नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतमा राजकीय सम्मान दुई देशको मित्रताको साक्षी हिमालयको अखण्डता र गंगाको पवित्रता–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

एजेन्सी/नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसागको असमझदारी अन्त्य भएको बताउनुभएको छ । भारतको ६ दिने राजकीय भ्रमणमा दिल्ली पुग्नु भएका ओलीले यस्तो बताउनुभएको हो ।
छुद्र वचन भएका भनी देशभित्रै आलोचित प्रधानमन्त्री ओलीले ४६ सदस्यीय जम्बो सरकारी टोलीको नेतृत्व गर्दै शुक्रबार नयाादिल्ली पुग्नुभएको थियो । उहाालाई
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले इन्दिरा गान्धी अन्तरर्राष्ट्रिय विमान स्थलमा स्वागत गर्नुभएको थियो ।
प्रधानमन्त्री ओली, उपप्रधान तथा
पराराष्ट्रमन्त्री कमल थापा, मन्त्रीहरु विष्णु पौड्याल, शक्ति बस्नेत लगायत १७ जनालाई राष्ट्रपति भवनमा उच्च सम्मान सहित
राखिएको थियो भने अन्यलाई होटल ताजमान सिंहमा राखिएको थियो । सोही दिन ओली दिल्ली स्थित नेपाली दुतावासले आयोजना गरेको प्रजातन्त्र दिवस समारोहमा सहभागी हुनुभएको थियो । कार्यक्रममा भारतीय जनता पार्टीका तरुण विजय, नेशनलिष्ट कााग्रेसका महासचिव डीपी त्रिपाठी, भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम येचुरी, नेपालका लागि पूर्व भारतीय राजदुत राकेश सुद,
भारतीय विदेश मन्त्रालयका नेपाल डेक्स हेर्ने अधिकारी अभय ठाकुर लगायत सहभागी हुनुभएको थियो ।
दिल्ली पुगेको दोस्रो दिन
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ओलीबीच हैदरावाद हाउसमा सिष्टाचार भेटवार्ता भएको थियो । दुवै प्रधानमन्त्रीको भेट पश्चात आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको मित्रताको साक्षी हिमालयको अखण्डता र गंगाको पवित्रता भएको बताउनु भएको थियो । प्रधानमन्त्री मोदीले भन्नुभयो नेपालको संविधानको सफलता नेपालका दलहरुबीचको संवाद र सहमतिमा निर्भर हुने छ । प्रधानमन्त्री मोदीको कथन थियो नेपालले पछिल्लो दशकमा शान्ति, संविधान र संघीयतामा गरेको प्रगतिबाट आफूलाई अत्यन्तै खुशी लागेको छ । पछिल्लो केही सालमा नेपालले लोकतन्त्र र संघीयतामा ठूलो प्रगति गरेको छ, उहााले भन्नुभयो । नेपालको संविधानको रचना र उसका घोषणा एक महत्वपूर्ण प्रगति हो । यसको निर्माणमा योगदान दिएका राजनीतिक नेतृत्व र समाजका सबैको म अभिवादन गर्दछु । यो संविधानको सफलता सहमति र संवादमा निर्भर गर्दछ । उहााले नेपालको सविंधान निर्माणमा स्वर्गीय पूर्व प्रधानमन्त्री तथा नेपाली कााग्रेसका सभापति सुशिल कोइरालाको बारम्बार स्मरण गर्नुभएको थियो । नेपालले दशकौको प्रयासपछि संविधान जारी
गरेको छ । यसलाई हामीले महत्वपूर्ण उपलब्धीका रुपमा हेरेका छौं ।
सो अवसरमा बोल्दै नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो नेपालमा संविधान जारी भएपछि
भारतको भ्रमण गर्ने पहिलो प्रधानमन्त्री म नै हुा । मेरो भ्रमणको मुख्य उद्देश्य केही महिना यता दुई देशबीच देखिएको असझदारी अन्त्य गर्नु थियो, अब त्यो अन्त्य भएको छ । उहााले गत बर्ष
भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गरेको बखत देखिएको उत्साहपूर्ण सम्बन्ध त्यही तहमा फर्काउन फलदायी भएको समेत बताउनुभएको थियो । भारतीय प्रधानमन्त्री मोदी र उहााको सरकारले गरेको मैत्रीपूर्ण स्वागतका लागि मलाई अत्यन्तै खुशी लागेको
छ । पत्रकार सम्मेलनका क्रममा ओलीले नेपालको सार्वभौमसत्ताको सम्मान गर्न पनि आग्रह गर्नुभएको थियो ।
थप असी मेघावाट विद्युत
संयुक्त पत्रकार सम्मेलनकै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा देखिएको चरम ऊर्जा संकटलाई केही हदसम्म न्यून गर्न तत्कालै ८० मेघावाट विद्युत उपलब्ध गराउने घोषणा गरे लगत्तै दुवै देशका प्रधानमन्त्रीले हैदरावाद हाउसमै स्विच अन गरी सुभारम्भ गर्नुभएको थियो ।
भारतीय प्रधानमन्त्री मोदीले आगामी दुई बर्ष भित्रमा ६ सय मेघावाट विजुली उपलब्ध गराउने बाचा समेत गर्नुभएको थियो । भारत र नेपालका बीचमा ७ हजार मेघावाट विद्युत
परियोजनामा हाल सहकार्य रहेको छ । सन् २०१६ को अक्टोबरमा मुजफरपुर–ढल्केबर प्रसारण लाइनबाट २ सय २० मेघावाट विद्युत आदनप्रदान गर्न सकिने छ । सन् २०१७ सम्ममा ६ सय मेघावाट विद्युत समेत सोही
प्रसारण लाइनबाट आदान प्रदान हुने भएको छ ।
भुकम्प पुन: निर्माणमा सहयोग
गत वैसाखमा गएको महाविनाशकारी भुकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाका लागि भारत
सरकारले ठूलो धनराशी उपलब्ध
गराउने भएको छ । नेपाल र
भारतबीच शनिवार विभिन्न सात विषयमा सम्झौता भएसागै नेपालका परराष्ट्रमन्त्री कमल थापा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
भुकम्पपछिको पुन निर्माणका लागि भारत सरकारले २ सय ५० मिलियन अमेरिकी डलर अनुदान स्वरुप उपलब्ध गराउने भएको छ । यस अन्तर्गत भुकम्प प्रभावित १४ जिल्लामा ५० हजार घर बनाउन एकसय मिलियन डलर खर्च हुने बताइएको छ । भुकम्प प्रभावित जिल्लाका शैक्षिक क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा सम्पदा पुन: निर्माणको क्षेत्रमा अरबौ रुपैया भारत सरकारले खर्च गर्ने भएको छ । यसैगरी तराई क्षेत्रमा हुलाकी
राजमार्गलगायत १७ वटा सडको सुदृढीकरण स्तरोन्नति समेत गर्ने सम्झौता पत्रमा उल्लेख छ । त्यस अन्तर्गत कुल ५ सय १७ किलो मिटर सडक खण्ड पर्ने भएको छ ।
नाट्य क्षेत्रमा सम्झौता
नेपाल र भारतबीच समान धर्म संस्कृति रहेको छ । समान धर्म संस्कृतिकै कारण दुवै देशका जनता बीचमा प्रगााढ सम्बन्ध रहादै आएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा दुवै देशका कला सास्कृतिलाई उत्थान गर्ने हेतुले नेपाल संगीत नाट्य प्रतिष्ठान र भारतीय संगीत नाट्य एकाडेमीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
यसैगरी दुवै देश बीचको सम्बन्धलाई अझ प्रगाढ तथा सुदृढ बनाउने उद्देश्यले नेपाल भारतले संयुक्त रुपमा प्रवुद्ध समूह गठनको घोषणा समेत गरेका छन् ।
भारत र नेपालका द्विपक्षीय सम्झौता पुनरावलोकन समेत गर्ने उद्देश्यले गठित उक्त विज्ञ समूहमा नेपालका तर्फबाट कुटनीतिक भेषबहादुर थापा, सांसद
राजन भट्टर।ई, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख सूर्यनाथ उपाध्याय र पूर्व कानुनमन्त्री निलाम्बर आचार्य रहनु भएको छ भने भारततर्फबाट प्रवुद्ध समूहमा भारतीय जना पार्टीका सांसद भगत सिंह काशियारी, सिक्किम युनिभर्सिटीका पूर्व उपकुलपति महेन्द्र पि लामा, नेपालका लागि पूर्व भारतीय
राजदूत जयन्त प्रसाद हुनुहुन्छ ।
नेपालले विशाखा पटनम र वंगलावन्द प्रयोग गर्ने
नेपालले द्रुत गतिमा आर्थिक प्रगति हासिल गर्न सकोस् भन्ने उद्देश्यले नेपाल र वंगलादेशबीच व्यापार गर्न नेपालले कााकडभिट्टा–बंगलाबन्द करिडोर अब निर्वाध रुपले प्रयोग गर्न पाउने भएको
छ । दुई मुलुकका अधिकारीबीच त्यस सम्बन्धी लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ । यस्तै नेपालले लामो समयदेखि कोलकत्ता बन्दरगाह प्रयोग गर्दै आएकोमा अब भारतको आन्द्र प्रदेशमा पर्ने विशखा पटनम बन्दरगाह प्रयोग गर्न पाउने सहमति समेत भएाके छ । दुई देशबीच विशाखा पटनमबाट नेपालसम्मको
रेलमार्फत व्यापार गर्न सक्ने सहमति सहित लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ ।
डोभलेसँग भेटवार्ता
भारतका राष्ट्रिय सु्रक्षा सल्लाहकार अजित डोभले प्रधानमन्त्री ओलीसाग
राष्ट्रपति भवनमा भेटवार्ता गर्नुभएको
छ । भेटमा सहभागीका अनुसार सल्लाहकार डोभललेले नेपालसाग हालै भएका सहयोग सम्झौता तथा द्विदेशीय समझदारीका थप आधारहरुका बारेमा छलफल गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले पनि भारतसाग भएको सम्झौता आश लाग्दा भएको बताउनुभएको
थियो । डोभले भन्दा अगाडि ऊर्जा
राज्यमन्त्री पियुस गोयलले प्रम ओलीसाग भेटवार्ता गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया