एउटै कक्षामा पढ्छन् आमा बाबु र छोरा

कल्पना गर्नुस् त कुनै परिवारका बुवा आमा र छोराले एउटै स्कुलको एउटै कक्षामा एउटै बेन्चमा बसेर पढ्न थाले भने त्यो दृश्य कस्तो होला ? के यसरी पूरै परिवारले एउटै कक्षामा बसेर पढ्लान् त ? आखिर शिक्षाको हुटहुटीले सताएपछि र पढ्ने धोको पूरा गर्ने मन जागेपछि यस्तो हुादो रहेछ ।
भारतको पश्चिम बंगालस्थित नादियामा यस्तो भएको छ । नादियामा बस्ने मण्डल परिवारका पूरै सदस्य एउटै स्कुलको एउटै कक्षामा पढ्छन् । उनीहरु बिहान सबेरै सागै स्कुल जान्छन् । आमा, बाबु र छोरा तिनजनै आ–आफ्ना साइकलमा चढेर स्कुल ड्रेसमा जब विद्यालय जान्छन् तब देख्नेहरु अचम्म पर्छन् ।
बालाराम र कल्याणी मण्डल आफ्ना छोरासागै एउटै कक्षामा पढ्न गएको कुनै लहडबाजीमा होइन र गिनिज बुकमा नाम लेखाउन पनि होइन । बालाराम र कल्याणीको सानै उमेरमा बिहे भयो । सोही कारण उनीहरुले पढ्न पनि पाएनन् । बिहेपछि छोरा जन्मियो । जब छोरा स्कुल जान थाल्यो, उसका कापी किताब देख्दा ती बाबुआमालाई पनि पढ्ने रहर जाग्यो । आखिर उमेरलाई वास्ता नगरी दुबैजना छोरासागै स्कुलमा भर्ना भए ।
े खेतीकिसानी गर्ने बालाराम स्कुल जानका लागि बिहान छिटै उठेर खेतबारीको काम सकाउाछन् । पत्नी कल्याणी पनि बिहानै उठेर घरको कामकाज भ्याउाछिन् । घरको कामकाज सकेसागै खानपिन गरेर त्यो दम्पत्ति छोरासागै स्कुल जान्छ । स्कुलमा पनि तिनैजना एउटा कक्षामा एउटै बेच्नमा
बस्दछन् ।
अहिले यी बुवा, आमा र छोराले ११ कक्षामा पढ्दछन् । यी तिन छात्रछात्रा पूरै विद्यालयको आकर्षणको केन्ऽ बनेका छन् । उनीहरु आउादो वर्ष हुने १२ कक्षाको बोर्डको परीक्षाका लागि जोडतोडले जुटिरहेका छन् ।

तपाईको प्रतिक्रिया