क्षणिक प्रभावले सम्बन्ध विग्रदैन

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले विगत केही समय यता नेपाल भारतबीचको असहज अवस्थालाई संकेत गर्दै एउटा हिच्कीले प्रभावित पार्न नसक्ने बताउनुभएको छ । नेपाल–भारत बीचको सम्बन्ध क्षणिक नभएर एउटा ऐतिहासिक धरातलमा आधारित भएको समेत प्रष्ट पार्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी फागुन ७ गते देखि हुने भारत भ्रमणको पूर्व सन्ध्यामा दिल्ली पुग्नु भएका अर्थमन्त्री विष्णु पाड्यालसाग आइतबार अपरान्ह जवाहरलाल भवनमा भेटवार्ता गर्दै विदेशमन्त्री स्वराजले नेपाल भारतको सम्बन्धलाई क्षणिक प्रभाव र परिणामका आधारमा मुल्यांकन गर्न नसकिने बताउनुभएको थियो । उहााले भन्नुभयो आपसमा देखिएका समस्यालाई वार्ताको माध्यमबाट दीर्घकालीन रुपमै समाधान गर्न सकिन्छ ।
विदेशमन्त्री स्वराजसागको भेट वार्तार् पश्चात अर्थमन्त्री विष्णु पौड्याल उत्साहित भएका थिए । सो अवसरमा मन्त्री पौड्यालले नेपाल भारतको द्विपक्षीय सम्बन्धलाई नयाा सिराबाट अगाडि बढाउने विषयमा
कुराकानी भएको प्रष्ट्याएका थिए । सञ्चारकर्मीको जिज्ञासामा संक्षिप्त प्रतिक्रिया दिदै मन्त्री पौड्यालले भने नाकाबन्दीका कारण नेपालमा अप्ठेरो स्थिति सिर्जना भएको छ, अर्थतन्त्र र सामाजिक सन्तुलन विग्रिएको छ । वार्ता पश्चात नेपाल भारत सम्बन्धमा नयाा आयाम देखा पर्ने उनले विश्वास व्यक्त गरे । भेटवार्ताका क्रममा भारतले उपलब्ध
गराएको सहुलियत पूर्ण ऋण भुकम्प पछिको पुनर्निर्माण परियोजना, नियमित सहयोगका बारेमा विदेशमन्त्री
स्वराजलदाई जानकारी गराएका थिए ।
भेटवार्तामा अर्थमन्त्री पौड्यालसागै अर्थ सचिव लोकदर्शन रेग्मी, पराराष्ट्र सचिव शंकरदाश वैरागी, अर्थका सहसचिव वैकुण्ठ अर्याल, भारतका लागि नेपालका राजदूत दिपकुमार उपाध्याय, नेपालका लागि भारतीय राजदुत
रञ्जित राय, भारतको विदेश मन्त्रालयका नेपाल डेस्क प्रमुख अभय ठाकुर, नेपाली दुतावासका उपप्रमुख कृष्णप्रसाद ढकालले भेटवार्ता गर्नुभएको थियो । पछि अर्थमन्त्री पौडेलले एक्लै १५ मिनेट जति स्वराजसाग भेट गरेका थिए । विदेश मन्त्री स्वराजसागको भेटपश्चात अर्थमन्त्री पौड्यालले भारतका गृहमन्त्री राजनाथ सिंहसाग गृहमन्त्री निवासमा भेटवार्ता गरेका थिए । उहााहरुबीचको वार्ता दुई देशबीच सहजीकरणका बारेमा भएको नेपाली दुतावासका उपप्रमुख कृष्णप्रसाद ढकाललले जानकारी दिए । द्विपक्षीय हित सम्बन्धी कुराकानी पश्चात प्रधानमन्त्री केपी शर्मा ओली फागुन ७ गते देखि ६ दिनसम्म हुने भारत भ्रमणका सवालमा वार्ता भएको थियो ।
मन्त्री पौड्यालसहितको टोली प्रधानमन्त्री ओलीको भ्रमणलाई उपलब्धीमुलक बनाउने उद्देश्यले मार्ग प्रसस्त गर्न आइतबार तीनदिने भारत भ्रमणमा गएका हुन् । उनी हिजो मंगलबार स्वदेश फर्किएका छन् ।

तपाईको प्रतिक्रिया