भारतमा नयाा बजेट

भारत सरकारले आर्थिक वर्ष सन् २०१६–१७ को बजेट सोमबार सार्वजनिक गरेको छ । भारतका केन्ऽीय वित्त मन्त्री अरुण जेटलीले सोमबार त्यहााको तल्लो सदन लोकसभामा सन् २०१६–०१७को बजेट सार्वजनिक
गरेका हुन् ।
बजेटमा मूल्यवृद्धि ४.५ प्रतिशतमा राख्ने, आर्थिक वृद्धिदर ७.६ प्रतिशत पुर्‍याउने लक्ष्य लिइएको छ । बजेटमा सन २०१८को मे महिनासम्ममा भारतका सबै गाउामा बिजुली पुर्‍याउने लक्ष्य लिइएको छ ।
यो बजेटसागै भारतमा गहना,
कार, चुरोट र गुट्खाको मूल्यवृद्धि भएको छ ।
भारत सरकारले बजेटमार्फत आगामी पााच वर्षमा किसानहरुको आम्दानी दोब्बर गर्ने लक्ष्य पनि लिएको छ । किसानका लागि मात्रै तीन खर्ब ५९ अर्ब भारु बजेट बिनियोजन
गरिएको छ । भारत सरकारले सन् २०१७ भित्रमा १० हजार किलोमिटर राष्ट्रिय राजमार्ग निर्माणको घोषणा गरेको छ ।
भारतमा अप्रिल १ तारिखदेखि नयाा आर्थिक वर्ष सुरू हुन्छ ।

तपाईको प्रतिक्रिया