नेपाली काँग्रेसको सुनसरी क्षेत्र नंं १ मा युवाहरुको वर्चश्व

धरान/गत शुक्रबार सम्पन्न सुनसरी क्षेत्र नंं. १ को निर्वाचनमा धरान उपमहानगर समितिमा जस्तै संस्थापन पक्षका युवाहरुले वर्चश्व कायम गरेका छन् ।
नगर समितिमा जस्तै क्षेत्रीय समितिमा पूरै प्यानल नै विजयी भएपछि संस्थापन पक्षका युवाहरु आगामी स्थानीय निर्वाचन र संसदको निर्वाचन कााग्रेसका लागि सहज हुने आंकलन गर्न थालेका छन् । क्षेत्रीय समितिको प्राप्त मत
परिणाम अनुसार नेपाली कााग्रेसका जुझारु युवा नेता तथा निवर्तमान क्षेत्रीय कावा सभापति सुरेशमान श्रेष्ठले आफ्ना प्रतिद्वन्द्वीलाई आधा मत अन्तरले पराजित गर्नुभएको छ । निर्वाचित क्षेत्रीय सभापति श्रेष्ठले कुल खसेको १ सय ७६ मतमध्ये १ सय १४ प्राप्त गर्नुभएको थियो उहााका प्रतिद्वन्द्वी मदन ढकालले ६० मत प्राप्त गर्नुभएको थियो ।
कााग्रेसलाई एक ढिक्का बनाएर लैजानुपर्ने मान्यता प्रारम्भ देखि नै राख्दै आउनु भएका श्रेष्ठले आफू विजयी भए तापनि आफ्ना प्रतिद्वन्द्वी ढकालको घरमा पुगेर सागसागै हिड्न आग्रह गर्नुभएको थियो । शनिवार विहान ढकालको घरमा पुग्नु भएका श्रेष्ठको आग्रह थियो पार्टीको आन्तरिक चुनावमा विजय र पराजय भन्दा पनि अबको यात्रामा साथ दिन ढकाललाई आग्रह गर्नुभएको थियो । सो
अवसरमा ढकालले भन्नुभयो निर्वाचनमा गएपछि विजय पराजय स्वीकार्नुपर्छ त्यो मैले पनि स्वीकारेको छु । तर पार्टीको पुराना हस्तीहरुलाई पनि सम्मानपूर्वक महाधिवेशन प्रतिनिधि तथा महासमितिमा ल्याउने पहल गरिनुपथ्र्यो त्यो भएन । यस
कुरामा मलाई दु:ख लागेको छ ।
यसैगरी सचिवमा श्रेष्ठ प्यानलका मुरारी भट्टराईले १ सय २५ मत प्राप्त गरेका थिए भने ढकाल प्यानलका मनोजकुमार सुब्बाले ४९, कोषाध्यक्षमा श्रेष्ठ प्यानलका सागर प्रसाईले १ सय २८ मत प्राप्त गरे भने ढकाल प्यानलका अरुण कटुवालले ४५ मत मात्र प्राप्त गरेका थिए । यसैगरी क्षेत्रीय सदस्यहरुमा मुकेश थापाले १ सय १६, महेन्द्र प्रधानले १ सय २१, धनबहादुर कटुवालले १ सय ११, भोजराज न्यौपानलेले १ सय ९, मनिता घिमिरेले १ सय ७, सपना
राईले १ सय ७ प्रेमकुमार राईले १ सय ५, ललिता अधिकारीले ९६ र नारद राईले ९२ मत ल्याई विजयी भएका थिए । यसैगरी जिल्ला सदस्यमा सबैभन्दा बढी निवर्तमान क्षेत्रीय कोषाध्यक्ष चन्द्रशेखर लामाले १ सय २४, अनिल श्रेष्ले १ सय २०, माधव घिसिङ्गले १ सय ११, गोविन्द बहादुर बस्नेतले १ सय ७ ल्याई विजयी हुनुभएको थियो । महिला सदस्यमा निलु थापा निर्वाचन अगावै सर्वसम्मत चयन हुनु भएको थियो । यस्तै महाधिवेशन प्रतिनिधिको खुल्लातर्फ निवर्तमान क्षेत्रीय सचिव सुजेन्द्र तामाङ्गले १ सय ११, उमेश थापाले १ सय ८, पर्वतकुमार
राईले ९४, निवर्तमान क्षेत्रीय सभापति चन्द्रप्रसाद श्रेष्ठले ८३, सन्तोष सापकोटाले ७६, नन्दराज राईले ७१ मत प्राप्त गरी विजयी हुनुभएको थियो । महिला आरक्षणतर्फ तरुण दलकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले १ सय, कृष्णकला मादेनले ९२, दलित
आरक्षणतर्फ सन्तोष विकले १ सय ८, जनजातितर्फबाट सुभाष राईले ९९, मधेशी मुस्लिम पिछडा वर्गबाट अनिलकुमार अग्रवाल (प्रिन्स) ले ८१ मत ल्याई विजयी हुनुभएको थियो । यिनै ११ निर्वाचित महाधिवेशन प्रतिनिधिबाट सहमतिका आधारमा उमेश थापा, सुजेन्द्र तामाङ, पर्वत राई, चन्द्रप्रसाद श्रेष्ठ र लक्ष्मी खतिवडा महासमिति सदस्यमा निर्वाचित हुनुभएको छ ।
त्र

तपाईको प्रतिक्रिया