धरान/जंगलको बीच बाटोमा हतियार देखाई लुट्ने दुई जना
लुटेरालाई धरान प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
धरान र भरौल गाविसको बीचमा पर्ने चारकोशे झाडीको जंगलमा साइकल तथा मोटरसाइकलमा हिड्ने व्यक्तिहरुलाई हातहतियार तथा नक्कली पेस्तोल देखाई लुट्ने धरान २२ का ३८ बर्षीय पूर्णबहादुर मगर र तेह्रथुमको सम्दु गाविस ३ घर भएका र हाल धरान उपमहानगरपालिका वडा नंं ८ बस्ने बर्ष ३८ को सागर भनिने पदमसिंह चेम्जोङलाई पक्राउ गरी सार्वजनिक गरेको हो
उनीहरुलाई धरान १५ स्थित सामुदायिक वनको वीच बाटोमा हतियारसहित बसिरहेको अवस्थामा माघ १४ गते हतियारसहित पक्राउ गरेको हो ।
धरान १० का देवीप्रसाद भुजेल, भरौल ५ का गोपाल विक, डिल्लीप्रसा पौडेल, राजेश कुमार राई, भरौल ४ का शमशेर लिम्बुले आफू लुटिएको जाहेरी इलाका प्रहरी कार्यालय धरानमा दिएपछि प्रहरीले लुटेराको खोजीलाई व्यापक बनाएको थियो । लुटेराले माघ ८ देखि ११ गतेसम्म यी व्यक्तिहरुलाई श्रृंखलाबद्ध ढगले हतियार देखाइ लुटेको पीडितहरुले दिएको जाहेरीमा उल्लेख भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुले यी व्यक्तिहरुबाट ५० हजार नगद, ५ वटा मोवाइल लुटेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुदमकुमार सिजापतिले जानकारी दिनुभयो । उहाले अन्य ५ जना
लुटेरासमेत समेत उनीहरुसंग संलग्न भएको अनुसन्धानबाट खुलेकोले उनीहरुको समेत खोजी कार्यलाई तिबता दिएको बताउनुभयो ।
पक्राउ परेका उनीहरुलाई डाका मुद्धामामा दर्ता सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको डिएसपी सिजापतिले जानकारी दिनुभयो । उहाले धरान र भरौलको बीच पर्ने यो जंगलमा विगतदेखि नै लुटपाट गर्ने लुटेराहरु सक्रिय भएको पाइएकोले त्यस ठाउमा प्रहरी परिचालन गरेर लुटेरालाई निर्मुल पार्ने अभियान इलाका प्रहरी कार्यालय धरानले लिएको समेत स्पष्ट
पार्नुभयो ।
