हाम्रो छिमेकी देश भारत दाइजो प्रथाका लागि कुख्यात नै छ भन्दा फरक नपर्ला । भारतको यस्तो कुप्रथाको प्रभाव हाम्रो दक्षिणी क्षेत्रमा पनि पर्ने गरेको छ र त्यहाा दाइजोजन्य विभिन्न हिंसा महिलाहरुमाथि हुने गरेका छन् ।
भारतीय समाजको दाइजो प्रथालाई चुनौति दिादै भारतमा एक जोडी युवा युवतीले एक रुपैयाा दाइजो सहित लगन गााठो कासेका छन् ।
भारतको हरियाणास्थित इस्माइलावादमा एक युवतीले दाइजो दिएर आफ्नो विवाह गराउने कुराको विरोध मात्र गरिनन् आफ्नो बिहेका सम्बन्धमा आफ्नै बाउआमाको कुरा समेत मानिन् र केवल कन्यादानमा दाइजो स्वरुप एक रुपैयाा आफ्नो बिहे सम्पन्न गरिन् ।
स्थानीय दानीपुर गाउा निवासी जसविन्ऽ लोहचव लामो समयदेखि आफ्नो छोरी मोनिकाको बिहेको लागि उपयुक्त वरको खोजीमा थिए । एक ठाउा उनले बिहेको टुंगो पनि गरे जहााबाट प्रसस्तै दाइजो मागिएको थियो । तर स्नातक उत्तीर्ण मोनिकाले दाइजो दिएर आफ्नो बिहे गर्ने कुरा अस्विकार गरिन् ।
आफुले दाइजो बिना विहे गर्ने उनको अडान थियो । परिवारले उनको यस्तो निर्णयमा असहमती जनाए तर मोनिका निर्णय परिवर्तन गर्ने पक्षमा थिइनन् । अन्तत: मोनिकाले भनेजस्तै भएको छ ।
पन्जाबको जिरकपुरका मनदीप धालिवाल नामका युवक मोनिकालाई विना दाइजो बिहे गर्न राजी भए । गत हप्ता उनीहरुको बिहे भयो ।
स्नातकोत्तर उत्तीर्ण मनदीपलाई बेसार दलेको एक रुपैयाा भारु दिएर मोनिकाका बाबुले मोनिकाको कन्यादान गरे । २० जना जन्ती आएका थिए बिहेमा । विहे
समारोहमा अन्य खर्च पनि निकै कम गरियो र केवल ५ सय भारु खर्चमा बिहे टुंगियो । मोनिका खुसी छिन् । दाइजो नभै बुहारीको रुपमा छोरी खोजेका परिवार आफुलाई मिलेको उनी बताउाछिन् ।
