इटहरी/नेपालका चर्चित हेयर स्टाइलिस्ट निल डेभिड्स कटुवालले आफ्नो शाखाको विस्तार गरेका छन् । इटहरीस्थित इटही मलमा विस्तारित सातौ शाखाको गत शुक्रबार नेपालका चर्चित अभिनेता सरोज खनाल र अभिनेत्री
गौरी मल्लले एक भव्य समारोहबीच शुभारम्भ गरेका थिए ।
आÏनो सातौ शाखा विस्तारका सम्बन्धमा हेयर स्टाइलिष्ट निल डेभिड्सले शनिवार एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी
गराएका थिए । सो अवसरमा बोल्दै हेयर स्टाइलिस्ट डेभिडले भने सैलुन भन्नासाथ यहाा कपाल काट्ने भन्ने मात्र बुझाई छ । वास्तवमा त्यो सोचाई गलत हो । कुनैपनि व्यक्तिको पर्सनालिटी, पेशा आदिलाई ध्यानमा राखेर हेयर स्टाइल गर्नुपर्छ र त्यसमा हामी सचेत छौं ।
उहााले भन्नुभयो शैलुन अघिल्ला शाखहरुमा झौ महिला तथा पुरुषको अनुहार, रुप रंग सुहाउादो तवरले केश सजावटका साथै स्ट्ेरट, फरियल, मेकअप, नेल आर्ट, मेहन्दी, होम ब्राडिल मेकअपका साथै कपालको सौन्दर्य सम्बन्धी विभिन्न सेवा तथा प्रशिक्षण सातौ शाखाबाट उपलब्ध हुने छ । सबै प्रकारका सेवाहरु अत्याधुनिक प्रविधिका साथ उपलब्ध हुने र वातावरण अनुकुलित शान्त र सौम्य वातावरणमा सेवा दिइने पनि उनले बताए । उनले भने म झापाको सानो गाउामा जन्मिएा । मलाई मेरा बाबु आमाले कहिल्यै डाक्टर वन, इन्जिनियर वन भन्नु भएन । सदैव
राम्रो र असल बन मात्र भन्नुभयो , उनले थपे १७ बर्ष अगाडि एकजना विदेशी नागरिकसाग भेट भएपछि उनकै सहयोगले मेरो रुचीको पेशामा आवद्ध हुन पाएा ।
हेयर स्टाइलिस सम्बन्धमा औपचारिक कोर्ष पूरा गरी अत्याधुनिक सुविधा सहितको सैलुन सञ्चालनमा ल्याएपछि त्यसैलाई पटछ्याउदै विभिन्न स्थानमा स्तरीय सैलुन स्थापना गरेका डेविडले प्रशिक्षणलाई समेत सागै लिएर गएका छन् । उनले २ सय जनालाई प्रत्यक्ष रोजगारी समेत दिएका छन् । सैलुन सागै हेयर स्टाइल ट्रेडिङ्ग सेन्टरबाट दक्ष जनशक्ति उत्पादन गर्ने, आर्थिक अवस्था कजमोर भएका ५ जनालाई प्रत्येक बर्ष इटहरीमा सञ्चालनमा रहेको ट्रनिङ सेन्टरबाट नि:शुल्क तालिमको व्यवस्था समेत गर्ने डेविडको कथन थियो ।
हुन त उनले आफू जन्मेको झापाको लक्ष्मीपुरस्थित स्कुलमा अनाथ बालबालिकाको अध्यापनका लागि आर्थिक सहयोग, विभिन्न मठ मन्दिर लगायतका सर्वाजनिक स्थलको निर्माणमा पटक पटक आर्थिक सहयोग पलब्ध गराउादै आएका छन् । उनले पहिलो पटक सन् २००६ मा काठमाण्डौको सुनधाराको मलमा निल डेभिड्स हेयर एण्ड व्युर्टी सैलुन सञ्चालनमा ल्याएका उनले हाल काठमाण्डौमै चार, विराटनरमा एक, झापामा एक गरी ६ वटा सैलुन हेयर स्टाइल सम्बन्धी एकाडेमी सञ्चालनमा ल्याएका छन् , नेपालका सहरहरुमा उनको हेयर स्टाइलको चर्चा भएपछि भारतीय सहरमा समेत उनको सैलुनको माग हुन थाल्यो । उनले हाल भारतका मुख्य केही सहरमा ५ सैलुन र एक एकेडेमी सञ्चालन गरिरहेका छन् । सन् २०१७ मा उनले कलकत्तामा अर्को सैलुन थप्ने योजना बनाएका
छन् । उनी भन्छन् सञ्चारमाध्यम, सेलिवैट्री, फेशिन प्रेमीको माया र सद््भाव तथा हेर स्टाइल प्रेमीको
कारण म आज यहाासम्म आइपुगेको
छु । उनले आगामी दिनमा यस्तै साथ समर्थन, सद्भाव र सहयोगले हेयर स्टाइलिसकै माधयमबाट नेपाललाई चिनाउन सक्षम हुने विश्वास समेत व्यक्त गरे ।
सो अवसरमा इटहरी उद्योग वाविणज्य संघका उपाध्यक्ष, समाजसवी तथा सफल व्यवसायी सुनिलकुमार अग्रवालले आफू निल डेभिड्सको हेयर कटिङ्गबाट प्रभावित भएरै उनको शैलुनमा कपाल काट्न सिलगुढीबाट पुग्ने गरेको बताए । उनले भने म एक एक महिना सिल्लीगुढी जान्थे केवल कपालको साज सज्जकै लागि । तर अब मैले इटहरीमै निल डेभिड्सको शैलुनबाट आफ्नो कपालको साजसज्जा गर्न पाउने भएको छु । इटहरीमा यो सेवा शुरु हुनु अत्यन्तै राम्रो भएको अग्रवालको धारणा थियो । आफूहबाट हुने साथ सहयोग सदैव
रहने बताउन समेत उहाा चुक्नु भएन ।
