५ वर्षका बच्चाले नर्ससाग बिहेको प्रस्ताव राखेपछि

हरेक पल मृत्युसाग संघर्ष
गरिरहेका पााच वर्षका एक बालकले हालै अस्पतालमा एकजना नर्सलाई बिहेको प्रस्ताव राखे । बिरामी बच्चाले बिहेको प्रस्ताव राखेपछि ती नर्सले हाासेरै प्रस्ताव स्विकार गरिन् र लोग्नेको नाता पनि जोडिन् ।
बेलायतको लण्डनस्थित रेडी चिल्ड्रेन अस्पतालमा गत नोभेम्बर १७ देखि रक्तक्यान्सरको उपचार गराइरहेका गिडेयन रोबिन्सन हुन् ती बालक जसले नर्सलाई प्रपोज गरे ।
रोबिन्सन अस्पताल भर्ना भएदेखि नै उनको हेरचाह गरिरहेकी छिन् ३० वर्षकी नर्स साराह रिचर्डसनले । जागिरबाट छुट्टि लिएर परिवारसाग विदा मनाउन जानुभन्दा पहिले साराह बाइ बाइ भन्नका लागि रोबिन्सन भएको कोठामा आइन् ।
जब नर्सले आफु विदामा जान लागेको भनिन् तब रोबिन्सनले तिनछक पार्ने प्रस्ताव गरे । उनले नर्सलाई सोधे के तिमी म साग बिहे गर्न राजी छौ ? उनले केवल मुखे बोलीले प्रपोज गरेका थिएनन् । गुलाबी पत्थर जडेको औाठी लगाइदिएर आफुभन्दा ६ गुणा बढि उमेरकी नर्सलाई बिहेको प्रस्ताव गरेका हुन् ।
रोबिन्सनकी आमाका अनुसार उनी त्यस दिनका लागि निकै उत्साहित थिए । आफुले तिन बजे साराहलाई प्रपोज गर्न गइरहेको कुरा उनले सबैलाई भनेका थिए र औाठी बोकेर यता–उता दौडिरहेका थिए । उनले साहारा आउने ३ बजेको समय पर्खिरहेका थिए ।
साराहालाई सुरुमा त आफुलाई बिरामी बालकले प्रपोज गर्न लागेको कुरा थाहा थिएन । तर अस्पतालले भने पूरै बन्दोबस्त गरिसकेको थियो ।
बिहे प्रस्ताव गर्ने समारोहमा
रोबिन्सनलाई मनपर्ने गीत एक म्युजिक थेरापिस्टले बजाइन् । झण्डै २० जनाको उपस्थितिमा सांगीतिक माहोलका बीच रोबिन्सनले साराहालाई औाठी दिएर बिहेको प्रस्ताव गरे ।
साराहाले पनि प्रस्ताव स्विकार गर्दै
रोबिन्सनलाई अंकमाल गरिन् र ती बालकलाई अस्पताल पति भन्ने नाम दिइन् ।
साराह निकै सुन्दर तथा असल केटी रहेको र आफुलाई सधै मनपर्ने खेलौना ल्याएर दिने गरेको रोबिन्सन बताउाछन् ।

तपाईको प्रतिक्रिया