सुकुम्बासीहरु आधारभूत सेवासुविधाको माग गर्दे आन्दोलित

धरान/ सरकारलेसुकुम्बासीलाई खानेपानी, विद्युत, टेलिफोन जस्ता आधारभूत सेवा प्रदान गर्न प्रतिबन्ध लगाएको भन्दै सुकुम्बासीहरु आन्दोलित भएका छन् । नेपाल वसोवास वस्ती संरक्षण समाजको नेतृत्वमा आन्दोलित सुकुम्वासीहरुले पहिलो चरणमा धरानवाट जागरण अभियान सुरु गरेका छन् ।
जागरण अभियान अन्तर्गत धरानमा वृहत भेलाको आयोजान गरी उनिहरुले सरकारले आफुहरुलाई अठिवास लगाउन खोजेको आरोप लगाए । सरकारले खानेपानी, विद्युत र टेलिफोन जस्ता आधारभुत सेवामा प्रतिबन्ध लगाएर नागरिकको नैर्सगिक अधिकार हनन् गरेको वसोवास बस्ती संरक्षण समाज पूर्वाञ्चल अध्यक्षकुमार कार्कीले बताउनुभयो । उहाले विदेशी शरणर्थीले समेत पानी विजुली र टोलिफोन पाउाने भएपनि देशका नागरिकलाई बञ्चित गराउनु मानअधिकार विरुद्ध भएको बताउनुभयो । सुकुम्बासीहरुले राज्यलाई कर तिरेको भएपनि तर सरकारले सुकुम्बासीलाई दोस्रो दर्जाको नागरिक ठानेर विजुली, खानेपानी र टेलिफोन नदिने निर्णय गरेकोले आफुहरु आन्दोलित भएको उहााको भनाई छ । उहाले सरकारले निर्णय फिर्ता नलिए आफुहरु सडकमा उत्रने चेतावनी सेमत दिनुभयो । निरकंकुशता विरुद्ध सघर्ष गरेका सुकुम्वासीहरुमाथि सरकारले निरकुंश सैलीमा आधारभुत आवश्यकता खोसेको वताउदै कार्कीले अधिकार प्राप्तीको लागी जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने चेतावनी दिनुभयो ।
कार्यक्रममा बस्ती संरक्षण समाज धरानका नगर सचिव सुवास राई, समाजका ११ नम्बर वडा अध्यक्ष पुर्णबहादुर मंग्रातीलगायतले सरकारले अत्यावश्यक सेवामा सरकारले प्रतिवन्ध लगाएर नागरिकलाई अधिकारबाट बञ्चित गरेको बताएका छन् । उनिहरुले प्रतिबन्ध फुकुवा नगरे आन्दोलन चर्काउने चेतावनी दिए । प्रतिबन्ध फुकुवाको माग गर्दै तीन चरणको अन्दोलन घोषणा
गरेको सुकुम्बासी बस्ती संरक्षण समाजमा पूर्वाञ्चल अध्यक्षकुमार कार्कीले बताउनुभयो ।
सरकारले ०७० चैत १६ गते सचिवस्तरिय निर्णय गर्दै देशभरका सुकुम्बासीलाई नयााधारा, टोलिफोन र विजुली जडान गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया