धरान/२३ बर्षपछि नेपालले अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हासिल
गरेको छ । बगलादेशमा भएको वंग्गबधु गोल्डकपको उपाधि हासिल गरेसंगै नेपालीमा सर्वत्र खुशी छाएको छ । विगतका भएका अख्तिर्राष्ट्रिय स्तरमा भएका खेलहरुमा पराजय भोग्नुको प्रमुख कारण खेलाडीहले गरेको म्याच फिक्सिङ नै मुख्य कारण रहेको पुष्टि भएको छ ।
शनिवार युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले समेत खेलकुद पत्रकार मञ्च सुनसरीले आयोजना गरेको पत्रकार सम्मेलनमै म्याच फिक्सिङकै कारण विगतका प्रतियोगिताहरुमा पराजय भोग्नुपरेको कुरा छर्लङ्गै बताउनुभएको छ । नेपालका राष्टिूय खेलाडीहरुले गरेको म्याज Ïयाक्सिङले अख्तर्राष्ट्रिय स्तरमा नेपाललाई बद्नाममात्र गराएको छैन नेपाली खेलकुद अद्योगतितर्फ धकेलिएको उहाको भनाई छ । यसका अलावा खेलकुद पदाधिकारीहरुको मनोमालिन्य, एन्फाभित्र भएका विवाद,राजनीतिक दबाब जस्ता कुराले प्रतियोगितलाई नै प्रभावित बनाएको बताउनुभयो ।
उहाले नेपाल सरकारले खेलकुद मन्त्रालयलाई उपेक्षा गरेको आरोप लगाउनुभयो । एन्फा, क्यान भित्रभएको भ्रष्टाचारका विषयमा संसदको सार्वजनिक लेखा परिषदले ठहर गरेर कारबाहीकालागि सिफारिस हुदासमेत कारबाही नहुने मुलुकमा एउटा खेलकुद मन्त्रीले कारबाही गर्न सक्ने हैसियत राख्न नसक्ने निरीह जवाफ दिनुभयो । उहाले खेलकुद क्षेत्र डन र माफियाले चलखेल क्षेत्र भएको भन्दै उनीहरुकै कारणे खेलकुद क्षेत्र अस्तव्यस्त बन्न पुगेको बताउनुभयो । यस विषयमा मन्त्रालयको कुनै भूमिका नहुने बताउदैे अराजक गतिविधिका विषयमा कुरा उठाउदा आफूले कुटाइ खाने डर भएको समेत बताउनुभयो ।
उहाले नेपालमा खेलकुदको विकास सम्भव भएको बताउदै यसकालागि राजनीतिक हस्तक्षेप, खेलाडीहरुको मनपली र मन्त्रालयबाट छुट्याइने बजेटमा समेत प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । बजेट निकास नभएकै कारण पूर्वाञ्चमा फागुन १७ गतेदेखि सञ्चालन हुने सातौ राष्टिूय खेलकुद प्रतियोगितासमेत प्रभावित बन्ने जानकारी दिनुभयो ।
विगतमा खेलाडी चयन हुदा शक्तिको आडमा हुने चयन भएका खेलाडीहरुले गरेको म्यान फिक्सिङकै कारण नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरको खेल जित्न नसकेको खेलाडीहरुको समेत भनाई छ ।
