नेपाली कााग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शुशिल कोइरालाप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न भारतयि विदेशमन्त्री शुष्मा स्वराज आज नेपाल आउदै हुनुहुन्छ ।
स्रोतले दिएको जानकारी अनुसार नेपाली कााग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री कोइरालाको निधनप्रति भारत सरकारले गहिरो दु: ख व्यक्त गर्दै श्रद्धाञ्जली दिन विदेशमन्त्री स्वराजलाई नेपाल पठाउने निर्णय गरेको हो । कोइरालाको मंगलबार
राति १२:५० बजे असमायिक निधन भएको थियो । उहााको शवलाई
महाराजगञ्जस्थित निवासमा मंगलबार विहान केही समय राखि पार्टीका बरिष्ठ नेताहरुले श्रद्धाञ्जली दिएका थिए । त्यसरी श्रद्धाञ्जली दिनेहरुमा नेपाली कााग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौड्याल, महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्ण सिटौला, प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतका रहेका थिए ।
महाराजगञ्ज स्थित निवासबाट उहााको शव सानेपास्थित पार्टी कार्यालयमा लगिएको थियो । काठमाण्डौ तथा जिल्लाबाट गएका कार्यकर्ताले पार्टी मुख्यालयमै पुगेर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका
थिए । त्यसपछि उहााको शवलाई आम कार्यकर्ता तथा सर्वसाधारणले श्रद्धाञ्जली दिन सहज होस् भन्ने हेतुले दरशरथ रंगशालामा राखिएको थियो । उहााको बुधबारै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने भएको छ ।
