१८ औ बुढासुब्बा गोल्डकपको उपाधि मनाङको पोल्टामा

  • १८ औ बुढासुब्बा गोल्डको उपाधि मनाङ मस्र्याङ्दी क्लबले उचालेको छ ।
    श्निवार धरान १७ एन्फा एकाडेमीको खेल मैदानमा भएको फाइनल खेलमा मनाङले नेपाल पुलिस क्लबलाई ० का विरुद्ध १ गोल गर्दै उपाधि उचालेको हो ।
    खेलको ८७ ं मिनेटमा हेमन गुरुङले दिएको पासलाई सदुपयोग गर्दै एपिच ओलाओलीले गरेको निर्णायक गोलले नै मनाङलाई उपाधि दिलायो ।
    अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा दुवै टिम आक्रमक शैलीमा उत्रिएपनि हाफ टाइम अगाडि कुनै गोल हुन सकेन । दुवै टिमले गोल गर्ने धेरै अवसरहरु प्राप्त गरेपनि गोल हुन सकेन । खेल अवधिभर गोल हुन नसकेपछि मनाङले बुढासुब्बाको तेस्रो पटक उपाधि उचाल्दै ह्याटिक गरेको हो । मनाङले यस सिजनमा समेत ह्याटिूक गरेको छ ।
    जितसंगै मनाङले ४ लाख नगद, टूफी र प्रमाणपत्र हात पारेको छ भने चारपटकको गोल्डकप विजेता पुलिसले भने उपविजेत ाबनेसंगै २ लाख नगद टूफी र प्रमाणपत्र हात पार्‍यो ।
    त्यस्तै खेलको म्यान दि म्याच मनाङका ओपिच ओलाओली घोषित भए उनले नगद ५ हजार प्राप्त गरे । यस्तै वेष्ट गोल्डकिपरमा मनाङकै किरण चेम्जोङ, वेष्ट नेपाल पुलिसका सुरज विक, वेष्ट मिड फिल्डर मनाङका हेमन्त गुरुङका, वेष्ट स्टाइकर मनाङका अनिल गुरुङ, वेष्ट कोच मनाङकै लोप्साङ गुरुङ घोषित भए उनीहरुले नगद ११ हजार र प्रमाणपत्र हात पारे । यसैगरी सर्वर्ाधिक गोलकर्ता मनाङका ओपिज ओलाओली घोषित भए उनले खेल अवधिभर ५ गोल गर्न सफल भएका थिए । उनले नगद २५ हजारसहित प्रमाणपत्र हात पारे भने उत्कृष्ट खेलाडी मनाङका गोलरक्षक किरण चेम्जोङ घोषित भए उनले एमाहाको मोटरसाइकल प्राप्त गरेका छन् । राष्टिूय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले विजेता टिमलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया