धरान/ पछिल्लो समयमा क्रिकिस्थान पठाइदिन्छु भन्दै ठगी गर्ने गिरोह सक्रिय भएको पाइएको छ ।
५ महिना अगाडि वैदेशिक
रोजगारमा गएकीे आफ्नो छोरीको खोजी गरिदिन पीडित भोजपुरकी एक महिलाले सबैसंग आग्रह गरेबाट ग्रामीण क्षेत्रमा यस्ता ठगी गर्ने गिरोह सल्बलाएको प्रष्ट हुन्छ ।
गत असोजमा मिराकल मेनपावर प्रा.लि.का सञ्चालक बताउने बमबहादुर गुरुङले दुवई जान हिडेकी हसनपुर ४ की १९ बर्षीया मनिषा राईलाई क्रिकिस्थान दुवईभन्दा राम्रो हुन्छ भन्दै त्यसतर्फ पठाएपछि अहिले विचल्ली अवस्थामा परेपछि आमा तारा राईले आफ्नी छोरीका सकुसल खोजी गरिदिन सरोकारवालाहरुसाग समेत माग गर्नुभएको छ । २ बर्षमा ११ लाख रुपैया कमाई हुन्छ भन्दै भारतको बाटो भएर अवैधानिक रुपमा क्रिकिस्थान पुगेकी मनिषा अहिले रोजगार समेत नपाई साथीको कोठामा शरण लिएर बसेको टेलिफोनमार्फत आफूलाई छोरीले बताएको आमा तारा
राईले बताउनुभयो ।
यस बीचमा एजेन्ड गुरुङसंग चार दिन अगाडि भेट गर्दा मनिषालाई क्रिकिस्थानबाट नेपाल ल्याउन ५ लाख रुपैया लाग्ने एजेन्ड गुरुङले भन्ने गरेपनि आफूसंग त्यति धेरै रकम नभएकोले चाडो छोरीलाई झिकाइदिन आग्रह गरेको बताउनुभयो ।
उहाले पौरखी नेपालमा समेत आफ्नो छोरीलाई सकुसल झिकाउन पहल गरिदिन निवेदन समेत दिनुभएको छ । यस्तै गिरोहहरु अहिले ग्रामीण भेगमा छ्यासछ्यास्ती पाइएको पौरखी नेपालकी अध्यक्ष चेतना सेरेङले जानकारी दिनुभयो । उहाले दैनिक ५ देखि ६ जना महिला इराक, क्रिकिस्थान पठाइदिन्छु भन्दै ठगी गर्ने गिरोह सक्रिय भएको बताउनुभयो । उहाले यसअघि पनि क्रिकिस्थान गएका सुनसरीकै तीन जनाको उद्धार गरेको र जान लागेका ५ जनाको उद्धार गरेको बताउनुभयो । पठाउने व्यक्तिहरुले नभएको मेनपावरको परिचयपत्र दिने गरेको पाइएको छ । हाल पठाएको भनिएको मेनपावर मिराकल म्यान पावर समेत काठमाण्डौमा नभएको हुनसक्ने खाली ठगिने नियतले समेत परिचय पत्र बनाएका हुनसक्ने आशंका ठगिएका परिवारले गरेका छन् ।
यस सम्बन्धमा मिराकल मेनपावर प्रा.लिका सञ्चालकको फोन नं. ९८४४४७३१६५ मा फोन गर्दा एक महिलाले फोन उठाउने गरेकी छन् । नाम नबताउने ती महिलाले फोन नम्बर बमबहादुर गुरुङकै भएकोले अहिले बाहिर जानुभएको आएपछि खबर गरिदिन्छु भन्ने गरेकी छन् । फोन सम्पर्कमा ती महिलाले गुरुङको कुनै म्यान पावर नभएका जवाफ दिने गरेकी छन् ।
