“भो पर्दैन राजनिति अब”

कीशुनजी र गणेशमानसिंह धर् धरी रुादै पार्टीबाट अलग्गिएका छन् । शैलजा र सी.के प्रसाई ईलाज गर्ननसकि मरेका छन् । सर्वस्व गुमाएका कार्यकर्ताहरु, माओवादी चपेटामा परेका कार्यकर्ताहरु, शहीदका परिवारजनहरु आजपनि जहााका त्यही छन् । पार्टीभित्र कार्यकर्ताहरुको ठोस मूल्याङकन नहुनाले सच्चा कार्यकर्ताहरु ओझेलमा परेका छन् । अवसरवादी र यथास्थितिवादीहरुले पार्टीभित्र आधिपत्य जमाएको छ । मौकाफरोस्त व्यक्तिहरु पार्टीमा हावी भएकोले सही कार्यकर्ता पाखा लागेका छन् । नेतृत्वकर्ता
राजधानीबाट बाहीर हेर्नै चााहादैनन् । बाहीरका नेताहरुलाई राजधानीकुद्दै फुर्सद छैन । त्यसैले कार्यकर्ताहरुको पीरमार्का कसले बुझ्ने त ? मुलुकमा प्रजातन्त्र आएको २६ वर्ष भैसक्यो । किन्तु आजपनि पार्टीभित्र संस्थागत संस्कारको अभ्यास बस्नसकेको छैन । राजधानी भित्रको कााग्रेश र बाहीरको कााग्रेशमा पृथकता छ । जसलाई आजपनि केन्द्रले न्यायगर्न सकेकोछैन । पार्टी एकीकरण भैसक्दापनि केन्द्रको नेतृत्वले कार्यकर्ताको भावनामाथि घात प्रतिघात गरिरहेको छ । पार्टीभित्रका साना(साना गुट(उपगुटहरुलाई एकरुपतामा ल्याउन सकेकोछैन । सकृय सदस्यहरुको अस्त व्यस्तताले संगठनकर्ता पिछिडिएको छभने अयोग्य व्यक्ति नेतृत्वपंक्तिमा पुगेको छ । पार्टीको सकृय सदस्य बनाउादा निर्धारित गरिएका मापदण्ड अनुसार बनाइएको छैन । त्यसैले गलतव्यक्ति धडाधड संस्थाभित्र प्रवेश गरिरहेको छ । जसबाट भोलीका दिनहरुमा यही सदस्यहरुले संस्थालाई खरानी बनाउने छन् । क्षणिक स्वार्थको लागि दूरदुष्टि नराखी गरिएका कार्यहरुले आफैलाई पिर्ने गर्छ । त्यसैले बबूलको वृक्ष रोप्नेले पीपलको छहारीको कल्पनागर्नु व्यर्थको कुरा हो । अत : जसले जस्तो कर्म गर्छ, उसले त्यस्तै फल पाउाछ । निश्चयपनि आज उसलाई फाइदा भएको होला किन्तु यही फाइदाले उसलाई जीवनभर नोक्सान मात्र पुर्‍याउने छ । राजधानीदेखि बाहीरबसी गाउा, नगर, क्षेत्र एवं जिल्लामा रहेर अनवरत संगठन गरिरहेका कर्तव्य परायण इमान्दार कार्यकर्ताहरुको सही मुल्याङकन नहुनाले उनीहरुको आत्मविश्वाश नै छल्नी भैसकेको छ । नेताहरुको सीधा सम्पर्क कार्यकर्ताहरुसाग नहुनाले विचका व्यक्तिहरु लाभान्वित भएकाछन् । साथै यिनै विचका व्यक्तिहरुको हालीमुहालीमा सही कार्यकर्ता पिछिडिएका छनभने गलत व्यक्तिलाई यीनीहरुले पगरी गुताई माथी पुर्‍याएका छन् । त्यसैकारण पार्टीको मुल्य मान्यता र अस्तित्वमा नै धक्का पुगेको छ । संस्थाको छवी र गरिमा नै धुमील भैसकेको छ । अबपनि पार्टीभित्र सही नेतृत्व हुन नसकेमा पार्टीको दुर्घटना निश्चित छ । अत्यधिक महत्वाकांक्षी व्यक्तिहरु पार्टीमा हावी छन् । त्यसैले यी व्यक्तिहरुको पदलोलुप्तता अनि सत्तालिप्साको भोकले पार्टी दिन(प्रतिदिन दल(दलमा भाासिदै छ । त्यसैले गलत व्यक्तिहरुको चलखेलका कारणले संस्था विक्षिप्त हुन पुगेको छ । अत: कुनैपनि बेला यसको विष्फोट निश्चित छ । संगठनकर्तालाई सदैव आफ्नो संगठनको मायाा हुन्छ । त्यसैले ऊ बाहीर बस्न पुग्छ । किन्तु संगठन टुट्न दिदैन । गलत व्यक्तिहरुको हालीमुहाली झेलिरहन्छ, फेरिपनि संगठन टुट्न दिदैन । आफूले सृजना गरेको संस्थालाई अरुले हााकेको हेरिरहन्छ, फेरिपनि प्रतिक्रिया जनाउादैन । आफूले खुन(पसिना बगाई उभ्याएको संस्थामा अर्काे नाईकेबनि संस्थालाई गर्तमा पुर्‍याएको देख्दापनि उसको बोली फुट्दैन । किनकि संस्था टुक्रिन्छ भनेर । यीनै सीमा र शक्तीहरुको माझमा गणेशमानसिंह र किशूनजीको भावानालाई देख्न सकिन्छ । आखिरीमा यत्रो वर्षसम्म अनवरत संघर्ष गरिरहेका यी दुई नेताहरुले के पाए त ? फगत जिल्लतको जीवन ! दु:ख, कष्ट, पीडा एवं अपमानहरु । यदि निश्वार्थ पुर्वक राजनीतिमा निरन्तर साधाना गर्ने व्यक्तिको यही हस्र हुन्छ भने भोलीका दिनहरुमा कीशुनजी, गणेशमानसिंह, शैलजा एवं सी.के प्रसाईजस्ता हस्तीहरु नेपाली कााग्रेशमा अवश्यपनि जन्मने छैनन् ।
विपीले हिजो भनेका कुराहरु आज धडाधड पूरा हुादैछन् । कति दूरदर्शी
रहेछन विपी । नेताहरुको सन्दर्भमा भनेका कुराहरुपनि पुरा भए र कार्यकर्ताहरुको प्रसङ्गमा भनेका कुरापनि पूरा भए । संगठनगर्न दिएको व्यक्तिले लविङ्ग गरिदियो । देश चलाउान दिएको व्यक्तिले पार्टी भााडिदियो । अनि द्धैध चरित्र भएका व्यक्तिहरुले राष्टू नै भाडीदिए । अब कसलाई विश्वास गर्ने त ? हिजोको इमान्दार सहयात्रीले आज गलत्याईदियो । कठालोमा समाएर सडकमा ल्याईदियो । के राजनीतिमा यस्तै हुन्छ त ? के राजनीति गलत कुरा हो त ? के गणेशमानसिंह र किशुनजीले राजनीतिमा लागेर गल्ती गरेका थिए त ? वास्तवमा भन्दा यो सारै नै सम्वेदनसील प्रश्न छ । यदि प्रत्येक
राजनैतिक व्यक्तित्वको यही परिणाम र नियति हुन्छभने भो पर्दैन राजनीति गर्न । समुच्च जीवन जेल र नेलमा वित्यो , स्वास्नी छोराछोरी बाट अलग जीवन विताउनु पर्‍यो, ईष्टमित्र, कलकुटुम्ब, नातोगोताबाट लाञ्छना मात्र लाग्यो , पुलिस प्रसासन एवं कानुनबाट साधै भागी रहनु पर्‍यो । आखिरीमा के का लागी त ? रैती, प्रजा एवं दाश जस्ता शब्दहरुबाट नेपालका इज्जतदार सम्मानिक नागरिक बनाउनका लागी नै त थियो नि ! यदि देश र देशका जनताहरुको हक र अधिकारको लागि लड्दा प्रताडित एवं पलायन गराईन्छ भने किन गर्ने राजनीति ? भो पर्दैन
राजनीति अब ! यस देशलाई अर्काे लौहपुरुष र सन्त नेताको आवश्यकता छैन । भो पर्दैन राजनीति अब ! नेपाली काग्रेसलाई दोस्रा गणेशमानसिंह र किशूनजीको पनि आवश्यकता छैन
अब ! भो पर्देन राजनीति अब !

तपाईको प्रतिक्रिया