धरान विस्तारै सरकारी कार्यालय विहीन बन्दैछ । एकताका
सरकारी कार्यालयहरुकै कारण चहलपहल, व्यापार व्यवसायमा बढोत्तरी धरानमा अब सरकारी कार्यालयहरु रित्तिदै जाने भएका छन् ।
वि.सं. २०१७ सालमा नगरपालिका घोषणा भएको धरान उपमहानगरपालिका जिल्लामै पहिलो नगरपालिका हो । एकताका यहाा पुरानावदेन अदालत, घरेलु तथा साना उद्योग कार्यालय, पशुसेवा कार्यालय, लगायतका दर्जनभन्दा बढी सरकारी कार्यालयहरु रहेका थिए । तर आज विस्तारै ती कार्यालयहरु दक्षिणतर्फ सरेका छन् ।
सरकारी कार्यालय सरेसागै यहााका उद्योगी व्यवसायीहरु इटहरी, विराटनगरतिर पलायन भएका छन् । व्यापार, व्यवसायमा धरानको भविष्य नदेखेर उनीहरु पलायन भएका हुन् । विशाल ग्रुप, तुलसीराम अग्रवाल ग्रुप लगायतका उद्योगीहरु धरानबाटै पलायन भएका हुन । आज तिनै व्यवसायीले देशको अर्थतन्त्रमा ठूलो टेवा पुर्याएका छन् भने स्थानीय स्तरबाट स्कुल, कलेज, अस्पताल, विश्वविद्याय आदिमा राज्यको भन्दा बढी योगदान दिएका छन् ।
पछिल्लो समय धरानबाट नेपाल टेलिकमको कार्यालय सरेर इटहरी जाने तयारीमा रहेको छ । आन्तरिक राजस्व कार्यालयले आफ्नो भैतिक संरचना इटहरीमा तयार गरिसकेको छ । कुनै बेला आन्तरिक
राजस्व कार्यालय सरेर इटहरी गयो भने त्यसलाई अन्यथा नमाने हुन्छ । यति हुादा हुादैपनि कुनै धराने जनतालाई झक्झक्याउने राजनैतिक दल यहाा देखिएनन् । यहााका राजनैतिक दलकै सहमतिमा धराने जनताकै नाममा ऋण लिएर सरकारकै स्वामित्वमा रहेको नेपाल खानेपानी संस्थानको समुल नष्ट गर्न खोजिदैछ । खानेपानी संस्थानलाई स्तरवृद्धि गर्नुपर्नेमा समुलै नास गर्नुले यहााका राजनीतिक दलको आसय प्रष्ट हुन्छ ।
अब नेपाल टेलिकम इटहरीमा समायोजन हुनु हुादैन भनेर यहााका कुनै राजनैतिक दलले चिच्याउनु गोहीको आाखाबाट आाशु झार्नु सरह मात्र हो । सरकारको स्वामित्वमा रहेको खानेपानी संस्थान जोगाउन कुनैपनि ठूला राजनैतिक दलले पहल गरेका छैनन् । उल्टै त्यसका मतियारसाग दलाली गर्दैछन् । भर्खरै र दुई चार बर्ष अगाडि घोषणा भएका नगरपालिकाहरु अत्यन्तै व्यवस्थित भइसकेका छन् नगर क्षेत्रभित्रको सडक निर्माण, व्यवस्थित बस स्टेन्ड, पुराना संरचना जोगाउदै थप नयाा संरचनाको निर्माण नया नगरपालिकाका विशेषता नै बनेका छन् । धरान नगरपालिका भन्दा ३० बर्ष पछाडि घोषणा भएको इटहरी नगरपालिका आज हरेक गतिव्ििधमा अगाडि देखिएको छ । धरानको विकासमा न नगरपालिका, न यहााका राजनैतिक दलका नेताहरु कसैलाई सरोकार देखिदैन । धन्न गिरिजाप्रसाद कोइरालाले धरानमा एउटा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापित गरिदिए । नत्र आज धरान मृत सहरमा परिणत भइसक्ने थियो । बीपीकै कारण आज धरानको शाख जोगिएको, अलिकति चहलपहल देखिएको हो ।
