वैसाख १५ गतेसम्ममा सञ्चालनमा ल्याउने रहेको छ । दमकको तेस्रो शाखा सञ्चालनमा आएपछि दमक, इलाम, गौरादह, गौरीगञ्ज, केरखा, पाडाजुागी, इलामको तल्लो भेकका ग्राहकहरुले आफूलाई चाहिएका कुनैपनि सामान खरिद गर्न अन्यत्र जानु नपर्ने भएको छ ।
इटहरीस्थित डिपार्टमेन्ट स्टोरमा हाल ३० लाखभन्दा बढी प्रकारका सामान रहेका छन् । यी सबै सामान दमकस्थित तेस्रो विस्तारित शाखामा समेत रहने सञ्चालक आचार्यले जानकारी दिनुभयो ।
त्र

तपाईको प्रतिक्रिया