तमराद्वारा मुस्लिम अधिकारमाथि अन्तरक्रिया

इनरुवा/तराई मधेश राष्ट्रिय अभियानद्वारा सुनसरी जिल्लाको इनरुवामा शनिवार मधेश आन्दोलनमा मुसलमान समुदायको सवालमा एक वृहत अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ ।
सो अवसरमा बोल्दै राजैतिक विश्लेषक तथा मधेश विज्ञ सिकेलाल कर्णले भन्नुभयो मधेश आन्दोलनमा केही गलत शुरुवात भएकोले अहिले केही कालका लागि अन्धकार देखिएको हो । तर यो अवस्था सधै रहादैन ।
उहााले भन्नुभयो मुसलमानहरुमा तीन प्रकारको विभेद छ । पहिलो धर्म वा मजहवको नाममा, दोस्रो मधेशीको नाममा र तेस्रो आर्थिक शोषणको रुपमा । मुसलमानहरु यी मध्ये कुनको विषयमा पहिले उभिने, उहााको प्रश्न थियो । धर्मको संघर्ष यहााको मात्र होइन यो संसारभरिकै हो । धर्मका लागि नेपालमा लडाई लडेर मात्र हुादैन, नेपालमा मुसलमानहरु मधेशी हुन् र राजनैतिक शोषणका शिकार भएका छन् । मधेशीको लडाई मुसलमानको पनि हो । यो सागसागै मिले लड्नुपर्छ । अब मुसलमानहरुले प्राथमिकता तय गर्नुपर्छ, पहिले कुन लडाई लड्ने भनेर ।
मुसलमानले विभेद र शोषणका विरुद्धको लडाई मधेशीसागै मिलेर लड्नुपर्छ । आफ्नो कुरामात्र गरेर हुादैन । सबैको कुरा गरेरमात्र राजनीतिमा स्थान बनाउनुपर्छ । मजहवी लडाई लामो जान्छ । नेपालमा भारतको गम्भीर छाप परेको छ । भारतको विभाजनपछि नेपालका मुसलमानमा पनि असर परेको छ । यो एक छुट्टै विषय हो । यसलाई अधिकारको आन्दोलनमा जोड्नु हुादैन । यसको अलग स्थान हुनुपर्दछ । तत्कालको कुरा राजनैतिक अधिकार हो । यसमा मुसलमान स्पष्ट हुनुपर्दछ । मधेश आन्दोलनल नेताको रुपमा आकाशमा धेरै तारा सीताराहरु स्थापित गर्‍यो । तर आकाशको ताराले बाटो देखाउादैन । बाटो देखाउन दीयो बाल्नै पर्छ । अहिले मधेशी पार्टीले देखाउन सकेन भने नयााले दीयो बाल्नुपर्छ ।
यसैगरी तमरा अभियानका संयोजक जय प्रकाश प्रसाद गुप्ताले भन्नुभयो, यदि सुलमान समुदायले ठान्छन्कि बिना आन्दोलन अधिकार पाइन्छ भने मुुलमान अगुवाहरुले टुंगो लगाउनुपर्छ कि कुन पक्षसाग मिलेर काम गर्दा आन्दोलन सफल शनाउन सकिन्छ । मुसलमानहरुलाई आशंका छ कि केही मधेशी दलहरु इन्डियाका विजेपीको हिन्दु एजेन्डा बोकेर हिडेका छन् । विभिन्न घट्नाक्रम र केही मधेशी दलको भरततिरको हिमचिमले गर्दा यो आशंका सत्य पनि देखिन्छ । यसको विकल्प मुसलमानहरु मधेशी राजनैतिबाट टाढा हुनु होइन । बरु यस्ताका पहिचान गरेर मुसलमान समुदायको राजनैतिक अधिकारको ऐन्डालाई आत्मसात गरेका मधेशी शक्तिसाग सहकार्य गर्नुपर्छ ।
संयोजक गुप्ताले भन्नुभयो, मुसलमान समुदायले मुसलमानहरुकै पार्टी बनाउनु उपयुक्त हुादैन । सो गर्दा मधेशमा हिन्दु र मुसलमानका बीच धु्रविकरण भई दुवै समुदायलाई नोक्सान हुन जान्छ । यसको लाभ मुसुलमानको भन्दा मधेशका हिन्दुवादी तत्वले पाउनेछन् । मधेशमा अनेकन कमल थापाहरु जन्मनेछन् । उहााले भन्नुभयो मधेशी आन्दोलनमा लाग्ने युवाहरु, क्रान्तिकारीहरुले तथ्यको आधारमा, पराना घट्नाहरुको आधारमा मधेशी दल तथा नेताहरुको पहिचान गर्न सकेन । यो मधेश आन्दोलनको सबैभन्दा कमजोर पक्ष हो । २०६९ साल जेठ २ गते
भारतका उ बेलाका राजदूत, कााग्रेस–एमाले र माओवादीसाग बसेर जुन मधेशी नेताले मधेशमा वहुप्रदेशको
संरचना स्विकारे, जो पुरै देशमा १ सय ७१ जनाको जन निर्वाचित संसद स्विकारे, जो समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको कुरा उठाएन यिनै मुद्धा विसर्जनवादीहरु अहिले मधेश आन्दोलनका कथित नेता भए । यसैको परिणाम स्वरुप यत्रो बलिदानका बाबजुद आन्दोलन तुहियो । यदि मधेशमा नयाा शक्ति बनेनन् भने अबको १७ चोटी मधेश आन्दोलन भए पनि मधेशी जनताले अधिकार पाउने छैन् । मधेशी जनताले मधेशी मोर्चाको सत्ता समर्पण तथा झुठा विसर्जनवादी चरित्रलाई बुझ्नु जरुरी छ ।
सो अवसरमा मुसलमान नेता एवम हालै संघीय समाजवादी फोरमबाट निष्किासित नेता रिजवन अन्सारी,
तमरा अभियानका नेता एवम् मुुलमान बुद्धिजीवी जफर जमाली लगायतले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया