बसन्तराज भट्टराई
धरान–८, बरगाछी
महाधिवेशन भनेको के हो ? हामीहरुले हिजोका दिनहरुमा देखेको नेै महाधीवेशन हो त ? यदि यसैलाई नेपाली काग्रेशको १३ औं महाधीवेशन भनिन्छ भने मेरो कलमलाई यो स्वीकार छैन । किनभने पार्टीका नयाा कार्यक्रमहरुको तर्जुमागर्ने, नितीनियमहरुलाई लागुगर्ने पार्टी भित्र कार्यकर्ताहरुको हक र हितमा प्रस्तावल्याई पारित गराउने, जनतालाई सक्षम सुलभ र आत्मजीवी बनाउनेखालका कुराहरु यसै महाधीवेशनबाट स्वीकृत हुन्छन् । किन्तु हाम्रो महाधिवेशन नेतृत्वको तिर्सनामा उभिएको देखियो । पैसाको खरिद विक्रिमा सारा महाधिवेशनको ढााडै भााचियो । ईतिहाास बोकेर उभिएका संस्थापनकालका शक्तिहरुलाई थाङ्नामाा नै सुताइयो । वास्तवमा २०३९ सालमा विपीसंगै पार्टीको अस्तित्व पनि सति गएको यस १३ औं महाधीवेशनले सिद्ध गर्यो । यस क्षेत्रको ईतिहाास र वर्तमान भनी चिनिने आनन्द आचर्य गिरिराज आचार्य, हरिनाथ बास्तोला, विनोद राई, भीष्म काफ्ले, मदन ढकाल, मनोहर सुब्बा, चन्द्र कुमार नेपाल, विनोद नेपाल, किशोर राई, डा. भण्डारी, पुर्ण सुवेदी, बलराम थापा, नरेन्द्र पुमा राम तामाङ, अजय राई, धन बा. राई जस्ता धेरै ब्यक्तिहरुलाई ओझेलमा पार्दै महाधिवेशन अघि बढ्यो । हुन त राजनितीका प्रमुख अस्त्रहरुको रुपमा साम, दाम, दण्ड र भेद पर्दछन् । ती सवैको प्रयोग संस्थापनपक्षले गर्यो र विजय पनि भयो । साथै यस महाधिवेशनले पार्टर्ीमा समय दिएका , सक्रिय भै लागेका अनि अविच्छिन्नरुपमा पार्टीको मुल्य मान्यता र अस्तित्वको लागि समुच्च जीवन खर्चिएका व्यक्तिहरुलाई तगारो लगाउने कार्य गर्यो । तिमीहरुसंग विपी र विपीको समाजवाद होला किन्तु त्यसबाट तिमीहरुले यो १३ औं महाधीवेशन जित्दैनौंभन्ने शिक्षापनि यस महाधिवेशनले दिएर गयो । स्मरण रहोस पाठकवृन्दहरु हो ! यसै पार्टीबाट सन्तनेता कीशुनजी र यूगनायक गणेशमानसिंह रुंदै निक्लेका हुन् । त्यसैले त्यो आाशुले कहीं न कहीं त काग्रेशीहरुलाई पिर्छ(पिर्छ ।फेरि अबको नेपाली काग्रेश पार्टीमा सिद्धान्त, विचार, आस्था र भावना जस्ता कुराहरु समाप्त भै सकेका छन् । त्यसैले आफ्नो समुच्च जीवन पार्टर्ीमा खर्चिएको, जेल, नेल भएको, संगठन गरेको जस्ता पक्षहरुलाई आजको काग्रेशले मुल्याङ्कन नै गर्दैन । अत: विपी र विपीका समाजवाद भन्दा धेरै पर रहेको यस काग्रेशले क्षणिक स्वार्थमा संस्थालाई घिस्याउने कार्य मात्र गर्नेछ । कमिशनखोरी, जग्गादलाली, ठेक्कापट्टा, पुलिसप्रसाशन जस्ता कार्यमा लाभान्वित हुनेखालका संस्कार मात्र देखाउने छ । पैसा र सत्तामा लिप्त यस काग्रेशले पुरानो पंचायति शैलीलाई नै दोहोराउने कार्य गर्नेछ ।
नेपाली काग्रेश वामपन्थीशैली र उग्र दक्षिणपन्थी सोचदेखि पृथक संस्था हो । त्यसैले यस पार्टीलाई संरक्षण र संवर्धनगर्दै यहाासम्म ल्याउादा विपी, गणेशमानसिंह, कीशुनजी, सुवर्णशम्शेर,सीके प्रसाई, शैलाजा आचार्य जस्ता नेताहरुले धेरै नै चीज गुमाउनु पर्यो । हज्जारौं हज्जार नेपाली सपूतहरुले शहीद हुनुपर्यो । आजपनि त्यस चारतारेमा हामीहरुले त्यो भावना अनुभूति गर्नसक्छौं । किन्तु यी सब आदर्शका कुराहरुको गोरुबेचेको साईनो पनि छैन, आजका काग्रशीहरुलाई । यति दयानिय र कंगाल भैसकेको छ कि बरु आइसलैण्डमा राम्रो खोजेमा सर्प भेटिएलान किन्तु यस पार्टीभित्र जतिसुकै चालेपनि संस्थाको मूल्य मान्यता अब फेला पर्नेवाला छैन । साथै विपी कीसुनजी र गणेशमान पुन : नेपालमा जन्म लिएको खण्डमा यीनीहरु नेपाली काग्रेशमा लाग्ने छैनन् । यो चााही निश्चित कुरा हो । आफ्नो मुल्य मान्यता, अस्तित्व, परम्परा, अनुसासन, मर्यादा र आफ्नो क्रान्तीकारी चरित्रलाई समाप्त गरि नेतुत्व पंक्तिमा जाने पदलोलुप्तताले गर्दा संस्थाको छवी नै ध्वस्त बनेको छ । निश्चय पनि नेपाली काग्रेशले आफ्नो वैचारिक अवधारणा अनुरुप सत्ताप्राप्तीको आकांक्षा राख्नु ठूलो कुरा होईन । किन्तु आफ्नो पार्टीभित्र यस गाईजात्रे यथास्थिति प्रवृतिलाई कुन नाम दिने त ? आज मुलुकमा प्रजातन्त्र आएको २६ वर्ष वितिसक्दापनि पार्टीभित्र संस्थागत अभ्यासको संस्कार आउन नसक्नु भनेको संस्थाको दुर्भाग्यको विषय मान्नु पर्छ । सारा पार्टीका कार्यकर्ताहरुको धारणा नेतृत्व पंक्तिमा पुग्ने र सत्तालिप्साको सेरोफेरोमा घुम्ने भएकोले यस पार्टी कहाा पुगेर दुर्घटित हुन्छ त्यो कसैले पनि सोच्न सक्दैन । साथै यस गाईजात्रे महाधिवेशनको हृदय विदारक यात्रालाई नेपाली काग्रेशको सबैभन्दा नृह एंव कमजोर कालखण्ड घोषितगरी युवानेता विनोद कुमार राई सम्पुर्ण योद्धाहरु सामुन्ने असहयोग आन्दोलनको घोषणा गर्न
पुग्छन् ।
