सम्यकले अपांगहरुलाई सेतो छडी र वैसाखी वितरण गर्‍यो

धरान/ अपाङ्ग तथा दृष्टिविहीनहरुलाई प्रत्येक बर्ष प्रदान
गरिदै आएको सेतो छडी र वैसाखी सम्यक शिक्षा समूह धरानले यसपटक पनि
वितरण गरेको छ ।
२९ जना दृष्टिविहीन तथा अपाङहरुलाई सम्यक शिक्षा समूहले
रोटरी क्लव अफ काष्टमण्डपको सहयोगमा शनिवार बैसाखी र सेतो छडी वितरण गरेको हो । । समूहले एक कार्यक्रमको आयोजना गरी ११ जनालाई बैसाखी, १३ जनालाई सेतो छडी र ५ जनालाई छडी मात्रै प्रदान गरेको हो । कार्यक्रममा कालिबक्स गणका गणपति कर्णेल बसन्त खड्काले नगद १० हजार रुपैयासमेत सम्यक अक्षयकोषको लागि हस्तान्तरण गर्नुभएको छ । विगतमा समेत सहयोग प्रदान गर्दै आउनु भएकी पञ्चु शाक्यले यो वर्ष पनि १४ हजार रुपैया प्रदान गर्दै सम्यक अक्षयकोषमा २४ हजार रुपैया पुर्‍याउनुभएको छ । अपाङ तथा दृष्टिविहीनहरुलाई कम्बल समेत वितरण गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि सुनसरी उद्योग बाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठ, कालिबक्स गणका गणपति कर्नेल बसन्त खड्का, रोटरी क्लव अफ काष्ठमण्डपका पूर्व अध्यक्ष निरञ्जनकुमार भट्टराई लगायतले सामग्री वितरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया