चर्चित नायिका करिश्मा मानन्धरले आइतबारबाट आफ्नो राजनीतिक जीवन सुरु गरेकी छिन् । अहिलेसम्म कुनै पार्टीमा नलागेकी करिश्माले डाक्टर बाबुराम भट्टराइको नयाा शक्तिमा लागेसागै राजनीतिक जीवन पनि सुरु गरेकी हुन् । बलिउडमा कलाकारहरु पार्टीमा आवद्ध भएर चुनाव लडेका उदाहरण धेरै भएपनि नेपालमा यस्तो लहर पहिलो संविधान सभाको चुनावबाट बढी देखिएको हो ।
अनलाइनखबरसाग कुरा गर्दै नायिका करिश्मा मानन्धरले भनिन्(‘म बाबुरामजीको बिचारसाग सहमत भए । त्यही भएर एउटा नागरिकको हिसाबले
राजनीतिक रुपमा पनि सचेत हुनुपर्छ भन्ने लाग्यो ।’
आम नागरिक जस्तै आफूमा पनि थुप्रै कुरामा असन्तुष्टी भएको भन्दै करिश्माले बाबुरामले नयाा सोच ल्याएको र विभिन्न चरणमा कुरा गर्दा आफूलाई ठिक लागेर आवद्ध भएको बताइन् ।
उनले आफूले कुनै पनि कलाकारलाई जर्बजस्ती पार्टीमा लाग्न नभन्ने पनि बताइन् । उनले भनिन्(‘उहााहरुलाई विचार मन परेर आउनु भयो भने ठिक छ ।’ उनले आफू पार्टीमा आवद्ध हुने पहिलो व्यक्ति नभएको भन्दै विभिन्न समयमा कलाकारहरु पार्टीमा लागेको बताइन् ।
उनले आफू राजनीतिमा लागेपनि यसले कलाकारितामा असर नपार्ने बताइन् । आफू कलाकार मात्र नभएर एउटा सचेत नागरिक पनि भएकाले एउटा नागरिक राजनीतिक रुपमा जागरुक हुन पाउने उनको भनाई थियो । कलाकारिता आफ्नो पेशा भएको र यसलाई कुनै चिट नगरेको करिश्माको भनाई छ ।
त्र
