धरान/अन्तर्राष्ट्रिय स्तरको नन्प्राक्टिसिङ्ग मेडिकल कलेज बीपी
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं दिक्षान्त समारोहमा यसपटक विभिन्न विद्याका गरी ३ सय ३१ जना विद्यार्थी दिक्षित हुने भएका छन् ।
आगामी फागुन १ गते श्रीपञ्चमीको दिन हुने दिक्षान्त समारोहमा स्नाकोत्तर कार्यक्रममा १ सय १७ जना, एमडिएमएस २०११ र २०१२ गरी ७५ जना, एमडिएस २०११ र २०१२ गरेर १२ जना, एमएस्सी ९द्यबकष्अ क्अष्भलअभ० २०१२ का ७ जना, एएस्सी नर्सिङ २०१२ का १३ जना, एमपिएच २०१३ का १० जना दिक्षित हुने प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. विक्रम श्रेष्ठले जानकारी दिनुभएको छ ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गरी प्रा.डा. श्रेष्ठले भन्नुभयो स्नातक कार्यक्रममा १ सय १४ जना, एमविएस २००६, २००८ र २००९
(मुख्य) का १ सय ६जना, विडिएस २००८ र २००९ का ३३ जना, विएस्सी एआइटीका ९ जना गरी जम्मा ३ सय ३१ जना दिक्षित हुने छन्् । प्रतिष्ठानले हालसम्म २ हजार ४ सय ३८ जना विद्यार्थीहरुलाई दिक्षित गरिसकेको छ । दिक्षान्त समारोहलाई भव्यताका साथ सम्पन्न गराउन विभिन्न उपसमिति समेत गठन गरिएको छ । विगतमा भएका केही अव्यवस्थित गतिविधिलाई व्यवस्थित गराउन गठन गरिएका उपसमितिहरुले विभिन्न क्षेत्रका प्रवुद्ध व्यक्तिहरुसाग राय, सल्लाह र परामर्श लिने कार्यसमेत गरिरहेको प्रतिष्ठानका प्रवक्ता डा. नारायण भट्टराईले जानकारी दिनुभयो ।
दिक्षान्त समारोहको अध्यक्षता प्रतिष्ठानका कुलपति प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले गर्नुहुने भएको छ भने प्रमुख अतिथिका रुपमा
भारतका के.एल.ई. विश्वविद्यालय, बेलगामी, कर्नाटाका उपकुलपति प्रा.डा. सि.के. कोकटेलाई आमन्त्रण गरिएको बताइएको छ । यस बर्ष दिक्षित हुने विद्यार्थीहरुको ग्रेस लिष्ट दिक्षान्त
समारोहको एक दिन अगाडि बस्ने प्रतिष्ठान सञ्चालक परिषद्को वैठकमा पेश गरिने र सोको अध्यक्षता प्रतिष्ठानका सह–कुलपति स्वास्थ्य मन्त्री रामजनम चौधरीले गर्नुहुने प्रवक्ता डा. भट्टराईले जानकारी दिनुभयो ।
