गोरखा डिपार्टमेन्ट स्टोरको विस्तारित दोस्रो शाखा मोरङको पथरीमा–किचेनमा अत्याधिक भीड

धरान/आजभन्दा १७ बर्ष अगाडि भाडाको सानो कोठाबाट एउटै छतमुनि उपभोक्तालाई चाहिने सबै खाले समान सर्वसुलभ ढंगले उपलब्ध गराउने उद्देश्यले गोरखा डिपार्टमेन्ट स्टोर सञ्चालन गर्दा त्यसका सञ्चालक
बलराम आचार्यलाई धेरैले पागल समेत भन्न पछि परेनन् ।
राजधानी बाहिर पूर्वाञ्चलमै पहिलो पटक डिपार्टमेन्ट स्टोरको अवधारणाप्रति त्यसबेलाको समाज, उपभोक्ता कोहीपनि अभ्यस्त नभएकै कारण त्यसो भनेको अनुभव उहाा आज पनि सुनाउनुहुन्छ । विस्तारै डिपार्टमेन्ट स्टोरप्रति तिनै मानिसहरुको आकर्षण बढ्यो । अन्यत्र भन्दा सस्तो र सुविधा जनक ढंगले सामान उपलब्ध हुन थालेपछि भाडाको सानो कोठाबाट आफ्नै भवनबाट डिपार्टमेन्ट स्टोर सञ्चालन हुन थाल्यो । झण्डै ५ लाख भन्दा बढी उपभोग्य सामान देखि विलासिताको सामान पाउन थालेपछि उपभोक्ताको चाप ह्वत्तै बढ्यो । सञ्चालक आचार्यले उपभोक्ताको चाप र सुविधालाई ध्यानमा राखी शखा विस्तारको कार्यलाई तिब्रता दिनु भयो । यही माघ २० गते बुधबारदेखि
मोरङ्गको पथरीमा दोस्रो शाखा सञ्चलनमा आएको छ भने पहिलो शाखा मोरङ्गकै विराटचौकमा दुई बर्ष अगाडि नै सञ्चलन भइसकेको छ । अब चााडै नै झापाको दमक र धरानमा तेस्रो र चौथो शाखा सञ्चालनमा आउने सञ्चालक आचार्यले बताउनुभयो ।
खोटाङ्ग जिल्लाको दिक्तेलमा जन्मनु भएका बलराम आचार्य सानै उमेरदेखि अलि जिद्धी स्वभावको हुनुहुन्थ्यो ।
सायद परिवारमा सबै भन्दा कनिष्ट भएर पनि सबैको स्नेह, लाड प्यारले पनि उहाामा त्यो स्वभाव देखिएको हुनुपर्छ । गाउाकै विद्यालयबाट माध्यममिक तहसम्मको अध्ययन पूरा गरेपछि उहाा तत्कालीन शाही नेपाली सेनामा भर्ती हुनुभयो । त्यसै क्रममा उहाले ५ बर्ष धरान फुस्रे व्यारेकमा विताउनुभयो ।
तर विस्तारै उहाालाई व्यापार व्यवसायप्रति रुचि बढ्दै गयो र सेनाको जागिर छोडेर उहाा आसाम पुग्नुभयो । उहााले त्यहाा रहादा कुयंर (उखु) खेति थाल्नुभयो । स्थानीय आदिवासीसाग घुलमिल हुदैजाादा उहााको कुयर खेतिसागै समाजसेवामा समेत रुचि बढ्दै गयो । अनपढ, जंगली स्वभावका आदिवासीबीच उहाा लोकप्रिय बन्नुभयो । पछि उहाा मलेरियाबाट थलिएपछि आÏनै माइलो दाई धर्मराज आचार्यले मोरङ्गको केरौनस्थित घरमा ल्याउनुभयो । आसाममा उहााले छाडेको ठाउालाई त्यहााका आदिवासीले आज बलराम ग्राम बनाएका छन् । अर्थात उहााकै नामबाट गाउाको नामाकरण गरिएको छ ।
मोरङ्गको जहदामा रहादा उहााले केही समय खेतिपाति गर्नुभयो । तर त्यसले उहाालाई सन्तुष्टि दिन सकेन । व्यापार गर्छु भनेर जिद्धी गरेपछि भारतीय सेनामा रहनु भएका दाई धर्मराज आचार्यले रु २ सय ५० दिनुभयो, त्यसैबाट उहााले गाउामै किराना पसलसागै,धान, पटुवा खरिद विक्री थानुभयो । पटुवामा एक्कासी खरिद गरेको मूल्यभन्दा ज्यादा नै तेजी आएपछि थप व्यवसाय गर्न उहाा हौसिनुभयो । त्यसैक्रममा उहााले एउटा ट्रक किनेर आफै चलाउनुभयो , ६ महिनापश्चात ट्रक दुर्घटनामा पर्‍यो र उहाा स्वयम् घाइते हुनुभयो । व्यापार व्यवसायकै निमित उहाा इटहरी आइपुग्नुभयो र किराना पसल सञ्चालन गर्न थाल्नुभयो । सानातिना कुरामा नअल्मलिने र आगाडिको सोच बनाउने आचार्यलाई सााघुरो किराना पसलले सन्तुष्टि दिन सकेन । फलत: २०५६ साल असार २ गते उहााले हालको इटहरीस्थित डिपार्टमेन्ट स्टोरको दक्षिणमा गोरखा डिपार्टमेन्ट स्टोर सञ्चालन गर्नुभयो । आज पूर्वका प्रमुख सहरहरुमा यसका शाखाहरु धमाधम विस्तार भइरहेको छ ।
गोरखा डिपार्टमेन्ट स्टोर पथरीमा पुग्दा धरानका केवी लिम्बु आफ्ना साथीसाग रमणीय दृश्य अवलोकन गर्दै खाना खाइरहनु भएको थियो । काम विशेषले धरान–पथरी आइजाइ गरिहनुपर्ने लिम्बुले भन्नुभयो पथरीमा खाना, नास्ता तथा अन्य परिकारको स्वाद लिने
राम्रो ठाउा पनि थिएन । अबचाहिा ढुक्क भएको छु ।
लिम्बुजस्तै शनिश्चरेबाट साथी र परिवारसागै आएकी संगीता राई बल्गर खादै थिइन् । मोटो शरीर भएकी उनलाई चौथो तलामा पुग्न हम्मे हम्मे पथ्र्यो । तर लिÏटको व्यवस्था भएकोले उनी साथी र परिवारसाग फुरुङ्ग थिइन् । पथरी डिपार्टमेन्ट स्टोरका सुपर भाइजर खेम खत्री भन्ुहुन्छ छोटो समयमा ग्राहकहरुले अत्याधिक माया दर्शाउनु भएको छ । उदघाटनका समयमा जसरी ग्राहकहरु आउनु भएको थियो त्यस्तै देखिएको छ ।
अत्यन्तै सफा, स्वादिष्ट खाना, सम्पूर्ण पथरी र उत्तरतर्फको घना जंगलको अवलोकन गर्दै खानुको मज्जा नै बेग्लै हुदोरहेछ सोमबार किचनमा भेटिएकी जातेकी कल्पना मगरले भनिन् । गोरखा डिपार्टमेन्ट स्टोरले आफ्नो मुख्यालयमा मात्र हैन विस्तारित सबै शाखामा किचेनको व्यवस्था गर्ने नीति अनुरुप पथरी शाखामा पनि किचेनको व्यवस्था गरेको हो । पचास रुपैयामा सादा खाना र ९० रुपयाामा चिकेन खाना पथरी गोरखा डिपार्टमेन्ट स्टोरमा पनि लागू भएको छ । सुपर भाइजर खत्रीका अनुसार खाना, मम, चाउमिन, बेकरी आइटम, पिजा, बल्गर चिया, कफी, चिकेन विर्यानी, फ्राइ राइस, मटन विर्यानी, नेपाली थाली, नेपाली स्पेशल थाली, चाइनिज सुपका आइटम लगायत दर्जनौ परिकारका स्वाद ग्राहकहरुले यहााबाट लिन सक्छन् ।
आजभन्दा १७ बर्ष अगाडि पूर्वाञ्चलमै पहिलो पटक पूर्वकै व्यवसायिक केन्द्र इटहरीस्थित स्थापना भएको गोरखा डिपार्टमेन्ट स्टोरको तेस्रो शाखा मोरङ्गको पथरीबाट सञ्चालनमा आएको छ । मोरङ्गको नवघोषित पथरी शनिश्चरे नगरपालिकाको शनिश्चरे रोडसागै रहेको सुविधा सम्पन्न ५ तले भवनबाट डिपार्टमेन्ट स्टोरले आÏनो कारोबार शुरु गरेको छ ।
झण्डै पााचलाख प्रकारका सामान पथरी पिार्टमैन्ट स्टोरमा रहेका छन् । अत्यन्तै घना बस्ती र तिब्र गतिमा विस्तार हुादै गएको व्यवस्थित सहर पथरीमा डिपार्टमेन्ट स्टोर सञ्चालनमा आएपछि स्थानीय बासिन्दाहरु हर्षित भएका छन् । उनीहरु हर्षित हनुको प्रमुख कारण केलाउदै स्टोरका सुपरभाइजर खेम खत्री भन्नुहुन्छ, पहिलो त स्थानीय बासिन्दाले नै यहाा प्रत्यक्ष र परोक्ष रुपमा रोजगारी पाएका छन् । दोसो कुरा डिपार्टमेन्ट स्टोर एउटा उद्योगकै रुपमा रहेकोले पथरी बजार अझ बृद्धि हुादै जाने र तेस्रो पक्ष अब कुनै पनि सामान खरिद गर्न पथरी लगायत आसपासका उपभोक्ताले अन्यत्र जानु नपर्ने । देश विदेशका सम्पूर्ण सामान अब उचित मूल्यमा पथरीमै उपलब्ध हुने भएपछि स्थानीयहरु हर्षित भएको डिपार्टमेन्ट स्टोरका म्यानेजर श्रीप्रसाद गौतम बताउनुहुन्छ ।
पूर्वा पश्चिम महेन्द्र राजमार्गसागैको अत्यन्तै व्यस्त स्थानम एक कट्टा जग्गामा निर्माण भएको पााच तले भवनको भुइा तलामा अर्थात ग्राउण्ड Ïलोरमा बेकरी तथा कोल्डड्रिंग्स, खाद्यान्न तथा पेय पदार्थ रहेको छ । पहिलो तलामा कस्मेटिक, गिÏट हाइटम, किचन वायर, इलेक्ट्रोनिक्स सामान रहेका छन् ।
यसैगरी दोस्रो तलामा ब्राण्डेड जुत्ता चप्पल, ब्लांकेट, गलैचा, रेडिमेट कपडा, सर्टिङ्गसुटिङ कपडा, तेस्रो तलामा किड्स कलेक्सन अर्थात बच्चाका लागि चाहिने स्वदेशी तथा विदेशीसामान र चाथे तलामा गोरखा किचेन रहेको छ ।
पथरीस्थित गोरखा डिपार्टमेन्ट
स्टोरमा हाल ७० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । यसमा ९० प्रतिशत महिलाहरु मात्र रहेका छन् । १७ बर्ष अगाडि १४ जना कर्मचारीबाट शुरु भएको डिपार्टमेन्ट स्टाृेरको मुख्यालय इटहरीमा चारसय भन्दा बढीले
रोजगारी पाएका छन् भने विराटचौकमा ५० जनाले रोजगारी पाएका छन् । पथरी शाखाको समुद्घाटन नेपाली सेनाका पूर्वी पृतना मुख्यालय इटहरीका पृतनापति हरिबहादुर बस्नेतले गर्नुभएको थियो । गोरखा डिपार्टमेन्ट स्टोरको शाखा
विस्तारका क्रममा पृतनापति हरिबहादुर बस्नेत, पूर्वाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष टंक दुलाल, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष जसकुमार तामाङ्ग लगायतले गोरखा डिपार्टमेन्ट स्टोरले उपभेक्तामा पुर्‍याएको सुविाधाप्रति प्रशंसा गर्नुभएको थियो । उद्घाटन
समारोहमा पकलीस्थित सशस्त्र बराह बाहिनी गणका प्रमुख डिआइजी, कोशी अञ्चल प्रहरी प्रमुख, उद्योग वाणिज्य संघ इटहरीका उपाध्यक्ष भीम पौड्याल, सञ्चारकर्मी, पूर्वका उद्योगी व्यवसायीलगायतका उपस्थिति रहेके थियो । सो अवसरमा बोल्दै डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्यले कार्यरत कर्मचारीले खुनलाई पसिनामा बदलेर काम गरेकै कारण आज यहाासम्म आइपुगेको भन्दै कर्मचारीहरुको प्रशंसा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया