महिला संघको प्रथम साधारणसभा सम्पन्न

धरान/नेपाली कााग्रेसको १३ औं महाधिवेशनको पूर्व सन्ध्यामा नेपाल महिला संघ सुनसरी क्षेत्र नं. १ ले आफ्नो प्रथम बार्षिक साधारण सम्पन्न गरेको छ ।
महिला संघको प्रथम साधारण सभालाई नगर र क्षेत्रको नेतृत्वमा लालायित एवम् उमेद्वारी घोषणा
गरिसकेका स्थानीय नेतृत्वले एउटा
अवसरकै रुपमा प्रयोग गरेका थिए । महिला संघको प्रथम साधारणसभाको मञ्चबाट आफ्नो उमेद्वारी किन र केका लागि भन्ने सवालमा उनीहरुले प्रष्ट्याएका थिए ।
नेपाली कााग्रसकी केन्द्रीय सदस्य एवम् महिला नेतृ मिना सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त साधारणसभामा नेपाली कााग्रेस धरान उपमहानगर समिति एवम् पुन: सभापतिका सशक्त प्रत्यासी किशोर राई, अर्का सशक्त प्रत्यासी तिलक राई, क्षेत्रीय सभापतिका प्रत्यासीद्वय
सुरेशमान श्रेष्ठ, मदन ढकाल, महासमिति सदस्य एवम् युवा नेता विनोदकुमार राई, पूर्व सांसद हरिनाथ वास्तोला, दोस्रो संविधानसभाकी प्रत्यासी उमा वास्तोला, महासमिति सदस्य भिष्म काफ्ले, नेपाल महिला संघ जिल्ला सदस्य निलु थापा, नेपाल महिला संघ सुनसरीकी सभापति विजया कटुवाल लगायतले बोल्नुभएको थियो ।
नेपाल महिला संघ सुनसरी क्षेत्र नं. १ की सभापति नेत्रकुमारी राईको सभापतित्वमा सम्पन्न प्रथम साधारण सभामा क्षेत्रीय सचिव अनिता राईले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष सरस्वती बराइलीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको
थियो ।

तपाईको प्रतिक्रिया