संविधान निर्माणपछि क्यान्सरको अन्तिम रिपोर्ट लिन अमेरिका पुगेका कांग्रेस सभापति सुशील कोइरालाले नेपाली समूदायसाग भनेका थिए (अब क्यान्सर जितें ) । क्यान्सर जितेको खुसीमा लामो समय अमेरिकामै घुमफिरमा बिताएका कोइराला काठमाडौं फर्केलगत्तै महाधिवेशनमा होमिए । आफूलाई
बिरामी भएकाले आराम गर्नुपर्ने नेताहरुको दबाब प्रतिवाद गर्दै कोइरालाले केही दिनअघिमात्रै भक्तपुरमा भनेका थिए, ‘क्यान्सर जितेर आएको छु, अब म स्वस्थ्य भएको छु ।’ उनको संकेत आसन्न महाधिवेशनमा पुन: नेतृत्वको दाबी प्रष्टै थियो ।
तर, महाधिवेशनमा संस्थापन समूहका महाधिवेशन प्रतिनिधि, जिल्ला र क्षेत्रीय प्रतिनिधिले अग्रता लिइरहादा मंगलबार बिहान एक्कासी झट्का लाग्यो, ‘सुशील दा रहनुभएन ।’ दमसम्बन्धि क्रनिक अब्सट्रक्टिव पल्मुनरी डिजिज
(सीओपीडी) समस्याले एक्कासी च्यापेपछि अस्पताल लैजान नपाई कोइरालाको
महाराजगञ्जमै बिहान १२ बजेर ५० मिनेटमा निधन भएको हो ।
कोइराला परिवारको बिरासत थाम्दै १२ औं महाधिवेशनमा सभापति चुनिएका कोइरालालाई ठूलो जस चााही संविधान निर्माणको जान्छ । जुन, गिरिजाप्रसाद कोइरालाको जीवनको उत्तरार्धमा सुरु भएर थाति रहेको काम थियो ।
को हुन् कोइराला ?
विक्रम सम्बत सन् १९९६ साउन २८ गते पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा
विराटनगरमा जन्मिएका कोइराला थिए । गत २०७० माघ २७ गते मुलुको ३७ औा प्रधानमन्त्रीमा निर्वा्चित भएका कोइराला सरकारकै नेतृत्वमा गत असोज ३ गते नेपालको नयाा संविधान २०७२ जारी भएको थियो। कोइराला विपी कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई विक्रम सम्बत २०१० सालदेखि राजनीतिमा सक्रिय भएका थिए ।
२००७ सालको क्रान्तिदेखि नै राजनीतिमा संलग्न भएका कोइराला ठाकुरराम हाइस्कूल वीरगञ्जमा अध्ययनरत रहादा नै राजनीतिमा सक्रिय भएर लागेका थिए । कोइराला कांग्रेसले अंगीकार गरेको राष्ट्रियता, प्रजातान्त्र र समाजवादको आदर्श एवं नेपाली कांग्रेसका संस्थापक वी पी कोइराला लगायतका नेताहरुको व्यवहारबाट अभिप्रेरित भएर राजनीतिमा संलग्न भएका हुन् ।
२०११ सालमा पिताजी बोधप्रसाद कोइराला नवलपरासीको डि एफ ओ
रहादा भाइ अरुणसंगै पाल्पामा नेपाल छात्र संघको शाखा खोल्न कोइराला गएका थिए। ०१२ साल माघमा वीरगञ्जमा सम्पन्न नेपाली कांग्रेसको छैठौं महाधिवेशनमा सहभागी कोइराला २०१४ सालमा निर्वाचनको तिथि घोषणाको माग गर्दै देशव्यापी रुपमा भएको भऽ अवज्ञा आन्दोलनमा विराटनगरमा सहभागी समेत भएका थिए । २०१५ सालमा संसदीय निर्वाचनको प्रचार प्रसारमा नेपालगञ्जमा सक्रियतापूर्वक सहभागी भएका कोइराला २०१७ साल पौष १ गते सैन्यबलको आडमा राजाबाट निर्वा्चित सरकार अपदस्थ गरी संसद भंग गरेपछि नेता सुवर्ण समशेरलाई नेपालको राजनीतिक अवस्थाको जानकारी दिन भाइ डा.अरुण कोइराला सहित कलकत्ता प्रस्थान गएका थिए ।
राजा महेन्ऽको कोशी अञ्चल सवारी हुादा त्यसको विरोधमा भूमिगत रुपमा क्रियाशील समेत भएका कोइराला २०१७ सालदेखि २०३७ सालसम्म
भारतमा निर्वासित जिवन विताएका थिए । २०३० सालमा प्रजातान्त्रिक आन्दोलनलाई नयाा आयाम दिन गरिएको विमान अपहरण काण्डमा संलग्न र भारतमा पक्राउ परेका कोइराला ३ बर्षभन्दा बढी समय भारतका विभिन्न जेलमा जीवन विताएका थिए ।
यसैगरी २०३७ सालमा जनमत संग्रह हुनुभन्दा केही हप्ता अगाडि(बैशाख १गते) गिरिजाप्रसाद कोइरालासंगै आम माफी पाएका कोइराला २०३७ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्न सक्रिय थिए। उनी २०४२ सालको सत्याग्रहमा सक्रिय रुपमा सहभागी थिए भने २०४६ सालको जनआन्दोलनमा अग्रपडि.तमा सक्रिय । जनआन्दोलनका कार्यक्रम सञ्चालन गरी जनमत सिर्जना गर्न बर्दियामा सक्रिय रहेका बेला नेका नेता तारानाथ रानाभाटसंगै गिरफ्तार भएका थिए ।
२०५९ असोज १८ गते तात्कालिन राजा ज्ञानेन्ऽले जननिर्वा्चित सरकारलाई अपदस्थ गरेपछि नेपाली कांग्रेसको नेतृत्वमा चलेको शान्तिपूर्ण आन्दोलनमा सक्रिय कोइराला २०६१ माघ १९ गते शाही ‘कु’ भएपछि सोही दिन बााकेमा ३ महिना नजरबन्दमा परेपछि कांग्रेसको अगुवाईमा सञ्चालित ७ दलीय आन्दोलनमा सक्रिय भएका थिए। निरडकुश राजतन्त्रको विरुद्ध २०६२/६३ मा नेपाली कांग्रसको नेतृत्वमा सञ्चालित आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कोइराला प्रजातन्त्र पुनस्थापनाको आन्दोलनका क्रममा नेपाल र भारत गरी ६ बर्षभन्दा बढी जेल जिवन विताएका थिए ।
कांग्रेसको सदस्यता २०१२ सालमा लिएका कोइराला तरुण पत्रिका, नेपाली कांग्रसको आधिकारिक मुखपत्र, प्रवासकाल वनारस भारतमा सम्पादकको भूमिका समेत निभाएका थिए । पार्टी केन्ऽीय सदस्य: २०४५ साल मंसीर १३ देखि कांग्रेसको केन्ऽीय सदस्य भएका कोइराला २०४५/४६ (सन १९९० )मा विदेश विभाग प्रमुख भएका थिए । २०५३ सालमा भएको नबौा महाधिवेशनबाट महामन्त्री भएका कोइराला २०५५ साल असोज २० गते उपसभापति भएका थिए। एघारौं महाधिवेशन १३–१८ भाऽ, २०६२
(संस्थापन) र पार्टी एकीकरण पछिको कार्यसमिति २०६४ कार्यबाहक सभापतिको जिम्मेवारी सम्हालेका कोइराला बाह्रौ महाधिवेशन २०६७, १–५ असोजसम्म काठमाडौंमा भएको १२ औा महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए ।
भारतीय प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली कााग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शुशिल
कोइरालाको निधनप्रति गहिरो दु:ख व्यक्त गर्नुभएको छ ।
विदेशका मन्त्री तथा राष्ट्रप्रमुखको तर्फबाट सबैभन्दा पहिला दु:ख व्यक्त गर्नेमा भारतीय प्रधानमन्त्री मोदी हुनुभएको छ । उहाले हिजो मंगलबार विहान आफ्नो आधिरिक ट्वीटरमार्फत ट्विट गर्दे कोइराला प्रति श्रद्धाञ्जली व्यक्त गर्दै भन्नुभएको छ–
‘कोइरालाजीको सादगी जीवनबाट हामी सबैले पाठ सिक्नुपर्ने हुन्छ । उहाा नेपाली कााग्रेसको मात्र सभापति र नेता मात्र नभएर भारतको समेत एउटा शुभचिन्तक र असल मित्र हुनुहुन्थ्यो । कोइरालाको निधनले पुर्याएको अपुरणीय क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दे सम्पूर्ण कोइराला परिवार, नेपाली जनताप्रति समावेदशना व्यक्त गर्नुभएको छ ।
स्व. कोइरालाको निधनमा सोक पुस्तिका
स्व. सभापति कोइरालाको निधनप्रति नेपाली कााग्रेस धरान उपमहानगरसमिति र सुनसरी क्षेत्र नं. १ले हिजो मंगलबार पार्टीको झण्डा झुकाइ समवेदना पुस्तिका पार्टी कार्यालयमा राखेको छ ।
क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ र नगर सभापति तिलक राईको नेतृत्वमा पार्टी कार्यालय पुगेका सैयौ कार्यकर्ताले शोकपुस्तिकामा हस्ताक्षर समेत गरेका गरेका थिए ।
