बाबासाग रमाइन् रेखा थापा

काठमाडौं/ अधिकांश समय व्यस्त रहने अभिनेत्री रेखा थापा सोमबार भने पशुपति मन्दिर दर्शन गर्न पुगेकी छिन् । शिवरात्रीको प्राय व्रत बसेर पुजाआजा गर्ने उनी सोमबार बिहान आमासागै पशुपति दर्शन गर्न पुगेकी हुन्।
यसअघि आइतबार समेत
रेखा थापा फाउन्डेसनले पशुपति क्षेत्रमा आयोजना गरेको कार्यक्रममा उनी सहभागी भएकी थिइन् ’प्राय: शिवरात्रीमा पशुपति दर्शन गर्न पुगिहाल्छु। यसपटक शिवरात्री सोमबार परेको हुादा बिहान पशुपति पुगेर पुजाआजा सिध्याएको छु,’अभिनेत्री थापाले भनिन,’दिउासो शिवको प्रसाद स्वरुप मिठाई र फलफुल खाइन्छ ।’
रेखाले पशुपतिनाथमा बाबासाग खिचेका तस्विर समेत खिचाएकी छिन् ।
मित्रपार्क निवासी अभिनेत्री थापाले करिव दुई घण्टा पशुपति क्षेत्रमा बिताएको बताइन् । ‘शिव भगवानले मागेको कुरा सबै पर्‍ुयादिनु भएकाले धन्यवाद स्वरुप व्रत बसेको हुा । राम्रो कर्म गर्न शक्ति पाइरहेको छु,’ उनले भनिन् ।

तपाईको प्रतिक्रिया