६८ औं स्वतन्त्रता दिवसका अवसरमा २० एम्बुलेन्स र चार स्कुल बस प्रदान

धरान/भारतको ६८ औं स्वतन्त्रता दिवसका अवसरमा भारतीय राजदूतावास काठमाण्डौले विभिन्न सामािजक संघ, संस्था अस्पतालहरुलाई २० वटा एम्बुलेन्स र चारवटा विद्यालयलाई एक एकवटा बस प्रदान
गरेको छ ।
गत शुक्रबार दुतावासमा आयोजित विशेष समारोहकाबीच भारतीय राजदुत रन्जित रेले एम्बुलेन्स र स्कुल बसको सााचो सम्बन्धित संघ संस्था, अस्पताल तथा स्कुललाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारी, प्रवुद्ध व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, राजधानीमा बसोबास गर्नुहुने भारतीय नागरिकहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
६८ औं स्वतन्त्रता दिवस विराटनगर र धरानमा समेत भव्य रुपमा मनाइएको थियो । विराटनगरस्थित रहेको दुतावासको क्याम्प अफिसमा उद्योगी, व्यवसायी, प्रवुद्ध वर्गहरुको उपस्थितिकाबीच कार्यालय प्रमुख पिके चालिायाले झण्डोत्तलोलन गर्नुभएको थियो । सो अवसरमा द्वितीय सचिव सर्जित सिंह लगायत क्याम्प अफिससका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । यता धरानस्थित पेन्सन वितरण कार्यालयको हातामा समेत ६८ औा स्वतन्त्रता दिवस भव्य रुपमा मनाइएको थियो । कार्यालयका प्रमुख एवम् अफिस इन्चार्ज मेजर शतिस पाटिलले झण्डोत्तोलन गर्नुभएपछि बीर अमर सैनिकहरुको स्तम्भमा भावपूर्ण माल्यापण गर्नुभएको थियो । सो अवसरमा विङ्ग कमाण्डर के गुरुङ्ग लगायतका भूपू सैनिकहरुले समेत वीर अमर सैनिकहरुको स्तम्भमा माल्यापण गर्नुभएको थियो ।
अफिस इन्चार्ज मेजर शतिस पाटिल र विङ्ग कमाण्डर के गुरुङ्गले संयुक्त रुपमा भूपू म्यागेजिनको लोकापण पश्चात भारतीय राष्ट्रपति प्रवण मुखर्जीको सन्देश मेजर पाटिलले पढेर सुनाउनु भएको थियो । सो अवसरमा कोशी अञ्चल प्रहरी प्रमुख एसएसपी ज्ञानविक्रम साह, सुनसरीका प्रहरी प्रमुख एसपी समसुद आलम खाा, बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. बलभन्द्रप्रसाद दाश, धरान लगायत पूर्वाञ्चलमा बसोबास गर्ने भारतीय भूतपूर्व सैनिकहरु, स्थानीय उद्योगी, व्यवसायी, विभिन्न पेशा एवम् व्यवसाय गरी धरानमा बस्दै आउनु भएका भारतीय नागरिकहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया