१०६ औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस सम्पन्न

धरान/सााघुरी धारापानी समाज जिल्ला कार्यसमिति सुनसरीले १०६ औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस वृहत अन्तरक्रिया कार्यक्रमका साथ सोमबार सम्पन्न गरेको छ ।
१०६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको यस बर्षको नारा ‘लैङ्गिक समानताका लागि पाइला हाराहारी : सन् २०३० सम्म हिस्सा बराबरी’ भन्ने रहेको थियो । नेपालमा भने राष्ट्रिय नारा ‘संविधानलाई व्यवहारमा उतारौं : महिला अधिकार सुनिश्चित गरौ’ भन्ने रहेको थियो । विश्वमा भएका श्रमिक महिलाहरुको अधिकारका लागि गरिएका ठूला ठूला आन्दोलनहरुको सम्झना र सम्मानको रुपमा मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा नाउन थालिएको हो ।
सााघुरी धारापानी समाज जिल्ला कार्यसमिति सुनसरीकी अध्यक्ष श्रीमति नेत्रकुमारी राईको सभापतित्वमा सम्पन्न कार्यक्रम नेपाल परिवार नियोजन संघ सुनसरीकी अधयक्ष श्रीमति श्यामा
रेग्मी प्रमुख अतिथि रहनु भएको थियो । सा अवसरमा समाजसेवी विष्णुमाया
राई, नेपाल महिला संघ सुनसरी क्षेत्र नंं. १ की सचिव अनिता राई, उपाध्यक्ष सरस्वती बराइली, गोपाल खनाल, गंगा बरालले १०६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्वमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रम सञ्चालन समाजकी सचिव रेनुका राईले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया