नेपालको संविधान जारी भएयता झन्डै १५० विदेशी महिलाले अङ्गीकृत नागरिकता पाएका छन् ।
जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कानुसार संविधान जारी भएको असोज ३ गतेपछि जिल्लामा १४१ विदेशी महिलाले नेपाली नागरिकता पाएका
हुन् ।
संविधानको धारा १० को उपधारा ६ मा नेपाली नागरिकसाग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा सघीय कानुन बजोजिम नेपालको अङ्गीकृत नागरिकता लिन सक्ने व्यवस्था छ ।
त्यस्तै उपधारा ७ मा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी मुलुकको नागरिकसाग विवाह गरेको नेपाली महिलाबाट जन्मिएको व्यक्तिका हकमा निजले नेपालमा नै स्थायी बसोबास गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने उसले सङ्घीय कानुनबमोजिम नेपालको अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।
नेपाली नागरिकता पाउनेमा नेपालीसाग विवाह गर्ने भारतीय चेली हुन् । नेपालीसाग विवाह गरेका भारतीय चेलीले वैवाहिक अङ्गीकृत नागरिकता धमाधम लिन थालेपछि नयाा संविधानबारे उत्पन्न भ्रम पनि बिस्तारै हट्न थालेको छ ।
नेपालगन्जकी अप्सना बेहनाले अङ्गीकृत नागरिकता प्राप्त गरेपछि भनिन् ँनेपालीसाग विवाह गर्ने विदेशी महिलाले नागरिकता पाउादैनन् भनेर हल्ला चलाइएको थियो, त्यो गलत रहेछ ।
रासस
त्र
