पोष्टबहादुर बस्नेत
नयाा दिल्लीको रामलीला मैदानमा आम आदमी पार्टी (आप) प्रमुख अरविन्द केजरीवालले सन् २०१३ मा दिल्ली प्रान्तको मुख्यमन्त्री पदको सपथ लिादा उपस्थित धेरैसहभागीका आाखाबाट हर्षका आाशु बगे ।
आम आदमीका शुभेच्छुकले टिप्पणी गरे – बेलायती उपनिवेशबाट १९४७ मा नै स्वतन्त्र भएका थियौं, तर मुक्तिको अनुभूति त बल्ल आज भयो ।
उनीहरूले भनेको त्यो मुक्ति आममनोविज्ञानसाग जोडिएको थियो । धनिकतन्त्र, कर्मचारीतन्त्र र दलतन्त्रको चंगुलमा फसेको भारतीय लोकतन्त्रको उद्धारसाग जोडिएको थियो। राजनीतिक सिन्डिकेटको अन्त्य र नागरिक सशक्तिकरणको अभियानसाग जोडिएको थियो ।
त्यही रामलिला मैदानमा अभियन्ता अन्ना हजारेको नेतृत्वमा सुरु भएको भ्रष्टाचार विरोधी सामाजिक आन्दोलनको गर्भबाट जन्मिएको आम आदमी पार्टीकोप्रगति आकस्मिक, तीव्र र आश्चर्यजनक थियो ।
चुनावी राजनीति मार्फत् ‘राज्य व्यवस्थामा नागरिक हस्तक्षेप’ को वकालत गर्दै गुरु अन्ना हजारेसाग अलग भएका केजरीवालले वर्ष दिनपछि नै दिल्ली प्रान्तको मुख्यमन्त्री बन्न सफल भएका थिए ।
आप भारतीय राष्ट्रिय राजनीतिमा प्रभावशाली शक्तिका रूपमा उदय मात्र भएन, छिमेकी देशहरूमा समेत वैकल्पिक राजनीतिको सम्भाव्यताबारे नयाा ’डिस्कोर्स’खडा गर्यो । आश्चर्य छैन, आम आदमीको उदयसागै सुरु भएको हो नेपालमा ‘नयाा शक्ति’को बहस ।
नेपालमा यस्तो सम्भावना बारेको बहस अमूर्त नै छ। यो बहस कुनै सामाजिक आन्दोलनसाग जोडिएको छैन । पत्रपत्रिकाका ओप–एड, सामाजिक सञ्जाल र कोठेबैठकमा सीमित छ। भारतमा दलतन्त्रको निरंकुशताविरुद्ध छेडिएको सशक्त आन्दोलन र अभियानका कारण जनतामा एकै साथ चासो र विश्वास जगाउन सफलआम आदमी राजनीति भन्दा बिल्कुल फरक प्रकृतिको छ नेपालमा वैकल्पिक शक्ति माथिको बहस ।
तर, नेपालको राजनीतिक बजार भारतको भन्दा ज्यादा फरक छैन। लुटतन्त्रमा फस्टाएको दलतन्त्रको निरंकुशताबाट मुक्ति धेरै मानिसले खोजेकै हुन्। यसैकारण वैकल्पिक शक्तिका निम्ति नेपाली
राजनीतिक बजार तयार रहेको धेरैको अनुमान छ । तर, यस्तो बजार उपर्योग गर्न सक्ने सम्भावित राजनीतिक प्रबन्धकबारे लामो समयसम्म चर्चा चले पनि राजनीतिको मैदानमा नै कोही ओर्लिएनन् ।
गत साता पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ‘नयाा शक्ति’ का नाममा केही पूर्व प्रशासक, पूर्व माओवादी नेता र एनजिओकर्मी रहेको एउटा समिति घोषणागरेपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नयाा टिप्पणी देखिन थालेका छन् । पोखरामा जारी साहित्य मेलामा समेत यसबारे छलफल चल्यो। चर्चा हुनुकोकारण उनले नयाा दल बनाउन लागे भनेर होइन, वैकल्पिक राजनीतिक शक्ति निर्माणको वर्तमान भाष्यअनुसारको नयाा दल घोषणा भयो भन्ने उनको दाबीकाकारण भएको हो ।
भट्टराईको दाबी मूल्यांकन गर्दा नयाा शक्ति किन भनियो, नयाा शक्ति हुन कुन कुरा नयाा हो र त्यो कहाा छ भनेर खोज्नुपर्ने हुन्छ । हुन त नेपाली कांग्रेस र एमाले ०४६ सालपछिका नयाा शक्ति नै थिए। चुनावी राजनीतिमा एमाओवादी, मधेसवादी र केही जातीय तथा क्षेत्रीय दल ०६३ पछि उदाएका नयाा शक्ति हुन्।भट्टराईले अब केही समयपछि घोषणा गर्ने नयाा दल पनि अर्को शक्ति नै हुनेछ । संसार सधैं आधुनिक नै रहने हो ।
तर, वैकल्पिक राजनीतिको समकालीन भाष्यअनुसारको नयाा दल निर्माण भने कसैले चुट्की बजाउादैमा उत्पति हुने होइन। यस्तो शक्ति विशेषतस् भ्रष्ट दलतन्त्र र ‘स्वच्छ नागरिक समाज’ बीचको घर्षणबाट वा शक्तिहीन नागरिकको सशक्तिकरणका माध्यमबाट निर्माण हुने हो। आम आदमीको उदय पनि‘स्वच्छ नागरिक समाज’ र ‘भ्रष्ट
राजनीतिक दल’ विचमा भएको
टकरावको परिणाम थियो ।
राजनीतिको फोहोर सफा गर्न तम्सिएका र औपचारिक राजनीतिको परिधि बाहिर रहेका नागरिकको सचेत पहलबाट सिर्जना हुने हो, वैकल्पिक शक्ति।राजनीतिमा हाम फाल्नु आफ्नो ‘मजबुरी’ भएको चित्रण गर्ने संस्थापन राजनीतिविरोधी अभियन्ताहरूले यसको नेतृत्व गर्ने हो ।
तीन दशकदेखि नेपाली
राजनीतिमा रहेका, १० वर्षे रक्तपातपूर्ण ‘जनयुद्ध’ हााकेका, एक दशकदेखि नेपाली राज्यको नीति निर्माणमा प्रत्यक्षप्रभाव पारेका र प्रधानमन्त्री भैइसकेका व्यक्तिले कसरी वैकल्पिक राजनीतिक शक्ति निर्माणनिम्ति नागरिकलाई अपिल गर्न सक्लान्? उनी त वर्तमान राजनीतिका प्रमुख निर्माणकर्ता हुन्। यसको जस र अपजस दुवै लिनुपर्ने पुरानै शक्तिका अभिन्न अंग हुन्।
दोश्रो, वैकल्पिक राजनीतिक शक्तिको निर्माण विशेषत: सहरी मध्यम वर्गीय बुद्धिजीवीको परिकल्पनामा आधारित छ। यसको राजनीतक आधार निर्माण सहरीक्षेत्रबाट नै हुने हो । मिडियामा पाएको लोकप्रियताका कारण धेरैले आम आदमीलाई ‘मिडिया पार्टी’ पनि भन्ने गर्छन्। तर, पहिलो संविधानसभा भंग गरेपछि र भारत–परस्तको आरोप लागेसागै सञ्चारमाध्यममा भट्टराईलाइ गरिने चित्रण सकारात्मक छैन ।
प्रधानमन्त्री हुादा नै सहरी गरिब वर्गको पनि उनले विश्वास गुमाए । ओरालो लागेको उनको लोकप्रियताको ग्राफ माथि चढ्ने छााटकााट देखिादैन। काठमाडौंको त कुरैछाडौं, दोश्रो संविधानसभामा रूपन्देहीको सहरी इलाकाबाट लडेको चुनावमा समेत उनी तेश्रो स्थानमा खुम्चनुपर्योर् ।
प्रश्न उठ्ला, व्यक्ति हेरर होइन, राजनतिक नीति तथा कार्यक्रम हेरेर ‘नयाा शक्ति’को मूल्यांकन हुनुपर्छ । तर उनका नीतिमा पनि कुनै नयाापन देखिन्न । एमाओवादीका दस्तावेज पढ्ने कसैले पनि भन्न सक्छ उनको नीति उक्त पार्टीले पछिल्ला समयमा पारित गरेको नीतिको सार भन्दा
एकरत्ति भिन्न छैन ।
तीव्र आर्थिक विकास एमाओवादी र अन्य राजनीतिक दलको मात्र होइन, पञ्चायती व्यवस्थाको पनि प्रमुख
नारा हुने गरेको थियो । जातीय राज्य संयोजक नियुक्ति गरेर उनले पुरानै माओवादीको शैलीका अपनाएका छन् । ‘गतिशील पुल’को भारत–चीन नीति उही हो। भ्रष्ट र ब्यापारीसाग चन्दा उठाएको कारण दल भ्रष्टभएको ठान्ने भट्टराईले जनतासाग चन्दा उठाएर राजनीति गर्ने घोषणा गर्नु अलिकति नयाा कुरा हो। तर त्यसअघि उनले राजनीतिक खर्च कसरी चलाउाथे भनेर खुलाएको भए उनलाई अझै धेरैले पत्याउने थिए ।
प्रष्ट देखिने एउटा मात्र भिन्नता हो– नयाा शक्तिको कार्यक्रममा माक्र्सवादको उच्चारण समेत गरिएको छैन । दुवै दस्तावेज भट्टराईकै विचारका उत्पादन थिए । एउटामा उनी मार्क्सवादी भए, अर्कोमा बुर्जुवा, तर सारमा कुरा उही हो ।
योजना कार्यान्वयनका कतिपय पक्ष मूल्यांकन गर्दा पछिल्ला प्रधानमन्त्री सुशील कोइराला वा केपी ओलीभन्दा उनलाइ धेरैले योग्य पनि मान्छन्। नयाा दल निर्माणकालागि उनलाई बधाइ पनि दिन सकिन्छ । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत केही सिट पनि बटुल्न सक्लान्। तर, नागरिक सशक्तिकरणमार्फत् वैकल्पिकशक्ति निर्माण अभियानको नेतृत्व गर्नका निम्ति जनताबाट परिक्षित भइसकेका भट्टराई सही उम्मेद्वार बन्न सक्दैनन् ।
वैकल्पिक शक्ति बन्न त जनतामा नयाापनको आभास पनि दिनुपर्ने हुन्छ । आम आदमीले नयाापनको आभास दियो– नागरिक सशक्तिकरणमार्फत्। नागरिक सचेतना, राज्यशक्ति दुरुपर्योग गर्ने ‘लालबत्ति’ तिरस्कार, उत्तरदायी प्रशासनका निम्ति जनपरिचालन, आर्थिक संकलनका लागि ‘चन्देका चाधर’ जस्ता कार्यक्रम गरेर। ठूला योजना निर्माण र न्यायका अमूर्त सिद्धान्तमा होइन, भएका कानुनको पालना र छरितो प्रशासनको निर्माण उनीहरूले चाहे । उनीहरु गफ र बहसमा सिमित भएनन् । कार्यक्रम र कार्यान्वयनमा जोड दिए ।
‘असाधारण’ सपनामा वेचेर होइन, ‘साधारण’ कुरामा वा साधारण मानिसका चिन्ता र चासोमा केन्ऽित भयो, आम आदमी। यही साधारणपना नै उसको
राजनीतिक शक्तिको धरातल थियो। यसलाई वैकल्पिक शक्ति भनियो, किनकि यसको कार्यशैली र विचार संस्थापन
राजनीतिक दलभन्दा फरक भयो । लोकतन्त्रको अभ्यास नेताले होइन, लोकले वा साधारण जनताले गर्ने हो भन्ने सन्देश दिन उनीहरू सफल भए। आगामी दिनमा आम आदमीले कसरी काम गर्छ भन्ने कुराले उसको भविष्य निर्धारण गर्ला, नेपालमा भने सााच्चै वैकल्पिक शक्ति निर्माण अभियान सुरु हुन्छ वा यो दक्षिणको आम आदमीको वायुले ल्याएको सनसनीपूर्ण बहसमा सिमित हुन्छ थाहा पाउन केही समय कुर्नुपर्ला।
