खेलाडी विदाई

धरान/ भारतमा हुने बाहौं दक्षिण एसियाली खेलकुद (साग)मा भाग लिने ब्याडमिण्टन खेलाडीलाई सुनसरी व्याडमिन्टन संघ सुनसरीले आज एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ ।
सागका लागि राखेपले धरानमा १४ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर सागको तयारी गरेपछी व्याडमिण्टन संघले खेलाडीलाई सागमा ब्याडमिण्डन प्रतियोगिता जित्नका लागि हौसला मिलोस् भन्ने उद्देश्यले व्याडमिण्टन संघका केन्द्रिय सदस्य चन्द्रशेखर लामा, अञ्चल प्रहरी कार्यालय कोसीका बरिष्ठ प्रहरी उपरिक्षक पवन खरेल, नेपाल फिजिकल एशोसियशन पूर्वाञ्चका अध्यक्ष पर्वत राई लगायतले खेलाडीहरुलाई खादा ओढाइ एक एक थान टिसट प्रदान गरी विदाई गरेका छन् ।
साग ग्याम अन्र्तगत फेबु्रअरी ६ तारीकमा भारतको गोवाहटीमा ब्याडमिण्टन प्रतियोगिताको उद्घाट र सिलाङमा प्रतियोगिता हुदैछ । उक्त प्रतियोगितामा नेपालको पुरुष तर्फ दिपेश धामी, विकास श्रेष्ठ, रत्नजीत तामाङ, नविन श्रेष्ठ, विष्णु कटुवाल, सुमि सेढाई, साजनकृष्ण ताम्राकार पहिला तर्फ सरादेबी तामाङ, नङसल तामाङ, अमित गिरी, शिक्षा श्रेष्ठ, जेसिका गुरुङ, मेघा चन्द्र, र अनुमाया राईले प्रतियोगितामा सभागिता जनाउने छन् । खेलाडीको टोली लिएर ब्याडमिण्टनकी मुख्य प्रशिक्षक रजनी मैया जोशि, प्रशिक्षकद्धय मेघराज कठायत र जयन्त श्रेष्ठ समेत त्यसतर्फ प्रस्थान गर्दैछन् ।

तपाईको प्रतिक्रिया