धामी झाक्रीमा अझै विश्वास घटेन

धरान/ धरानमा एसियाकै उत्कृष्ट अस्पताल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत थुप्रै निजि क्लिनिकहरु भएपनि बिरामीहरुको विश्वास बढी छ । विज्ञानले फड्को मार्दै गए पनि अझै पनि नेपाली समाजमा धामी झाक्रि प्रतिको विश्वास हट्न सकेको छैन् ।
धरान १५ बगरकोटकी ६० बर्षीया विमला राई जब विरामी पर्नुहुन्छ, सबै भन्दा पहिले धामी, झाक्रीकोमा पुग्नुहुन्छ । उहालाई टाउको दुख्ने, ढाड दुख्ने, खुट्टा झम्झम्याउने रोगले सताएको बर्षौ भयो । उहाले उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत विराटनगरको कोशी अस्पताल, त्यहा रहेका नीजि अस्पताल धेरै धाउनु भयो डाक्टरले दिएको औषधिले विसको उन्नाइस पनि नभएको उहााको विश्वास छ ।
विमला राई मात्र हैन त्यस स्थानमा झारफुकका लागि युवाहरुको समेत उल्लेख्य उपस्थिति रहने गरेको छ । धरान ७ का २० बर्षीय विकास राई पनि आफ्नो फूफूलाई पेट पोल्ने विरामीले च्यापेपछि झारफुकका लागि फूपूको लगाउने कपडा लिएर त्यहा पटक पटक पुग्ने गर्नुहुन्छ । उहालाई नेपाल लगायत भारतका विभिन्न अस्पतालहरुमा उपचार गराउदा समेत निको नभएपछि धामी सोताङ्गको विषयमा सुनेपछि त्यहा पुग्न थाल्नुभएको हो । त्यहा झारफुक
ैगरेपछि फूपूको विराम आधा निको भएको उहाको समेत भनाई छ ।
विमला र विकास त प्रतिनिधि पात्र मात्र हुन त्यहा झारफुकका लागि भोजपुर, सुनसरी, मोरङ, झापा देखिका विरामीहरु आउने गर्दछन् । उपचार पश्चात आफूहरु निको भएको उनीहरुले तर्क राख्ने गरेका छन् ।
विगतमा पाचकन्या गाविसको बसन्तटार धरान उपमहानगरपालिका भएपश्चात २० नं. वडामा पर्ने यस स्थानमा विहानैदेखि विरामीको ओइरो लाग्ने गरको छ । धामी धनबहादुर सोताङ्गलाई खाना खाने समय समेत पाउन मुस्किल हुन्छ । विहान देउताको थानमा पूजा गरेर विरामीको झारफुकमा लाग्ने उहालाई खाना खाने समय दिउसको १ बजेमात्र मिल्ने गरेको छ । खाना खाएर आधा घण्टा आराम गरेपछि साझको ७ बजेसम्म उहाको झारफुकमै दिन बित्ने गरेको छ । झारफुक गर्दा चाहिने सामाग्री र तजविजले रकम समेत दिने गरेकाले यसै पेशाबाट उहाको गुजारा समेत चलेको छ ।
आफूकहा आएको विरामीलाई के भएको छ भन्ने कुरा विरामीको नाडी छाम्ने बित्तिकै आफूलाई थाहा हुने धामी सोताङ्ग दाबी गर्नुहुन्छ ।
अहिले पनि अत्यन्तै विकसित भएको सहर मानिएको धरानमा रुढीवाढीले आक्रान्त बनाएको छ भने पिछडिएका गाउघरतिर यसको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । पिछडिएका स्थानमा यस्तै रुढीवाढीकै कारण केही मान्छेलाई देउता खुशी पार्न बलि दिएको घट्नादेखि लिएर बोक्सीको आरोपमा धेरै महिलाहरुले अनाहकमा ज्यान गुमाउनुका साथै सयाज भोग्नुपरिरहेको छ । यसलाई अब सबै सचेत वर्गले समयमै अन्धविश्वासलाई चिर्ने जनचेतना फैल्याउने कार्यक्रम ल्याउन अत्यावश्यक भइसकेको छ ।

तपाईको प्रतिक्रिया