भारले नाकाबन्दी गरेको भन्दै वर्तमान केपी शर्मा ओलीको सरकारले चीन र बंगलादेशसाग गर्ने भनिएको इन्धन र अन्य सम्झौता अन्यौलमा परेको छ ।
मुलुकमा चरम इन्धन संकट विकल्पको रुपमा आपूर्ति मन्त्रालय र आयल निगमले पेट्रोल चाइना र वंगलादेश आयल कर्पोरेशनबाट तत्काल इन्धन ल्याउने गरी वार्ता प्रक्रिया अगाडि बढाएका थिए ।
नेपाली प्रतिनिधि मण्डलले चीनको पेट्रो चाइनसाग दुई दुई पटकसम्म उच्च स्तरीय वार्ता गरेको थियो । वंगलादेशसाग पनि वंगलादेशमै पुगेर वार्ता गरेको थियो । तर केही दिनदेखि इन्धन आपूर्ति केही सहज भएपछि दुवै मुलुकसागको वार्ता प्रक्रिया अन्यौलमा परेको सरकारी स्रोतले जनाएको छ । तत्कालीन समस्या समाधानका लागि चीनले नेपाललाई १० लाख लिटर पेट्रोल अनुदानमा दिएको थियो । अनुदानमा दिएको पेट्रोल समेत उपभोक्तालाई बिक्री गरेको निगमले अहिलेसम्म बजारमा सहज आपूर्ति गर्त सकेको छैन ।
भौगोलिक कठिनाइका बाबजुद भौतिक तथा योजना मन्त्री विजयकुमार गच्छदार र अर्थमन्त्रीले चीनसागको विभिन्न नाकाको अवलोकन गरेका थिए । चीन र वंगलादेशको भ्रमणमा मात्रै सरकारी प्रतिनिधिले करोडौ रुपैया खर्च गरे पनि उपलब्धी केही पनि हासिल हुन सकेको छैन । भारतीय नाकाबन्दी खोल्न प्रभावकारी कदम चाल्न नसक्नु तथा वंगलादेश र चीनसाग सम्झौता हुन नसक्दा नेपालको कुटनीतिक छवि विग्रएको परराष्ट्रविद बताउाछन् । नेपालले आपत पर्दामात्र चीनको सहायता खोज्ने गरेकाले अहिले समस्या बल्झिएको विज्ञले आरोप लगाएका छन् ।
त्र
