विराटनगर । शसस्त्र प्रहरीको एपीएफ क्लव बिराटनगरमा जारी बिराट गोल्डकप फुटवलको सेमिफाइनलमा प्रबेश गरेको छ ।
सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा बिभागीय प्रतिद्धन्दी त्रिभुवन आर्मीलाई एक शून्य गोलले हराउादै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । सहिद रंगशालामा भएको प्रतिस्पर्धातमक खेलको अन्तिमतिर कप्तान गणेश लावतीको गोलको सहयोगमा एपीएफले आर्मीलाई हराउन सफल भयो ।
निर्धा्रित ९० मिनेटमा दुवैले गोलरहित बराबरी खेलेका थितए । २० मिनेट थपिएको अतिरिक्त समयको १०औं मिनेटमा श्याम नेपालीको क्रसलाई हेड गर्दै लावतीले गोल गरेका थिए । नेपाली ८२ औ मिनेटमा टोप विष्टको स्थानमा मैदान छिरेका थिए ।
निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा यसअघि नियमित समयमा दुवै टोलीले गोलका केहि अवसर सृजना गरेपनि गोल गर्न सकेका थिएनन् ।
