बसन्तराज भट्टराई
गणेशमानसिंहले आफ्नो समुच्च जीवनमा नेपाल एंव नेपाली जनताको सन्दर्भमा मात्र सोचे । उनी आफ्नो आदर्श र सिद्धान्तदेखि बाहिर कहील्यै गएनन् । त्यसैले यस व्यक्तिको जीवन अनवरत संघर्षमा नै वित्नपुग्यो । सादा जीवन र उच्च विचारमा लम्केका गणेशमानसिंह राम्रो व्यवस्था, विधीको शाशन र व्यवस्थित मुलुक हेर्नेसोचमा नै समाप्त भएर गए । विपीको समाजवादी विचारलाई आफ्नो जीवनचर्यामा रुपान्तरितगरि सारा नेपाली जनमानसलाई यही शैलिमा हिंडाउन सोचराख्ने गणेशमानसिंह आफ्नै पार्टी र आफ्नै सहयात्रीहरुबाट दुर्घटित हुनपुग्छन् । विपी, गाान्धी, नेहरु, लोहीया, जयप्रकाश नारायण जस्ता व्यक्तिबाट प्भावितभएका नेता गणेशमानसिंहमा राजनैतिक गम्भिरताको उचाई जतिसुकै माथी भएतापनि उनको
राजनैतिक धरातलको पृष्ठभूमिचाहीं जन्मसिद्ध पारिवारिक संस्कारलाई नै मान्नुपर्ने हुन्छ । काजीका पुत्र हुन्, गणेशमानसिंह । त्यसैले राजनेताबन्ने कारणचाहीं उनले हजुरवुवाबाटै लिएर आएका थिए । त्यसैले
राजनीतिचाहीं उनको विराशतमा नै थियो । अत: आफुलाई चिन्ने वित्विकै उनको परम्परित राजनैतिक संस्कारको अभिवृद्धिले उनलाई प्रोसाहीत गर्दैलग्यो । अनि उनी आफैंबाट स्वचालितहुदंै अघिबढे । गणेशमानसिंह एउटा सच्चा योगी हुन् । आजीवन एउटै तपमा रहेका तपस्वी हुन् । आफ्नो समुच्च जीवनलाई प्रजातान्त्रीक साधनामा अविच्छिन्न लगाएकोले उनी पक्का साधक हुन् । अत: त्यत्तिकै उनलाई दक्षिण एसियाका महान् नेता भनिएको होइन् । यद्यपि उनीसंग त्यो क्षमता थियो । त्याग तपस्या र साधनामा उनी कोहीसंगपनि कम थिएनन् । गान्धी र गणेशमानसिंहमा खासै अन्तर छैन । गान्धी ठूला देशका नेता हुन्भने गणेशमानसिंह सानो देशका नेता हुन् । अनि गान्धीलाई उनको परिवार ईष्टमित्र, संस्था एवं समुच्च राष्टूले नै स्थापित गर्नपुग्छ भने गणेशमानसिंहलाई इर्षा, जलन , वैमनस्यता र आरिसका नजरले मात्र हेरिन्छ । त्यसैले उनका नजदीकका व्यक्ति, उनका संस्थाका व्यक्ति र उनका राष्टूका व्यक्ति सबै नै कमजोर भए । त्यसैले माथी पुर्यााउन सकेनन् । आफ्नो मुलुक र आफ्ना जनताको लागी जे जे गर्नुपर्ने थियो त्यो गणेशमानसिंहले गरिसकेकाछन् । अथवा त्याग वलिदान र तपले राष्टूलाई सीचिसकेका छन् । अब जनताको पालो छ । अब संस्था र राष्टूको पालो छ । त्यसैले कृतघ्नी नभई हामीहरुले गणेशमानसिंहलाई माथी उठाउन सक्छौं । किन्तु सर्वप्रथम त चाहाना हुनुपर्यो नि ! गणेशमानसिंहको सम्पूर्ण जीवनयात्रा बुझ्दाखेरी यस व्यक्तिभन्दा ठूलो राष्टूवादी अर्को देखिंदैन । साठी वर्षसम्म अनवरतरुपमा राष्टूलाई आन्दोलित बनाईराख्ने, आकर्षित र प्रभावित पारीराख्ने अनी नियन्त्रण र अधीनमा राख्नसक्ने खुबी कुशल
राजनेतामा मात्र संम्भव हुन्छ । जो गण्शमानसिंहमा अत्यधिक मात्रमा थियो । मातृभूमिको लागी यत्रोऔधि दु:ख झेल्ने व्यक्ति गणेशमानसिंह नै हुनसक्छन् । त्यसैले राष्टूवादीहरुको अकाल परेकोबेला गणेशमानसिंहले त्यो कमीपनलाई पुरा गरेका छन् । यदि छातीमा हातराखेर सही भन्ने होभने गणेशमानसिंह जस्ता व्यक्ति यस
राष्ट्रमा पुन: जन्म लिदैनन् । यो कुरा निश्चित छ । कुनै सत्ताभोग नहुनु, पैसा र सम्पत्तिमा लोभलालच नहुनु जस्ता कुराहरुले नै गणेशमानसिंहलाई माथी उठाउन पुग्छ । आजका काग्रेशीहरुलाई गणेशमानसिंहका यही विचार र धारणाले बारबार तमाचा हानीरहेको स्पष्ट हुन्छ । एकपल्ट गुणलगाएर जीवनभरी त्यसको फसलकाटी रहने व्यक्तिहरुको घुाइचोमा गणेशमानसिंह पर्दैनन् । उनी त अनवतररुपमा राष्टूजनता र संस्थाका हकमा लडिरहने व्यक्तिमा पर्छन् । गान्धी र गणेशमानसिंहको सन्दर्भमा भन्दा ज्यादासंघर्ष र दु:खचााही गणेशमानसिंहले भोगेका हन् । साथै यस व्यक्तिको अर्को खासियतमा गणेमानसिंह जहिलेपनि आशावादीरुपमा उभिएको हामीले देख्नपाउाछौ । हताश र निराश गणेशमानसिंहको नजदीकमा कहिल्यै आउान पाएन । फेरि हताशहुने व्यक्तिले त्याग, वलिदान र साधना कहाागर्न सक्छ त ?
त्र
