धरान/नेपाली कााग्रेसको आसन्न १३ औं महाधिवेशन अन्तर्गत शुक्रबार भएको धरान उपमहानगरपालिकाको वडा र नगर निर्वाचनमा यसपटक संस्थापन पक्षका सबै भारी बहुमतले विजयी भएका छन् ।
कााग्रेसको बाह्रौ महाधिवेशन अन्तर्गत भएको नगर निर्वाचनमा झिनो मतले पराजित भएका संस्थापन पक्षका तिलक राईले यसपटक आÏना प्रतिद्वन्द्वीलाई कुल खसेको मत भन्दा दोब्बर मतले पराजित गरेका छन् । सभापतिका प्रत्यासी तिलक राईले मात्र हैन उनका सबै प्यानलले आÏना प्रतिद्वन्द्वीलाई भारी मतले उछिनेपछि धरानको कााग्रेसी राजनीतिको समीकरण नै परिवर्तन भएको छ ।
संस्थापन र प्रजातान्त्रिक खेमाका आ–आÏनो प्यानल नै खडा गरी धरान उपमहानगर समितिको निर्वाचनमा होमिएका थिए । शुक्रबार भएको निर्वाचनमा संस्थापन पक्षका तिलक राईले कुल खसेको २ हजार ५ सय २६ मत मध्ये १६०७ मत प्राप्त गरेका थिए भने देववा समूह भनेर चिनिएका वर्तमान सभापति किशोर राईले ८ सय ३६ मत मात्र प्राप्त गरेका थिए । यसैगरी सचिवमा संस्थापन पक्षका श्याम पोख्रेलले १६७३ मत प्राप्त गरेका थिए भने देउवा समूहका प्रदिप शाक्यले ७०९ मत प्राप्त गरेका थिए । उता कोषाध्यक्षमा संस्थापन पक्षका सुवर्ण श्रेष्ठले १७३२ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी शोभा बराइलीले ६३१ मत प्राप्त गरेकी थिइन् । यसैगरी संस्थापन पक्षबाट दलित
आरक्षणको कोटाबाट कमला विकले १५०३, काजी बहादुर नेपालीले ६७५ गोविन्द दर्नालले १३०४, गोपीधन विकले ६८८, मधेशी मुस्लिमबाट अलिम अन्सारीले १४९३, किरण अग्रवालले १४५७ मत ल्याएका थिए भने बलवन्त ठाकुरले ७२३ र सिसाम्बर झाले ८८५, आदिवासी जनजातिबाट डा. गोविन्द सुब्बाले १५९९, द्वारिकानाथ श्रेष्ठले १४५१ मत ल्याएका थिए भने अशोक
राईले ६६२ र चन्द्रसुन्दर खेवाङ्गले ६५२ मत ल्याइ पराजित भएका थिए ।
यसैगरी नगर सदस्यहरुमा संस्थापन पक्षका महेन्द्र तामाङ्गले १६०१, सन्तोष लिम्बुले १६१७, मञ्जिल कसजुले १६२३, नविन रेग्मीले १६८६, सविना ढुंगेलले १५३८, युवराज शंकरले १५२४, पञ्चकला राईले १६७८ र सुमन महर्जनले १६६० मत प्राप्त गर्नुभएको थियो । उहााहरुका प्रतिद्वन्द्वी अर्थात देउवा समूहका सरस्वती बस्नेतले ६९९, कमल शंकरले ७३४, कुमारबहादुर मोक्तानले ६९१, गाणेश कार्कीले ६९३, गोपाल कार्कीले ८०२, विजय अछामीले ७१८, मनोज शाक्यले ८७७ मत प्राप्त गर्नुभएको थियो । धरान उपमहानगरका वडा सभापतिहरुमा पनि संस्थापन पक्षकै वर्चस्व देखिएको छ । वडा नं. १ मा यज्ञमणि आचार्य, २ मा छत्र श्रेष्ठ, ३ मा राजिव ताम्राकार, ४ मा इश्वरी
रेग्मी, ५ मा राजु थापा, ६ मा सुधिरसिंह लिम्बु, ७ मा समर वमजन, ८ मा उत्तम राई, ९ मा रुपेश आचार्य, १० मा डम्बर लिम्बु, ११ मा लोकेन्द्र फागु, १२ मा विनोद थापा, १३ मा डम्बर तामाङ्ग, १४ मा सीता पौडेल, १५ गणेश सुब्बा, १६ मा दिलिप भण्डारी, १७ मा पुष्पा राई, १८ मा नवराज श्रेष्ठ, १९ मा जितेन्द्र राई, २० मा दिपकुुमार लिम्बु, २१ मा कुमार देवान, २२ मा नविन राई र २३ मा पदम पौड्याल निर्वाचत भएका छन् । यस्तै वडा नं. २४ मा राजकुमार लिम्बु, २५ मा देवेन्द्र राई, २६ मा राजकुमार तामाङ्ग र २७ मा लक्ष्मीराम कार्की निर्वाचित हुनुभएको छ ।
सुनसरी क्षेत्र नं. १ मा सिंगो
धरान उपमहानगर समितिमात्र रहेको छ । यसमा २७ वडा मध्ये वडा नं. २४, २५, २६ र २७ क्षेत्र नं. ६ मा पर्ने भएकोले यही माघ २२ गते हुने क्षेत्रीय निर्वाचन, महाधिवेशन र महासमिति छनौटमा यहााबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरुले क्षेत्र नं. ६ मा मतदान गर्ने भएका छन् । क्षेत्र नं. १ मा कुल क्षेत्रीय प्रतिनिधिको संख्या १ सय ८० रहेको छ । क्षेत्रीय प्रतिनिधिमा समेत संस्थापन पक्ष नै बलियो देखिएकोले क्षेत्रीय सभापतिमा समेत संस्थापन पक्षकै उमेद्वार विजयी हुने सुनिश्चित देखिएको छ । क्षेत्र नं. १ बाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरुमा धरान उपमहानगर समिति वडा नं. १ बाट सागर प्रसाई, जयप्रकाश शर्मा, युनेश राना, सरोज आचार्य, योगेश थपलिया, महिलाबाट सरस्वती ढकाल, अनिता पलिखे, वडा नं. २ बाट निलम श्रेष्ठ, अनिल श्रेष्ठ, विशाल श्रेष्ठ, गोकुलमणि बराल, महिला प्रतिनिधिमा किशन राई, वडा नं. ३ बाट सुरेन्द्र श्रेष्ठ, विद्या शाक्य, सुरेन्द्र श्रेष्ठ, विजय श्रेष्ठ, महिला प्रतिनिधिमा पार्वती तमा्रकार, वडा नं. ४ मा विकास आचार्य, मदन ढकाल, रोशन रेग्मी,
रोशन अधिकारी, महिला प्रतिनिधिमा उमा वास्तोला, श्यामा रेग्मी, वडा नं. ५ मा नरेश अग्रवाल, राजविमल श्रेष्ठ, इन्दिरा पलिखे, मोहन बस्नेत, महिला प्रतिनिधि निलु गिरी (थापा), वडा नं. ६ बाट माधवगोविन्द श्रेष्ठ, महेन्द्र
राय, दिलबहादुर तामाङ्ग, सुमित्रा लिम्बु, महिला प्रतिनिधिमा छुनु तामाङ्ग, रोमी श्रेष्ठ, वडा नं. ७ बाट पर्वत राई, चन्द्रशेखर लामा, रत्न रिमाल, जनक लिम्बु, सम्पुर्ण ताम्राकार, महिला प्रतिनिधिमा उमा पौड्याल, पनुका राई निर्वाचित हुनुभएको छ ।
यसैगरी वडा नं ८ बाट विनोद राई, मनोहर सुब्बा, धनबहादुर राई,
राम तामाङ्ग, नन्दराज राई, महिला प्रतिनिधिमा के.सु. रायमाझी, फूलमाया तामाङ्ग, वडा नं. ९ बाट रविन आचार्य, निर्मल आचार्य, शिवराज श्रेष्ठ, अनिल अग्रवाल, वचेन्द्र श्रेष्ठ, महिला प्रतिनिधिमा सरला आचार्य, ललिता अधिकारी, वडा नं. १० बाट रत्न बस्नेत, रामकुमार श्रेष्ठ, सुरज राई, सुरेश निरौला, बालकुमार लिम्बु, महिला प्रतिनिधिमा कृष्णकला मादेन सानु मैया अधिकारी, वडा नं. ११ बाट हेमलाल लिम्बु, आनन्द आचार्य, राम तामाङ्ग, शैलेश कोइराला, अरुण कटुवाल, महिला प्रतिनिधिमा दिपा फागु, विन्दु राई, वडा नं. १२ बाट
सुरेशमान श्रेष्ठ, राजुमान श्रेष्ठ, गिरिराज आचार्य, भोजराज न्यौपाने, राम परियार, महिला प्रतिनिधिमा निर्मला शाय, नेत्रकुमारी राई, वडा नं. १३ बाट चन्द्रकुमार नेपाल, डा. गोपाल भण्डारी, चक्र खड्का, सचित शर्मा, महेन्द्र प्रधान, महिला प्रतिनिधिमा मनिता घिमिरे, तारा राई, वडा नं. १६ मा मुरारी भट्टराई, गोविन्द बस्नेत, माधव घिसिङ, कमल पोख्र््ल, शैलेन्द्र श्रेष्ठ, महिला प्रतिनिधिमा चित्रकुमारी राई, रमला राई, वडा नं. १७ बाट नारद राई, सन्तोष योङहाङ्ग, नर्सिङ्ग राई, विकास श्रेष्ठ, तिलक सुनुवार, महिला प्रतिनिधिमा पुजन राई, भीमकुमारी राई, डा न. १८ मा प्रेम राई, प्रवीण राई, सन्तोष विक, गणेश राई, अरुण लामा, महिला प्रतिनिधिमा लक्ष्मी लामा, रिना राई, वडा नं. १९ बाट सन्दिप श्रेष्ठ, खगेन्द्र लिम्बु प्रदिप राई, देउमान लिम्बु, निश्चल लिम्बु, महिला प्रतिनिधिमा पुजन राई, अन्जना राई, वडा नं. २० बाट हरिनाथ वास्तोला, सरोजकुमार थापा, टिका कटुवाल, सुभाष राई, महिला प्रतिनिधिमा संजिता तामाङ्ग, वडा नं. २१ बाट मुकेश थापा, तुलसी गौतम, विजु लिम्बु, गणेश याक्सो लिम्बु, महिला प्रतिनिधिमा लक्ष्मी खतिवडा, वडा नं. २२ बाट सन्तोष लिम्बु, जीवन याक्सो लिम्बु, मणिराज राई, प्रकाश लिम्बु, महिला प्रतिनिधिमा सीता वेघा लिम्बु र वडा नं. २३ बाट धनबहादुर कटुवाल, कृष्णबहादुर राई (भुपाल), चन्द्र काÏले, रामबहादुर विष्ट र महिला प्रतिनिधिमा मुना गौतम निर्वाचित भएकी छन् ।
