१८ औ बुढासुब्बा गोल्डकप शनिबारबाट शुरु

धरान फुटबल क्लबको आयोजनामा प्रत्येक बर्ष आयोजना हुने बुढागोल्डप अन्तर्गत १८ औ रेडबुल बुढासुब्बा गोल्डप शनिवारबाट शुरु भएको छ ।
धरान १७ एन्फा एकाडेमीको खेल मैदानमा शुरु भएको खेलको उद्घाटन नेपाली कााग्रेसका केन्द्रीय सदस्य एवम् सभासद मिनबहादुर विश्वकर्माले गर्नुएको थियो । शनिवारबाट शुरु भएको उद्घाटन खेलमा डबल ह्रयाट्रिक गर्दै मनाङ मस्याङ्दीे विजयीसंगै सेमिफाइनलमा प्रवेश गरेको छ ।
भुटानको सिफसि क्लबलाई शुन्यका बिरुद्ध ८गोलको लामो अन्तरले पराजित गर्दै मनाङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । मनाङका लागी अनिल गुरुङ र एपिज ओलेले ह्रयाट्रिक गरेका थिए भने तेज तामाङ र विसाल राई वी ले १/१ गोल गरेका थिए ।
खेलको म्यान अफ दि म्याच मनाङका कप्तान अनिल गुरुङ घाषित हुदै नगद ५ हजार हात पारे । प्रतियोगिताको उद्घाटनको अवशरमा आयोजक धरान फुटबल क्लवले धरान उपमहानगर पालिकाका कार्यकारी अधिकृत टिकादत्त राई र भरखरै प्रहरी उपरिक्षक मा बढुवा भएका इलाका प्रहरी कार्यलय धरानका प्रमुख सुदम कुमार सिजापति लाई दोसल्ला ओढाएर सम्मानसमेत गरेको थियो ।
यसैगरी दोस्रो दिन अर्थात आइतबार भएको खेलमा रुपन्देही ११ सेमीफाइनलमा प्रवेश गरेको छ ।
रुपन्देही ११ ले आयोजक धरान फुटबल क्लबलाई १ का विरुद्ध ४ गोल गर्दै आफ्नो सेमीफाइनलयात्रा सुरक्षित गरेको हो ।
अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा खेल शुरु भएको २३ मिनेटमा पाएको पेनल्टीलाई सदुपयोग गर्दै धरान फुटबल क्लबले १ गोल गरेको थियो । धरानकाप्रकाश बुढाथोकीले हानेको कर्नर रुपन्देहीका गणेश खड्काले डिएरियाभित्र गरेको हन्डबलपछि पाएको पेनाल्टीलाई सदुपायेग गर्दै धरानकातर्फबाट रजिन धिमालले हानेको पेनाल्टी रुपन्देहीका गोल किपर दिलिप क्षेत्रीले रोके पनि गोल फर्किएर पुन रजिन धिमालकै कब्जामाआएको थियो । उनले आफ्नो कब्जामाआएको गोललाई दोस्रो् पटक प्रहार गरी गोल गरेका थिए । दोस्रो हाफमा भने रुपन्ेदेही ११ ले पूरै बल आफ्नो कब्जामा लियो र लगातार ४ गोलको बर्षा गर्न समेत सफल भयो । रुपन्देहीकातर्फबाट दोस्रो हाफको २३ औं मिनेटमा विक्रमलिम्बुले एक गोल गरी खेललाई बराबरीमा पुर्‍याएकाथिए । त्यस्तै दोस्रो हाफको ३४ औं मिनेटमा गणेश खड्काले थप एक गोल गरी १ गोलको अग्रतालियो । आक्रमक शैलीमा उत्रिएको रुपन्देहीका भिक्टोर राईले पुन ३७औ मिनेटमा अर्को गोल गरेका थिएभने अन्तिमगोल ४२ औं मिनेटमा भिक्टोर राईले गरेपछि रुपन्देही ११ धरान फुटबलविरुद्ध ४(१ गोलअन्तरले विजयी बनेको थियो ।
खेलको म्यानअफ द म्याच भिक्टर राई घोषित भए । उनले नगद ५ हजार पुरस्कार समेत प्राप्त गरेका थिए् ।
यस्तै तेस्रो दिन अर्थात सोमबार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ सेमीफाइनलमा प्रवेश गरेको छ ।
धरान १७ एन्फा एकाडेमीको खेल मैदानमा भएको खेलमा एपिएफले कास्की ११ पोखरालाई टूाइबेकरको आधारमा ४ विरुद्ध ५ गोल गर्दै विजय सुनिश्चित गरेको हो ।
खेलअवधिभर दुवै टिमबाट १/१ गोल भएपछि खेल अतिरिक्त समयमानगई सिधै टूाइबेकरमा गएको थियो ।
टूाइबेकरमा एपिएफका तर्फबाट सुदिप शिल्पकार, अन्जन विष्ट, गणेश लावती, मिलन राई र ज्याङवो शेर्पाले गोल गरेका थिए भने पोखराकातर्फबाट रविथापा, राकेश गुरुङ, प्रदिप गुरुङ, सुलेमान मगरले गोल गरेकाथिए भने सुनिल विकको गोल पोष्टमाथिबाट बाहिरिएको थियो । जितसंगै एपीएफ सेमीफाइनलमा प्रवेश गरेको छ । खेलको म्यानअफ द म्याच पोखराका रविथापा घोषित भए उनले नगद ५ हजारसहित टूफी र प्रमाणपत्र हातपारे ।

तपाईको प्रतिक्रिया