धरान/एउटैलाई हेर्यौं पटकपटक, तिलक राईलाई हेरौ एकपटक भन्ने नाराका साथ यही माघ १५ गते हुन गइरहेको नेपाली कााग्रेस धरान उपमहानगर समितिको निर्वाचनमा नेपाल तरुण दल सुनसरीका उपसभापति सन्तोष विकद्वारा सोमबार तिलक राईलाई निर्वाचित गराउन आग्रह गर्दै एक भव्य समारोह सम्पन्न भएको छ ।
धरानको स्थानीय साकेला पार्कमा भएको समारोहमा नेपाली कााग्रेसका सक्रिय युवा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेका थियो । १५ सय भन्दा बढी सक्रिय सदस्यहरुको उपस्थिति रहेको समारोहमा कार्यक्रममाथि प्रकाश पार्दै नेपाली कााग्रेसका क्षेत्रीय सचिव सुजेन्द्र तामाङले धरानमा पार्टीको संगठन, आगामी गर्नुपर्ने कार्यहरु आदिका बारेमा प्रकाश पार्नुभएको थियो ।
उहााले आक्रोस पूर्ण शैलीमा भन्नुभयो, १४ बर्षसम्म नगर सभापतिको जिम्मेवारी सम्हालेका किशोर राईले के गरे ? आजसम्म उनले कसैलाई पनि कााग्रेस बनाएनन् । आज जति युवाहरु कााग्रेसमा छन् ती क्षेत्रीय समिति, तिलक राई लगायतले नै ल्याएको र सक्रिय
गराएको बताए । अबको नेतृत्व पारदर्शी र युवा भावना बुझ्ने हुनुपर्छ भन्दै आज किशोर राई कााग्रेसहरुबीचमा भ्रम छर्दै गरेको बताए । उनले भने सांसद मिन विकको सांसद कोषको रकम उपलब्ध गराइदिन्छु भन्दै हिडेको आफूले सुनेको भन्दै कसैले सांसद कोषको पैसा दिन्छु भन्नु विधानसम्भत नमिल्ले पनि बताए । उनले भने यहाा दुई– दुई जना केन्द्रीय सदस्य छन् तर उनीहरुले कहिल्यै यहाा अभिभावकको भूमिका निर्वाह गरेनन् । गुट उपगुटको नेतृत्व गर्दै हिडे । उनले थपे माघ १५ गते तिलक राई विजय भएको विगुल फुक्छौं । वर्तमान सभापति राईका अनेकौ अनियमितताको उदाहरण दिादै तामाङ्गले भने पार्टी अफिस बनाउछु भनेर खोलाको डिलमा बाध बनाएका छन् । नगरपालिकाले मिल्दैन भनिसकेको छ । तर पनि उनी जबरजस्ती गरिरहेका छन् ।
यसैगरी सभापतिका सशक्त उमेद्वार तिलक राईले अबको समय युवाहरुको हो भन्दै युवाहरुलाई क्षमता अनुसारको जिम्मेवारी दिएर अगाडि बढानुपर्छ । उहााले सबै युवाहरुलाई आफू समेटेर अगाडि बढ्ने प्रष्ट्याउदै गुण्डागर्दी उपयोगितावाद समाप्त पारी पार्टीलाई सबल र सुदृढ बनाउने आफ्नो लक्ष्य भएकोले सबैलाई साथ दिन आग्रह गर्नुभएको थियो । यहाा स्मरणीय कुरा के छ भने नगर सभापतिका दुवै उमेद्वारले आ–आÏनो प्यानल तयार गरिसकेका छन् । वर्तमान सभापति किशोर राईको प्यालनमा रहेका मोहमद जावेदले मुस्लिम आदिवासीका तर्फबाट आÏनो नाम समावेश गरेकोमा आपत्ति जनाउदै आफू किशोर राईको प्यालमा नरहेको भन्दै त्यसरी नसोधी नाम राखेकोमा आपत्ति जनाएका थिए । कार्यक्रममा धरान उपमहानगरपालिका क्षेत्रीय प्रतिनिधिमा आदिवासी जनजातिका तर्फबाट द्वारिकानाथ श्रेष्ठ, डा.गोविन्द सुब्बा, दलितका तर्फबाट गोविन्द दर्नाल, कमला विक, मधेशीका तर्फबाट किरण अग्रवाल र मोहम्मद परवेज आलमको नाम घोषणा गरिएको थियो । तरुण दलका सुनसरी उपसभापति सन्तोष विकको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
