नेपाली कााग्रेसको १३ औं महाधिवेशन लक्षित माघ १५ गते देशैभरि भएको वडा, गाउा र वडा, नगरको निर्वाचन परिणामले संस्थापनपक्ष अत्यन्तै बलियो देखिएको छ ।
मुलुकभरिबाट प्राप्त परिणामले प्रजातान्त्रिक भनेर चिनिएका अनुहारहरु नराम्रोसाग पराजित भएका छन् । पार्टी समायोजन हुादा ६० र ४० को भागबण्डा अब वडा र गाउादेखि निमिट्यान्न भएका छन् । पार्टीको नाम एउटै भएपनि भागबण्डाको कारण पार्टी संगठनमा देखिएको
अराजक प्रवृत्तिले निकास पाएको इमानदार, जुझारु कार्यकर्ताको ठम्याई छ ।
गाउा र नगर अधिवेशनले पार्टीभित्र सुद्धिकरण गरेको आम कार्यकर्ताको बुझाई छ । ६० र ४० को भागबण्डामा पद धारण
गरी पार्टीलाई क्षति पुग्ने गतविधिमा संलग्नहरु तल्लो इकाईबाटै फालिएका छन् । पार्टीभित्रकै भागबण्डाका कारण संस्थापन र पछि समायोजन हुन आएको देउवा पक्षका बीचमा प्रतिष्पर्धी पार्टीभित्र झै व्यवहार हुने गरेको थियो । एकले अर्कोको मानमर्दन गनेर्, सकभर
राजनैतिक रुपले नै सिध्याउने, एक आपसकै अश्लिल गाली गलौजमा उत्रने, आÏनो खेमाका नेता आउादा अर्को पक्षकालाई आसन ग्रहरण र मञ्चसम्म उपलब्ध नगराउने, आफूमात्र ठीक अर्को खेमा बेठीक भनेर डंका पिछाउने प्रवृत्तिले पराकाष्ठ नाघेको थियो ।
स्थानीय स्तरको निर्वाचनले पछि समायोजन हुन आएको देवा पक्षीय खेमा अर्थात प्रजातान्त्रिक खेमा राजनैतिक रुपले संकटमा
परेको छ । आफूलाई पुराना हौ भन्ने र पुरानासमेत रहेका तर देउवा पक्षमा लागेकाहरु प्रतिष्पर्धाबाट पूर्ण रुपमा पराजित भएको छ । वडा स्तरबाटै उनीहरु पराजित भएपछि अब पार्टीमा सुद्धिकरण हुने धेरैको अनुमान छ । वडा र गाउाको निर्वाचन पश्चात अब प्रजातान्त्रिकको केन्द्रीय नेतृत्व समेत विचलित हुने अवस्था सिर्जना भएको छ । माघ १५ गते भएको स्थानीय स्तरको निर्वाचनमा नगन्य मात्रामा प्रजातान्त्रिक समूहहरु क्षेत्रीय प्रतिनिधिका रुपमा निर्वाचित भएका छन् । त्यो पनि संस्थापन पक्षकै दया र सहानुभूतिले । माघ २२ गते हुने क्षेत्रको निर्वाचनमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुमा प्रजातान्त्रिक खेमाबाट निर्वाचित हुनेहरुको अहिल्यै आंकलन गर्न सकिन्छ ।
एकपटक पार्टी छोडेर हिडेकाहरु केही समय पछि पुन: पार्टीमा फर्किएकाहरु गाउा र नगर निर्वाचनमा पाखा लागेका छन् । आखिरी उनीहरु किन पाखा लागे त भन्ने सवालमा कार्यकर्ताको आफ्नै अनुभव र मुल्यांकन रहेको छ । पार्टी छाड्नेहरु अधिकांश अवसरवादी चरित्रका भएका लामो समय पार्टीमा योगदान गर्न नसक्ने, तुरुन्त फाइदाको ध्येयले पार्टीमा आएकाहरु नै रहेका छन् । जे होस् स्थानीय स्तरको निर्वाचनले केन्द्रीय नेतृत्व चयनमा समेत ठूलो प्रभाव पर्ने भएको छ । केन्द्रीय नेतृत्वका लागि हाल पार्टी सभापति सुशिल
कोइराला, रामचन्द्र पौड्याल र शेरबहादुर देउवाले आफ्नो उमेद्वारी घोषणा गरिसकेका छन् । यसमध्ये सुशिल कोइराला पक्षधर (अर्थात संस्थापन पक्षको नेतृत्व गरिरहनु भएका) नै बलियो देखिएको छ । पार्टीमा व्यत्तिका गुट, उपगुट देखिन स्वभाविक हो । नेपालका हरेक पार्टीमा यो प्रवृत्ति छ तर नेपाली कााग्रेसमा गुट उपगुटमात्र नभएर संस्थापन र प्रजातान्त्रिकको धारका कारण पार्टी नै धरासायी बन्ने अवस्थामा पुगेको यथार्थलाई तल्लो स्तरदेखि नै कार्यकर्ताले यसलाई चिर्ने प्रयास गरेका छन् । अब संस्थापन पक्ष एउटा कुरामा सचेत हुनैपर्छ त्यो के भने आगामी दिनमा पार्टीभित्र बसी विषवमन गर्ने, फुट सिर्जना गर्नेहरुलाई सदाका लागि पाखा लगाउनै पर्छ । नेपाली कााग्रेसभित्र यतिमात्र सुद्धिकरण हुने हो भने कााग्रेसलाई कुनैपनि शक्तिले हराउन सक्दैन ।
