नेपाली काँग्रेसको १३ औं महाधिवेशन : नेतृत्वको होड

मुलुककै सबैभन्दा ठूलो राजनीतिक पार्टी नेपाली कााग्र्ेसको आसन्न तेह्रौ महाधिवेशन संघारमा आइपुगेको छ । देशकै ठूलो राजनीतिक पार्टी भएपनि सत्ता बाहिर बसी प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएकै कारणले पनि आगामी नेतृत्वका कुरा लिएर देशभित्र बाहिर पनि कााग्रेस महाधिवेशनलाई चासो पूर्वक हेरिएको छ ।
झण्डै दुई बर्ष अगावै केन्द्रीय नेतृत्व चयन गर्नुपर्ने भए तापनि
परिस्थिति बस अधिवेशन पर सर्दै आएको थिो । संविधान सभाबाट संविधान बनाउने काम यहााका अन्य दलबाट सम्भव नभएको अवस्थामा दोस्रो संविधानसभाले नेपाली काांग्रेसलाई बहुमत दियो र नेपाली कााग्रेसको नेतृत्वमा बनेको सरकारले डेड बर्षकै अवधिमा नया संविधान जारी गर्‍यो । संविधान जारी गर्नुभमात्र पनि एउटा टूलो र ऐतिहासिक कार्य थियो । नेपाली कााग्रेस भन्दा अगाडि चारजना वामपन्थीहरुले सरकारको नेतृत्व गरे तर संविधान जारी गर्न भने उनीहरु असफल रहे ।
अब संविधान जारी त भयो तर कार्यान्वयनको पक्ष त्यति नै संवेदनशील र पेचिलो बन्दै गएको छ । हाल देशमा माले, मण्डले र मसालेको सरकार छ । चार महिना वितिसक्दा पनि संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढेको छैन । जबसम्म संविधान कार्यान्वयनमा जाादैन तवसम्म मलुलुकमा देखिएका दर्जनौ अवरोधले निकास पाउन सक्दैन । संविधानको सफल कार्यान्व्यन नेपाली कााग्रेसबाट मात्र सम्भव रहेको अधिकांश नेपालीको बुझाइ छ र त्यो बुझाई सत्य यथार्थ पनि हो । अधिवेशन अगावै कााग्रेस सत्ता नेतृत्वको खेलबाट अलग रहेको छ । नेतृत्व चयन पश्चात भने एटा ठूलो दलको हैसियतले पनि सत्ताको नेतृत्व गर्ने तहमा नेपाली कााग्रेस पुग्छ । संविधान त अब पनि अधिवेशन नगराउने हो भने पाटीको वैधानिकतामा प्रश्न उठ्न सक्ने भएकोले कााग्रेस सत्ताको खखेलभन्दा पनि अधिवेशनमा होमिएको हो ।
१३ औं महाधिवेशनलाई लिएर यतिबेला नेपाली कााग्रेसका नेता कार्यकर्ता केन्द्रदेखि गाउा, जिल्ला, नगर, क्षेत्र, सबैतिर सक्रिय भएका छन् । झण्डै पााच लाख सक्रिय सदस्य भएको नेपाली कााग्रेसभित्र आगामी नेतृत्व कसको पोल्टामा पुग्ने हो भन्नेमा तात्तातो बहसहरु हुन थालेका छन् । केन्द्रमा हालसम्म वर्तमान सभापति सुशिल
कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौड्यालले औपचारिक अनौपचारिक रुपले आफ्नो उमेद्वारी घोषणा गरिसकेको अवस्था छ । अन्य केही नेताले वार्गेनिङ्गको लागि भएपन िमुख्य पदमा उमेद्वारी दिने घोषणा गरेपनि त्यसको खासै अर्थ नराख्ने कााग्रेसकै कार्यकर्ताहरु बताउाछन् । बाह्रो महाधिवेशनलाई एकताको महाधिवेशन भए तापनि एकपटक पार्टीबाट अलग भइ पुन: कााग्रेसकै फर्कनु भएका शेरबहादुर देउवा पक्षलाई चालीस प्रतिशतको भागवण्डा लगाउदै आउनु परेको छ । यसले पार्टीको तल्लो इकाईदेखि क्षेत्र, जिल्ला र केन्द्रसम्मलाई नै साागठनिक असर पुर्‍याउादै आएको छ । अब यो चालीस र साठीको भागबण्डा गर्ने परम्परा हट्नुपर्छ भन्ने आवाज १३ औं महाधवेशनको मुखमा आएर घनिभूत आएको छ । हुन त यो अवाज गितमा पनि नउठेको भने होइन । यतिबेला नेतृत्वमा आफ्नो उमेद्वारी घोषणा गर्नेहरुले समेत यसलाई हाटाउउनुपर्ने आफनो धारणालाई प्राथमिकता राखेर हिड्न थालेका छन् । चालीस र साठीकै कारण आज नेपाली कााग्र्ेस एउटा सग्लो पार्टी भएपनि विभाजन गाउादेखि केन्द्रसम्मै देखिन्छ । अझ सफा अर्थमा भन्नुपर्दा गुट उपगुटले नेपाली काग्रेस आन्तरिक कलहमै रुमलिएको छ । अब यो गुट उपगुटले प्रश्रय पाउनु हुादैन । तेह्रौ महाधिवेशनले पाटीभित्रको गुट उपगुटलाई सुद्धिकरण गरी भावानात्मक रुपमा सबैलाई सिंगो नेपाली कााग्रेसको सन्देश दिन सकोस् ।

तपाईको प्रतिक्रिया